back
skip this Samagra

सामाजिक सुरक्षा कोषमा २८ अर्ब संकलन, ३ अर्ब बढी दावी भुक्तानी

काठमाडौं । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत योजनाकर्तालाई ३ अर्ब बढी दावी भुक्तानी गरेको छ ।

कोषले हालसम्म योगदानकर्तालाई विभिन्न सुविधा शीर्षकमा ३ अर्ब ११ करोड रुपैयाँ रकम दावी भुक्तानी गरेको हो ।

यो कोषले सार्वजनिक गरेको पुस २५ गतेसम्मको तथ्याङ्क हो ।

कोषले योगदानकर्तालाई चार वटा सुविधा उपलब्ध गराउँदै आएको छ । सोमध्ये सबैभन्दा धेरै दावी भुक्तानी वृद्धि अवस्था सुरक्षा योजना मार्फत भएको देखिएको छ ।

पुस २५ गतेसम्म सो योजनामा कुल २ अर्ब ६६ करोड २४ लाख ५० हजार रुपैयाँ दावी भुक्तानी गरेको कोषलेज नाएको छ ।

कोषका अनुसार सो अवधिसम्म वृद्धि अवस्था सुरक्षा कोष योजाना मार्फत दावी गर्नेको संख्या ३४ हजार ४४२ रहेको छ भने दावी भुक्तानी संख्या (पटक) ३६ हजार ५९८ रहेको छ ।

कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना अन्तर्गत भने ३५ करोड ६० लाख ९७ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । यो योजनामा दावी गर्नेको संख्या २१ हजार ५६८ र दावी भुक्तानी भएको संख्या (पटक) ४१ हजार ३२५ रहेको छ ।

यस्तै, आश्रित परिवार सुरक्षा योजना मार्फत भने ५ करोड ४५ लाख ५४ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ ।

यो योजनाअन्तर्गत पुस २५ गतेसम्म दावी गर्नेको सख्या २७९ रहेको छ भने दावी भुक्तानीको संख्या (पटक) भने ३६ हजार ५९८ रहेको छ । कोषले दुघर्टना तथा अशक्तता सुरक्षा अन्तर्गत कुल ४ करोड १८ लाख ४३ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । यस योजनामा दावी गर्नेको संख्या १ हजार ५२ र दावी भुक्तानीको संख्या (पटक) १ हजार ५२८ रहेको छ ।

कोषको २०६७ चैत ७ गते स्थापना भएको हो ।

कोषले २०७५ मंसिर ११ गतेदेखि योजना कार्यान्वयनमा ल्याएको थियो। रोजगारदाताका तर्फबाट २० प्रतिशत र श्रमिकको ११ प्रतिशत गरी २१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्छ ।

त्यसरी जम्मा गरिएको योगदान रकम मध्येबाट एक प्रतिशत औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, एक दशमलव चार १.४ प्रतिशत दुर्घटना र अशक्तता सुरक्षा योजना, ०.२७ प्रतिशत आश्रित परिवार सुरक्षा योजना र २८.३३ प्रतिशत वृद्धावस्था सुरक्षा योजनामा बाँडफाँट हुनेछ ।

वृद्धावस्था सुरक्षा योजनाअन्तर्गतको २८.३३ प्रतिशत मध्येबाट निवृत्तिभरण योजनामा २० प्रतिशत र अवकाश योजनामा ८.३३ प्रतिशत जम्मा हुने व्यवस्था मिलाइएको छ । निवृत्तिभरण योजनामा जम्मा भएको रकम निश्चित समयपछि योगदानकर्ताले आवश्यक परेको अवस्थामा निकाल्न सक्ने व्यवस्था समेत रहेको छ ।

योगदान संकलन रकम २८ अर्ब नाघ्यो

हालसम्म सामाजिक सुरक्षा कोषमा कुल २८ अर्ब ७ करोड रुपैयाँ योगदान रकम संकलन भएको छ । सबैभन्दा धेरै योगदान रकम वृद्धावस्था सुरक्षा योजना अन्तर्गत संकलन भएको छ । यो योजना अन्तर्गत हालसम्म कुल १८ अर्ब ४६ करोड ७० लाख ११ हजार रुपैयाँ योगदादन रकम संकलन भएको कोषले जनाएको छ ।

सो अवधिमा साधारण अवकाश कोष मार्फत ५ अर्ब ७१ करोड १९ लाख ८१ हजार रुपैयाँ, दुघर्टना तथा अशक्तता सरक्षा योजनाबाट १ अर्ब १९ करोड ५१ लाख २८ हजार रुपैयाँ, औषधि उपाचार, स्वास्थ्य तथा मातृत्व योजनाबाट ८५ करोड ३६ लाख ६३ हजार, निवृत्तिभरण प्रतिफल कोषबाट ८४ करोड ७० लाख २९ हजार रुपैयाँ योगदान रकम संकलन भएको छ ।

यस्तै, अन्य कोषबाट स्थानान्तरण योजनाबाट २८ करोड ९४ लाख २७ हजार रुपैयाँ, अतिरिक्त योगदान कोषबाट २८ करोड ७ लाख ७६ हजार, आश्रित परिवार सुरक्षा योजनाबाट २३ करोड ४ लाख ८९ हजार र विशेष सुविधा अवकाश बचत मार्फत ५४ लाख ७७ हजार रुपैयाँ योगदान रकम संकलन भएको छ ।

पौने चार लाख योगदानकर्ता आवद्ध, साढे १७ हजार रोजगारदाता सूचीकृत

हालसम्म सामाजिक सुरक्षा कोषमा आवद्ध हुने योगदानकर्ताको संख्या पौने ४ लाख पुगेको छ ।

कोषले तथ्याङ्क अनुसार हालसम्म ३ लाख ८६ हजार ११८ योगदानकर्ता आवद्ध भएका छन् । सो अवधिमा सुचीकृत हुने रोजगारदाताको संख्या भने १७ हजार ५७३ पुगेको छ ।

सो अवधिमा सबैभन्दा धेरै योगदानकर्ता बागमती प्रदेशबाट रहेका छन् । बागमीबाट २ लाख ९६ हजार ४२१ योगदानकर्ता आवद्ध भएका छन् भने सूचीकृत हुने रोजगारदाताको संख्या १२ हजार १२८ पुगेको छ ।

यस्तै, प्रदेश १ बाट भने कोषमा आवद्ध हुने योगदानकर्ता ३७ हजार ५२६ र सूचीकृत रोजगारदाता १ हजार ८६०, मधेश प्रदेशमा योगदानकर्ता २० हजार ८२८, सूचीकृत रोजगारदाता ८०२ रहेको छ ।

त्यसैगरि गण्डकीबाट सामाजिक सुरक्षा कोषमा आवद्ध हुने योगदानकर्ता १४ हजार ८०६, लुम्बिनीमा १३ हजार ८७३, सुदुरपश्चितमा १ हजार ४८३ र कर्णालीमा १ हजार १८१ रहेको छन् । यी प्रदेशहरुबाट सूचीकृत हुने रोजगारदाताको संख्या भने क्रमशः ८१९, १ हजार ४७५, २५३ र २३६ रहेको छ ।

 


भेट वार्ता: अर्थमन्त्रीले भेटे विश्व बैंक र वित्त निगमका उपाध्यक्षलाई, नेपालमा लगानी बढाउन अपिल

भेट वार्ता: अर्थमन्त्रीले भेटे विश्व बैंक र वित्त निगमका उपाध्यक्षलाई, नेपालमा लगानी बढाउन अपिल

वि.सं.२०८१ वैशाख ५ बुधवार १०:५५

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ...

लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक, को-को आउँदैछन् सम्मेलनमा ?

लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक, को-को आउँदैछन् सम्मेलनमा ?

वि.सं.२०८१ वैशाख ३ सोमवार १२:४४

काठमाडौं । यहि वैशाख १६ र १७ गते (अप्रिल २८...

ऋणको भार थपीदै: २०८० सालमा पौने ३ खर्ब थपियो सार्वजनिक ऋण

ऋणको भार थपीदै: २०८० सालमा पौने ३ खर्ब थपियो सार्वजनिक ऋण

वि.सं.२०८१ वैशाख ३ सोमवार १०:०७

काठमाडौं । २०८० सालमा पौने ३ खर्ब सार्वजनिक ऋण थपिएको...

लगानी सम्मेलनः ‘सोकेस’मा १२५ आयोजना, ११ सयभन्दा बढीलाई निम्ता

लगानी सम्मेलनः ‘सोकेस’मा १२५ आयोजना, ११ सयभन्दा बढीलाई निम्ता

वि.सं.२०८० चैत २८ बुधवार ०९:०५

काठमाडौँ । सरकारले आगामी वैशाख १६ र १७ गते (अप्रिल...

सामाजिक सुरक्षा कोषले एक लाख बढी योगदानकर्तालाई भुक्तानी गर्यो आठ अर्ब रुपैयाँ

सामाजिक सुरक्षा कोषले एक लाख बढी योगदानकर्तालाई भुक्तानी गर्यो आठ अर्ब रुपैयाँ

वि.सं.२०८० चैत २३ शुक्रवार ११:२२

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत आठ अर्ब...

लगानी बोर्डद्वारा एक खर्ब बराबरको लगानी स्वीकृत

लगानी बोर्डद्वारा एक खर्ब बराबरको लगानी स्वीकृत

वि.सं.२०८० चैत २२ बिहीवार १२:५८

काठमाडौं । लगानी बोर्डले विभिन्न पाँच वटा परियोजनाका लागि एक...