back
Naima

आजदेखि मनकामना इन्जिनियरिङ्ग हाइड्रोको आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले आज असार १९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशीक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र दोलखाको गौरीशंकर गाउँपालिका ५, ६, ७ र ८, बिगु गाउँपालिका ४ र कालिञ्चोक गाउँपालिका ३ का स्थानीयलाई बिक्री गरेको हो ।

यस्तै, सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् २ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई विदेशमा रोजगार गरीरहेका नेपालीहरुलाई बिक्री गरेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम आयोजना प्रभावित क्षेत्रका स्थानीयले १ लाख कित्ता र वैदेशीक रोजगारीमा रहेका नेपालीले ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा साउन २ गतेसम्म आवेदन दिन सकिनेछ । यदि आयोजना प्रभावित क्षेत्रका स्थानीयले सो समयमा पूर्ण आवेदन नदिएमा साउन १७ गतेसम्म समय लम्बिनेछ ।

स्थानीय बासिन्दाले आयोजना स्थल, गौरीशंकर गाउँपालिकाको कार्यालय, प्रभु बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

साथै, स्वीकृति प्राप्त गरेका सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेको मेरो सेयर मार्फत् आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा बि।ओ।के। क्यापिटल मार्केट रहेको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनामा एनएमबि र सानिमा बैंकले १० अर्ब रुपैयाँ लगानी गर्ने

६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनामा एनएमबि र सानिमा बैंकले १० अर्ब रुपैयाँ लगानी गर्ने

वि.सं.२०८३ साउन २५ सोमवार १६:४५

काठमाडौं । माउन्टेन इनर्जी लिमिटेडको सहायक कम्पनीमार्फत मनाङमा निर्माण हुन...

अप्पर सोलु हाइड्रोको नाफा उल्लेख्य बढ्यो, ईपीएस कति?

अप्पर सोलु हाइड्रोको नाफा उल्लेख्य बढ्यो, ईपीएस कति?

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३८

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड (USHEC) ले...

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८३ साउन २१ बिहीवार १०:५९

काठमाडौं । होटल सिराईचुली लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन...

स्थानीय बासिन्दालाई १०० रुपैयाँमै जलविद्युतकाे सेयर दिन इप्पानको आग्रह

स्थानीय बासिन्दालाई १०० रुपैयाँमै जलविद्युतकाे सेयर दिन इप्पानको आग्रह

वि.सं.२०८३ साउन १७ आइतवार २०:४१

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत् आयोजनाबाट...

ग्रिनप्लाई नेपालले १६ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्ने

ग्रिनप्लाई नेपालले १६ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १८:२४

काठमाडौँ। नेपालमा गुणस्तरीय प्लाइउड उत्पादन तथा वैदेशिक बजारमा निर्यात गर्दै...

भारतबाट बिजुली आयात शून्य, आन्तरिक उत्पादनले धान्दै विद्युत माग

भारतबाट बिजुली आयात शून्य, आन्तरिक उत्पादनले धान्दै विद्युत माग

वि.सं.२०८३ साउन ११ सोमवार ०९:१५

काठमाडौं । देशको विद्युत् प्रणालीले आन्तरिक उत्पादनबाटै माग धान्दै अतिरिक्त...