back

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणः अरुण चौधरीसहित तीनै जना रिहा

काठमाडौं बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीन जना रिहाभएका छन्

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौं जिल्ला अदालतको आदेशअनुसार बुधबार चौधरीसहित अन्य दुई जना कार्यकारीअध्यक्ष अजिनारायण सिंह थापा सीजी चाँदबाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुरलाई पनि रिहा गरेको हो

उक्त कारखानाको १० रोपनी जग्गा प्रकरणमा पक्राउ परेका तीन जना हाजिर जमानीमा छुटेका हुन्  यद्यपि सो प्रकरणको अनुसन्धानभने जारी रहने बताइएको

सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागजगराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा गर्न सीआईबीलाई आदेश दिएको थियो

प्रतिवादीहरुको अनुसन्धान समक्षको बयान कार्य सम्पन्न भएको हुँदा केही थप बुझ्नु पर्ने, कागज गराउनु पर्ने भएमा त्यस सम्बन्धमाबुझी, कागज गराउनको लागि मिति २०५०।१०।२२ गते देखि लागु हुने गरी दुई दिनको म्याद थप गरी दिएको छ।

यी प्रतिवादीहरुबाट थप बुझ्नु पर्ने वा कागज गराउन नपर्ने भएमा सो अगावै पनि अनुसन्धान अधिकारीले हाजिर जमानीमा छाडन सक्ने सो नभएमा म्याद थप भएको दुई दिन भित्र यी प्रतिवादीहरुबाट अव बुझ्नु पर्ने बाँकी काम सम्पन्न गर्ने गरी सम्पन्न हुन नसक्ने भएमानिजहरुलाई अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी वाकी अनुसन्धानको कार्य पुरा गर्नु भनिमुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४९६० बमोजिम यो आदेश गरी दिएको ’, अदालतको आदेशमा भनिएको थियो

त्यस्तै, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४() बमोजिम अदालतले उक्त आदेश दिँदै प्रतिवादीहरुलाई २५ दिनसम्मनै हिरासतमा राखी अनुसन्धान गर्न पर्नेसम्मको अवस्था नदेखिएको पनि ठहर गरेको थियो सीआईबीले उनीहरूलाई गत बुधबार पक्राउगरेको थियो

nactional life
Corporatebazar 11 Anniversary

प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बस्ने

प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बस्ने

वि.सं.२०८३ वैशाख २८ सोमवार १८:२८

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बस्ने गरी स्थगित भएको...

“नयाँ जनादेश, नयाँ संकल्प: १० वर्षमा आर्थिक कायापलट गर्ने सरकारको योजना” (पूर्णपाठ)

“नयाँ जनादेश, नयाँ संकल्प: १० वर्षमा आर्थिक कायापलट गर्ने सरकारको योजना” (पूर्णपाठ)

वि.सं.२०८३ वैशाख २८ सोमवार १८:१७

काठमाडौँ । सरकारले आगामी एक दशकलाई ‘आर्थिक रूपान्तरणको दशक’ घोषणा...

यस्तो छ ,सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

यस्तो छ ,सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:५२

काठमाडौँ । सरकारले नेपाली जलको ब्राण्डिङ गर्ने नीति लिएको छ...

आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जाको सट्टा शेयर दिइने

आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जाको सट्टा शेयर दिइने

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:३०

काठमाडौं । सरकारले जलविद्युत् आयोजना निर्माण क्षेत्रका प्रभावितलाई जग्गाको मुआब्जाका...

सरकारले सार्वजनिक संस्थानको वर्गीकरण गर्ने

सरकारले सार्वजनिक संस्थानको वर्गीकरण गर्ने

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:२८

काठमाडौं । सरकारले सार्वजनिक संस्थानहरूको वर्गीकरण गर्ने भएको छ। आगामी...

अटिजम तथा न्यूरोडाइभरसिटी भएका बालबालिकाहरूका लागि थेरापी सेवा दिने

अटिजम तथा न्यूरोडाइभरसिटी भएका बालबालिकाहरूका लागि थेरापी सेवा दिने

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:२२

काठमाडौं । सरकारले अटिजम तथा न्यूरोडाइभरसिटी भएका बालबालिकाहरूका लागि थेरापी...