back

एलन मस्कलाई पछिपार्दै जेफ बेजोस पुगे विश्वको धनाढ्य व्यक्ति

नेपाल ५०० अर्बपतिको सूचीमा अटाएन

काठमाडौं । एलन मस्क अब विश्वको सबैभन्दा धनाढ्य व्यक्ति रहेनन् । ब्लूमबर्गकाे अर्बपतिहरूको सूची अनुसार अमेजनका संस्थापक जेफ बेजोसले उनलाई पछि पार्दै पहिलो स्थानमा पुगेका छन् । टेस्लाको शेयरमा आएको गिरावटका कारण मस्कको नेटवर्थ घटेको छ ।

ब्लूमबर्ग अर्बपतिहरूको सूची अनुसार, जेफ बेजोसको कुल सम्पत्ति अहिले २०० बिलियन डलर छ । यसैगरी, एलन मस्कको कुल सम्पत्ति १९८ बिलियन डलर छ। लुइस विटनका सीइओ बर्नार्ड अर्नाल्ट १९७ बिलियन डलरको कुल सम्पत्तिसहित तेस्रो स्थानमा छन्।

याे वर्ष टेस्लाको शेयर २४% भन्दा बढीले घट्याे

मस्कको कम्पनी टेस्लाको शेयर याे वर्ष २४ प्रतिशतभन्दा बढीले घटेको छ । जनवरी १ मा यो २४८.४२ डलर थियो, जुन अहिले १८८.१४ डलरमा झरेको छ। शेयरको मूल्य घटेका कारण मस्कको नेटवर्थ घटेको हो । साेहि समयमा, अमेजनको शेयर यस वर्ष अहिलेसम्म १८ प्रतिशतले वृद्धि भएको छ।

नेपाल ५०० अर्बपतिकाे सूचीमा अटाएन

तर नेपाल भने ब्लूमबर्गले सार्वजनिक गरेकाे अर्बपतिहरूकाे सूचीमा अटाउन सकेन । नेपालका व्यवसायी विनाेद चाैधरीकाे नाम समेत याे सूचीमा देखिएन। नेपालका पहिलाे अर्बपति विनाेद चाैधरी फाेर्ब्सकाे सूचीमा भने १६७३ औं स्थानमा रहेका छन् । उनकाे १.८ बिलियन डलरकाे सम्पत्ति रहेकाे छ ।

भारतका कुनै पनि अर्बपति शीर्ष १० मा परेनन्

यस सूचीमा भारतका कुनै पनि अर्बपति शीर्ष १० मा परेका छैनन्। रिलायन्स इंडस्ट्रीजका अध्यक्ष मुकेश अम्बानी ११५ अर्ब डलरको कुल सम्पत्तिका साथ ११ औं स्थानमा छन्। अर्का धनाढ्य गौतम अडानी सूचीमा १२ औं स्थानमा छन् । उनको कुल सम्पत्ति १०४ बिलियन डलर छ।

यो समाचार एजेन्सीको सहयोगमा तयार पारीएको हो।


९ वर्षपछि पोजिटिभ बन्यो जापानको ब्याजदर

९ वर्षपछि पोजिटिभ बन्यो जापानको ब्याजदर

वि.सं.२०८० चैत ६ मंगलवार १४:२३

काठमाडौं । जापानको केन्द्रीय बैंक बैंक अफ जापानले ब्याजदर बढाएको...

इयुले युक्रेनलाई सैन्य सहायताका लागि ५ अर्ब युरो दिने

इयुले युक्रेनलाई सैन्य सहायताका लागि ५ अर्ब युरो दिने

वि.सं.२०८० चैत १ बिहीवार १५:२१

ब्रसेल्स । युरोपेली संघ (इयु) युक्रेनलाई सैन्य सहयोगका लागि पाँच...

चीनले किन खन्दैछ ११ हजार मिटर गहिरो खाडल ?

चीनले किन खन्दैछ ११ हजार मिटर गहिरो खाडल ?

वि.सं.२०८० जेठ २६ शुक्रवार १८:४९

काठमाडौं। चीनले आफ्नो उत्तरपश्चिम राज्य सिंकयांगस्थित तकलामकान मरुभूमिमा ११ किलोमिटर...

स्टेजमै लडे अमेरिकी राष्ट्रपति बाइडेन

स्टेजमै लडे अमेरिकी राष्ट्रपति बाइडेन

वि.सं.२०८० जेठ १९ शुक्रवार १०:४३

अमेरिकी राष्ट्रपति जो बाइडेन मञ्चमै लडेका छन्। शुक्रबार कोलोराडोस्थित अमेरिकी...

चीनभरि चर्किँदैछ लकडाउनविरूद्ध प्रदर्शन, के नेपालमा पनि फेरि लकडाउन हुन्छ ?(आफ्नो भनाई राख्नुहोस्)

चीनभरि चर्किँदैछ लकडाउनविरूद्ध प्रदर्शन, के नेपालमा पनि फेरि लकडाउन हुन्छ ?(आफ्नो भनाई राख्नुहोस्)

वि.सं.२०७९ मंसिर १२ सोमवार १२:४७

काठमाडौं । चीनमा कोरोनाभाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनविरूद्ध विभिन्न...

संसारको सबभन्दा स्वच्छ हावा भएको सहर जहाँको जनसङ्ख्या १५० जति छ

संसारको सबभन्दा स्वच्छ हावा भएको सहर जहाँको जनसङ्ख्या १५० जति छ

वि.सं.२०७९ भदौ १९ आइतवार १०:५६

मेरा प्रत्येक श्वाससँगै वरपरको हावामा बाफका कणहरू हीराको धूलोजस्तै टल्किन्थे।...