back
nactional

राष्ट्र बैंकको रिपोर्टः विदेशी मुद्राको सञ्चिति १४ खर्ब ८० अर्बमाथि, ११ महिनाको आयात धान्न पुग्ने

काठमाडौँ । चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा मुलुकको विदेशी मुद्राको सञ्चिति १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको असार मसान्तको तुलनामा विदेशी मुद्राको सञ्चिति २१.८ प्रतिशतले वृद्धि आएको हो । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिति रहेको थियो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० जेठ मसान्तमा १८.५ प्रतिशतले वृद्धि भई ११ अर्ब ३० करोड कायम भएको बैंकले जनाएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०८० जेठ मसान्तमा २५.१ प्रतिशतले वृद्धि भई १३ खर्ब २१ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०८० जेठ मसान्तमा ०.१ प्रतिशतले वृद्धि भई १ खर्ब ५९ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । २०८० जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७९/८० को ११ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १२ महिनाको वस्तु आयात र ९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको बैंकले जनाएको छ ।

२०८० जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २७.५ प्रतिशत, ८०.३ प्रतिशत र २५.० प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २४.६ प्रतिशत, ५.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध

कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध

वि.सं.२०८३ भदौ १ सोमवार १५:४९

काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपाल सरकार तथा आन्तरिक राजस्व...

सानिमा रिलायन्स लाइफको क्लब अचिभर्स इभेन्ट भव्यताका साथ सम्पन्न

सानिमा रिलायन्स लाइफको क्लब अचिभर्स इभेन्ट भव्यताका साथ सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १२:४२

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३...

नेपालको अटोमोबाईल क्षेत्रलाई ‘मेक इन नेपाल’ बाट ‘मेड इन नेपाल’मा लैजान सकिन्छः सौरभ ज्योती

नेपालको अटोमोबाईल क्षेत्रलाई ‘मेक इन नेपाल’ बाट ‘मेड इन नेपाल’मा लैजान सकिन्छः सौरभ ज्योती

वि.सं.२०८३ भदौ १ सोमवार ०७:४४

काठमाडौँ। नेपालमा तीव्र गतिमा अघि बढिरहेको अटोमोबाइल एसेम्ब्ली उद्योगलाई अब...

जीवन बीमा कम्पनीहरूले कमाए ५ अर्ब ४४ करोड नाफा, कसले कमाए, कसले गुमाए?

जीवन बीमा कम्पनीहरूले कमाए ५ अर्ब ४४ करोड नाफा, कसले कमाए, कसले गुमाए?

वि.सं.२०८३ साउन ३१ आइतवार २१:०४

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्ममा सञ्चालनमा रहेका...

भदौ महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

भदौ महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

वि.सं.२०८३ साउन ३१ आइतवार २०:१४

काठमाडौं । बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंक...

प्रभु बैंकले घर र सवारी कर्जामा आकर्षक योजना ल्यायो

प्रभु बैंकले घर र सवारी कर्जामा आकर्षक योजना ल्यायो

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:२५

काठमाडौं । प्रभु बैंकले घर तथा सवारी साधन खरिद गर्न...