back

अर्थमन्त्रालयले पुँजी वृद्धिका लागि सहमति नदिँदा नेपाल रिले योजना पेस गर्न सकेन , यस्तो छ कारण

काठमाडौं । अर्थमन्त्रालयले पुँजी वृद्धिका लागि सहमति नदिँदा नेपाल रिइन्स्योरेन्स (नेपाल पुनर्बीमा) कम्पनीले समयमा योजना पेस गर्न सकेको छैन ।

पुनर्बीमा कम्पनीले पठाएको योजनामा अर्थ मन्त्रलायले सहमति नदिँदा नेपाल बीमा प्राधिकरणले तोकेको समयमा योजना पेस गर्न नसकेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार नेपाल पुनर्बीमा कम्पनीले पुँजी वृद्धिको योजना पेस गरेको छैन । मन्त्रालयको सहमतिपछि मात्रै योजना पेस गर्ने पत्र पुनर्बीमा कम्पनीले पठाएको कार्यकारी निर्देशक पौडेलले जानकारी दिए

प्राधिकरणले गत माघ १७ गते पुनर्बीमा कम्पनीहरूलाई २० अर्ब पुँजी पुर्याउन योजना पेस गर्न १५ दिनको समय दिएको थियो । नेपाल रिइन्स्योरेन्सले भने थप १५ दिनको समय मागेको थियो ।

तर, कम्पनीले पुँजी वृद्धिको योजना मन्त्रालयमा पठाइसकेको तर सहमति आउन बाँकी रहेको जानकारी प्राधिकरणलाई गराएको उनको छ । अब मन्त्रालयले सहमति दिएपछि योजना पेस गर्ने प्रतिवद्धता कम्पनको छ ।

पुँजी वृद्धिको योजना पेस गर्नै ढिला भएपछि प्राधिकरण असफल हुने देखियो नी भन्ने प्रश्नमा कार्यकारी निर्देशक पौडेलले भने, ‘पुँजी वृद्धि गर्न १ वर्षको समय दिएको हो । कम्पनीले एक चरण योजना पठाइसकेको छ । सरकारको ४४ प्रतिशत सेयर स्वामित्व छ । सरकारसँग छलफल गरेर मात्रै पूर्ण योजना पठाउँछौं भनेको छ । सरकारको सहमति अनुसार अघि बढ्ने भनेको छ ।’

नेपाल रिको हालको चुक्ता पुँजी १२ अर्ब ८१ करोड ३५ लाख ४४ हजार रुपैयाँ छ । २० अर्ब पुँजी पुर्याउन कम्पनीले ७ अर्ब १८ करोड ६४ लाख रुपैयाँ थप गर्नु पर्ने देखिन्छ । नेपाल पुनर्बीमा कम्पनीमा सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकी बीमा कम्पनी तथा संगठित संस्थाहरूको लगानी छ ।

हिमालयन रिइन्स्योरेन्सले भने ८० प्रतिशत हकप्रद सेयर निष्काशन गरेर २० अर्ब पुँजी पुर्याउने योजना पेस गरेको छ । हिमालयन रिको चुक्ता पुँजी १० अर्ब रुपैयाँ छ । चुक्ता पुँजीको कम्पनीले ४ प्रतिशत अर्थात् ४० करोड रुपैयाँ बराबरको बोनस सेयर प्रस्ताव गरेको छ । बोनस सेयर वितरण पश्चात् कम्पनीको पुँजी १० अर्ब ४० करोड रुपैयाँ पुग्नेछ ।

त्यसपछि कम्पनीले १० अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजीको ८० प्रतिशत अर्थात् १० सेयर बराबर ८ सेयर अनुपातमा ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कानश गर्नेछ । हकप्रद सेयर निष्काशन पश्चात् कम्पनीको पुँजी १८ अर्ब ७२ करोड रपैयाँ पुग्नेछ ।

बाँकी रहेको पुँजी बोनस सेयर वितरण गरेर २० अर्ब पुर्याउने योजना कम्पनीको रहेको प्राधिकरण स्रोतको छ । कम्पनीको वार्षिक साधारण सभाले समेत हकप्रद सेयर निष्काशन गर्ने एजेण्डा पारित गरिसकेको छ ।


इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष

इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष

वि.सं.२०८१ जेठ ४ शुक्रवार २३:१२

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नीति...

खर्च कम गर्नका साथै वातावरण बचाउन विद्युतीय सवारीसाधनको प्रयोग बढाउनु आवश्यकः मन्त्री बस्नेत

खर्च कम गर्नका साथै वातावरण बचाउन विद्युतीय सवारीसाधनको प्रयोग बढाउनु आवश्यकः मन्त्री बस्नेत

वि.सं.२०८१ जेठ ४ शुक्रवार २२:५३

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले पछिल्लो समय...

सरकारले बजेटमार्फत् विकासमा निजी क्षेत्रलाई सँगसँगै लैजाने

सरकारले बजेटमार्फत् विकासमा निजी क्षेत्रलाई सँगसँगै लैजाने

वि.सं.२०८१ जेठ ३ बिहीवार १८:२४

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो (शेयर संरचना सहित)

जगदुल्ला जलविद्युत् आयोजनामा १६ अर्ब लगानी जुट्यो (शेयर संरचना सहित)

वि.सं.२०८१ जेठ ३ बिहीवार ०९:४१

काठमाडौँ ।  उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला...

नेपाल एसबिआई बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्तालाई स्काईवाक टिकटमा २० प्रतिशत छुट

नेपाल एसबिआई बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्तालाई स्काईवाक टिकटमा २० प्रतिशत छुट

वि.सं.२०८१ जेठ २ बुधवार ११:५६

काठमाडौं । नेपाल एसबिआई बैंक र वन्डर्स नेपाल प्रा. लि.बीच...

बीमाको तथ्यांक: मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर

बीमाको तथ्यांक: मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर

वि.सं.२०८१ जेठ २ बुधवार ११:४१

वीरगञ्ज । मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बीमाको...