back

एलन मस्कलाई पछिपार्दै जेफ बेजोस पुगे विश्वको धनाढ्य व्यक्ति

नेपाल ५०० अर्बपतिको सूचीमा अटाएन

nactional life

काठमाडौं । एलन मस्क अब विश्वको सबैभन्दा धनाढ्य व्यक्ति रहेनन् । ब्लूमबर्गकाे अर्बपतिहरूको सूची अनुसार अमेजनका संस्थापक जेफ बेजोसले उनलाई पछि पार्दै पहिलो स्थानमा पुगेका छन् । टेस्लाको शेयरमा आएको गिरावटका कारण मस्कको नेटवर्थ घटेको छ ।

ब्लूमबर्ग अर्बपतिहरूको सूची अनुसार, जेफ बेजोसको कुल सम्पत्ति अहिले २०० बिलियन डलर छ । यसैगरी, एलन मस्कको कुल सम्पत्ति १९८ बिलियन डलर छ। लुइस विटनका सीइओ बर्नार्ड अर्नाल्ट १९७ बिलियन डलरको कुल सम्पत्तिसहित तेस्रो स्थानमा छन्।

याे वर्ष टेस्लाको शेयर २४% भन्दा बढीले घट्याे

मस्कको कम्पनी टेस्लाको शेयर याे वर्ष २४ प्रतिशतभन्दा बढीले घटेको छ । जनवरी १ मा यो २४८.४२ डलर थियो, जुन अहिले १८८.१४ डलरमा झरेको छ। शेयरको मूल्य घटेका कारण मस्कको नेटवर्थ घटेको हो । साेहि समयमा, अमेजनको शेयर यस वर्ष अहिलेसम्म १८ प्रतिशतले वृद्धि भएको छ।

नेपाल ५०० अर्बपतिकाे सूचीमा अटाएन

तर नेपाल भने ब्लूमबर्गले सार्वजनिक गरेकाे अर्बपतिहरूकाे सूचीमा अटाउन सकेन । नेपालका व्यवसायी विनाेद चाैधरीकाे नाम समेत याे सूचीमा देखिएन। नेपालका पहिलाे अर्बपति विनाेद चाैधरी फाेर्ब्सकाे सूचीमा भने १६७३ औं स्थानमा रहेका छन् । उनकाे १.८ बिलियन डलरकाे सम्पत्ति रहेकाे छ ।

भारतका कुनै पनि अर्बपति शीर्ष १० मा परेनन्

यस सूचीमा भारतका कुनै पनि अर्बपति शीर्ष १० मा परेका छैनन्। रिलायन्स इंडस्ट्रीजका अध्यक्ष मुकेश अम्बानी ११५ अर्ब डलरको कुल सम्पत्तिका साथ ११ औं स्थानमा छन्। अर्का धनाढ्य गौतम अडानी सूचीमा १२ औं स्थानमा छन् । उनको कुल सम्पत्ति १०४ बिलियन डलर छ।

यो समाचार एजेन्सीको सहयोगमा तयार पारीएको हो।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

इरानसँगको युद्ध अन्त्यको नजिक रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

इरानसँगको युद्ध अन्त्यको नजिक रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

वि.सं.२०८३ वैशाख २ बुधवार १०:१५

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व अन्त्यको नजिक...

इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

वि.सं.२०८२ चैत २६ बिहीवार ११:१२

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच भएको युद्धविराम लगत्तै...

ईरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने

ईरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने

वि.सं.२०८२ चैत २५ बुधवार १०:३६

काठमाडौं । ईरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले युद्धविरामका सर्तहरूलाई अन्तिम...

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

वि.सं.२०८२ चैत १७ मंगलवार १७:२२

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई नजिकै कुवेतको तेल बोकेको...

हरानमा दुई चरणको हवाई आक्रमण, केही स्थानमा ब्ल्याकआउट

हरानमा दुई चरणको हवाई आक्रमण, केही स्थानमा ब्ल्याकआउट

वि.सं.२०८२ चैत १६ सोमवार १२:००

आइतबार राति इरानको राजधानी तेहरानमा दुई चरणको हवाई आक्रमण भएको...

चीनले गर्यो लङ मार्च–२ डी रकेट प्रक्षेपण

चीनले गर्यो लङ मार्च–२ डी रकेट प्रक्षेपण

वि.सं.२०८२ चैत १२ बिहीवार १२:१९

चीनले बिहीबार लङ मार्च–२डी क्यारियर रकेट प्रक्षेपण गरेको छ ।...