back

१९.११ प्रतिशत लाभांश पारित गर्दै हिमालयन बैंकको ३०औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । हिमालयन बैंक लिमिटेडको ३०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा बिहिबार सोल्टी होटल सम्पन्न भएको हो ।

सभाले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताब सर्वसम्मतीले पारित गरेको छ ।

बैंक तथा सभाका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले साधारण सभामा संचालक समितिको प्रतिवेदन पढि प्रस्तुत प्रस्तावहरुमा छलफल गरि अनुमोदनको लागि प्रस्तुत गरेका थिए ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक प्रतिवेदन सहित सोही आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ११.११ प्रतिशत नगद लाभांशले (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । उक्त साधारणसभाले बिजय बहादुर श्रेष्ठलाई निर्बिरोध रुपमा सर्वसाधारण शेयरधनीका तर्फबाट संचालक समितिमा निर्वाचित गरेको छ ।

सो साधारण सभाबाट हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई १०० बराबर ८०.२८ (सिभिल बैंकको १०० कित्ता शेयर हुने शेयरधनीहरुले हिमालयन बैंकको ८०.२८ कित्ता शेयर पाउने) शेयर आदान प्रदान अनुपातमा प्राप्ति गर्ने प्रस्ताव लगायतका अन्य प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति पश्चात “हिमालयन बैंक लिमिटेड” कै नाममा एकिकृत कारोबार गर्नेछ ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात बैंकको कूल अधिकृत पूँजी २६ अर्ब हुनेछ भने जारी तथा चुक्ता पूँजी २१.६५ अर्ब भन्दा बढी हुनेछ । प्राप्ति पश्चात बैंकको कूल पूँजीकोष ३६.६९ अर्ब भन्दा बढी हुनेछ । यसै गरी बैंकको कूल शाखा संजाल १८९, विस्तारित काउन्टर १९ र एटिएम संख्या २६२ पुग्नेछ ।

यस प्राप्तिले नेपाल राष्ट्र बैंकको मर्जर तथा प्राप्ति सम्बन्धी नीतिलाई आत्मसाथ गर्दै बैंकिङ्ग लगायत पुरा राष्ट्रको वित्तीय विकासमा योगदान पु¥याउनेछ भन्ने विश्वास बैंकले लिएको छ ।

 


प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १९ बुधवार २३:२८

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा...

१२ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको एलआईसीले लाभांश नबाँड्ने

१२ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको एलआईसीले लाभांश नबाँड्ने

वि.सं.२०८१ वैशाख १९ बुधवार २३:१३

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले अघिल्लो...

आईएमई लाइफ इन्स्योरेन्सको खुद नाफा ३३ करोड

आईएमई लाइफ इन्स्योरेन्सको खुद नाफा ३३ करोड

वि.सं.२०८१ वैशाख १९ बुधवार २३:०७

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो...

वीरगञ्जमा नबिल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा ४ जना पक्राउ

वीरगञ्जमा नबिल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा ४ जना पक्राउ

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:४७

वीरगञ्ज । नबिल बैंकको वीरगञ्ज शाखामा चोरी गरेको आशंकामा प्रहरीले...

गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्न आधार दरमा कर्जा दिने

गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्न आधार दरमा कर्जा दिने

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:४२

काठमाडौं । गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्न आधार...

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:५२

काठमाडौँ । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...