back
nactional

संयुक्त राष्ट्र संघका राजदूत रामप्रसाद सुवेदी विश्व व्यापार संगठनको महत्त्वपूर्ण पदमा निर्वाचित

काठमाडौँ संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका राजदूत रामप्रसाद सुवेदी संगठनको ट्रेड एण्ड डेभलपमेन्ट कमिटीको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्

संगठनको १२ जनवरी २०२४ मा बसेको जनरल काउन्सिलको बैठकले राजदूत सुवेदीलाई आगामी एक वर्षे कार्यकालका लागि निर्विरोधनिर्वाचित गरेको हो

बैठकले नेपालका राजदूतसहित विभिन्न समितिका लागि आगामी कार्यकालको लागि अध्यक्ष पदमा निर्वाचनका लागि गरेको प्रस्तावमाविश्व व्यापार सङ्गठनका सदस्य राष्ट्रहरूले समर्थन गरेका थिए

नेपाल सन् २००४ मा विश्व व्यापार सङ्गठनको सदस्य भए पश्चात् उक्त संगठनको टियर तहको अध्यक्ष पदमा नेपालका राजदूतनिर्वाचित भएको पहिलो अवसर हो

यसका लागि परराष्ट्रमन्त्री एनपी साउदले कूटनीतिक पहल गरेका थिए उनको पहल कदमीले सार्थकता पाउँदै विश्व व्यापार संगठनकोमहत्त्वपूर्ण पदको नेतृत्व गर्न नेपाल सफल भएको हो

राजदूत सुवेदीले उक्त पदमा उम्मेदवारीका लागि इच्छा व्यक्त गर्दा नै आफू सहमतिको अध्यक्ष हुन चाहेको बताएका थिए

सबैको समर्थन सदभाव लिई विश्व व्यापार संगठनको कार्यमा योगदान दिन उक्त जिम्मेवारी लिन तयार रहेको उनले बताएका थिए उक्त विचारबारे समूह संयोजक फिलिपिन्सका राजदूतले खुलेर प्रशंसा समेत गरेका थिए  

विश्व व्यापार संगठन मूलतः अन्तर्राष्ट्रिय व्यापारको नियम बनाउने सर्वोच्च निकाय हो तर, पछिल्ला छलफल तथा बहसहरू विकास व्यापारमा केन्द्रित हुने गरेका छन्

विशेषगरी अतिकम विकसित मुलुक विकासशील मुलुकका प्राथमिकता विकास व्यापारमा केन्द्रित रहने गरेका छन् राजदूतसुवेदीले यस महत्त्वपूर्ण पदमा भएको निर्वाचनले नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा भिजिवल बनाउनुका अतिरिक्त विकसित, विकासशील अतिकम विकसित मुलुक विकास साझेदारहरूलाई संयोजन गर्ने अवसर प्राप्त भएको बताए

नेपाल लगायत अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहेका सदस्यहरूले विश्व व्यापार संगठनमा हाल पाइरहेकासहुलियतका प्रावधानहरु निरन्तरताको लागि वार्ता तथा छलफल भइरहेका छन्

यसलाई सहजिकरण गर्न एवम् नेपालको कूटनीतिक, आर्थिक तथा व्यापारिक हित प्रवर्द्धन गर्नका लागि यो अवसर महत्त्वपूर्ण हुने उनले बताए  

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाल एसबिआई बैंकको सञ्चालक समिति अध्यक्षमा मनिष कुमार चान्दना चयन

नेपाल एसबिआई बैंकको सञ्चालक समिति अध्यक्षमा मनिष कुमार चान्दना चयन

वि.सं.२०८३ भदौ १ सोमवार २२:१५

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा मनिष...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब सीईओ नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब सीईओ नियुक्त

वि.सं.२०८३ भदौ १ सोमवार २०:३७

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कल्याण विक्रम पाँडेलाई नायब प्रमुख...

भदौ महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

भदौ महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

वि.सं.२०८३ साउन ३१ आइतवार २०:१४

काठमाडौं । बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंक...

लेडीज सर्कल नेपालको राष्ट्रिय अध्यक्षमा प्रकिमा अग्रवाल निर्वाचित: विपन्न वर्गलाई आत्मनिर्भर बनाउने प्राथमिकता 

लेडीज सर्कल नेपालको राष्ट्रिय अध्यक्षमा प्रकिमा अग्रवाल निर्वाचित: विपन्न वर्गलाई आत्मनिर्भर बनाउने प्राथमिकता 

वि.सं.२०८३ साउन २६ मंगलवार १६:२३

काठमाडौं । महिलाहरूको नेतृत्व विकास, आपसी आत्मीयता तथा सामाजिक सेवाका...

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १४:००

काठमाडौं । नेपाली बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम उपलब्ध भए...

नागेन्द्र साह बने आयल निगमको कार्यकारी निर्देशक

नागेन्द्र साह बने आयल निगमको कार्यकारी निर्देशक

वि.सं.२०८३ साउन २१ बिहीवार १२:१८

काठमाडौं । सरकारले नेपाल आयल निगमको रिक्त रहेको कार्यकारी निर्देशक...