सातौँ दिन पनि घट्यो नेप्से परिसूचक: यस्तो छ हप्ताको बजार
वि.सं.२०८० माघ ११ बिहीवार
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बिहीबार ३.९४ अंकको गिरावट आएको छ । आज बढेर सुरु भएपनि कारोबारअवधिमा घटबढ हुँदै अन्तिममा घटेरै बन्द भएको हो ।
परिसूचक २०८८ अंकबाट कारोबार खुलेको थियो । ०.१८ प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक २०८४ अंकमा आएर रोकिएको छ ।यसक्रममा आज ३ अर्ब ७६ करोड ४५ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख ८९ हजार कित्ता सेयर किनबेच भएको छ ।
आज परिसूचकमा सामान्य गिरावट आउँदा ९१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, १४१ वटा कम्पनीको मूल्य घट्दा १५ वटाकम्पनीको मूल्य भने स्थिर छ ।
यसक्रममा सामलिङ पावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । यस्तै, सिटिजन्स म्यूचुअल फण्ड–२ को सेयर मूल्य ५.०३प्रतिशतले घट्दा हिमालयन रि इन्स्योरेन्स कम्पनीको २८ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यो सबैभन्दा बढीहो ।
परिसूचक घटेपनि आज ५ वटा समूहको सूचकमा भने सुधार आएको छ । व्यापार समूह १४.६५ अंकले बढ्दा म्यूचुअल फण्ड समूह ०.०१अंक र वित्त समूह २.६५ अंकले बढेको छ । यस्तै, विकास बैंक समूह ५.९५ अंकले बढ्दा बैंक समूहको सूचक २.२६ अंकले बढेको छ ।
६ वटा समूह बढेपनि ७ समूहमा भने गिरावट आएको छ । जसमध्ये होटल र टुरिजम समूहमा ५८ अंकको गिरावट आएको छ भनेनिर्जीवन बीमा समूहको सूचकमा ४७ अंक र जीवन बीमा समूहको सूचकमा ४५ अंकको गिरावट आएको छ ।
पछिल्लो समय निरन्तररुपमा सेयर बजार परिसूचक घट्दै आएको छ । आजसहित नेप्सेमा यो लगातार ७औँ दिनको गिरावट हो ।
७ दिनको अवधिमा ९१.०५ अंकको गिरावट आएको छ । बैंक तथा वित्तीय संस्थाको खराब प्रतिवेदन सार्वजनिक भएयता बजार निरन्तरओरालो अवस्थामा छ ।
प्रकाशित समय : १५:४५ बजे





















