back
himalayan life

माधव नेपाल गठबन्धनमा दृढ, सरकारमा राप्रपा र स्वतन्त्र पार्टीको सहभागिताबारे के भन्छन्?,सरकारको नेतृत्व कसले गर्छ?

राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपासँग गठबन्धन होला?

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धनकै सरकार बन्ने सम्भावना बलियो रहेको बताएका छन्।

उनले “गठबन्धनभित्र सरकार गठनबारे कुराकानी सुरु भएको” बताए।

यद्यपि उनले अहिलेको अवस्थामा सरकार गठन “नेपाली कांग्रेससहितको वा नेकपा एमालेसहितको” दुई वटा विकल्पमा मात्र सम्भव रहेको बताए।

नेपालका भनाइमा चुनावमा समेत तालमेल गरेको कांग्रेस, नेकपा (माओवादी केन्द्र) र उनको दलसहितको सत्ताधारी गठबन्धनले नै सरकार बनाउने अवस्था रहेको छ।

नेकपा एमालेका पक्षबाट सरकार गठनका लागि प्रस्ताव समेत नआएको नेता नेपालले बताए।

सरकारको नेतृत्व कसले गर्छ?
गठबन्धन दलका नेताहरूले सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा सरकार गठनबारे छलफल गरेको विवरण आएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितको उक्त बैठकमा एकीकृत समाजवादीका अध्यक्ष नेपाल समेत सहभागी थिए।

जहाँ सरकार गठनबारे प्रधानमन्त्री देउवाको धारणा के रह्यो भनेर  सोधेको प्रश्नमा उनले “सँगै जानुपर्छ” भनेको नेता नेपालले बताए।

देउवा, प्रचण्ड वा तपाईँ प्रधानमन्त्री को बन्ने हो? भन्ने प्रश्नमा नेपालले भने, “अब हेरौँ न। पात्रका रूपमा तपाईँ भनेका यिनै हुन्।”

यद्यपि उनले सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा आफूहरूबीच छलफल नै नभएको बताए।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको भेटमा “प्रधानमन्त्रीको हकदार तपाईँ नै हो भन्नुभएछ त” भन्ने प्रश्नमा पनि उनले त्यसलाई अस्वीकार गरेनन्।

नेपालले भने, “जसलाई चाहना हुन्छ ती चाहना भएकालाई तपाईँलाई हक छैन है, तपाईँ लाग्न पाउनुहुन्न भनेर पठाउने हो? स्वाभाविक हो प्रत्येकका कमी/कमजोरी छन्/छैनन् त्यो पार्टी विशेषले आफ्नो मान्छेलाई अगाडि सार्नुपर्‍यो।”

उनले सरकार चलाउन पार्टीहरूले आलोपालो गर्नेबारे छलफल नभएको दाबी गरे।

नेपालका भनाइमा “अप्ठ्यारो अवस्थामा पनि साथ रहेकाले गठबन्धन दलहरू सरकारमा पनि साथै” रहनेछन्।

राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपासँग गठबन्धन होला?
गठबन्धनमा सहभागी दलहरूको बहुमत नपुगेमा राप्रपा र स्वतन्त्र पार्टीसँग गठबन्धनको सम्भावनाबारे सोधिएको प्रश्नमा नेपालले स्पष्ट बताउन चाहेनन्।

“अहिलेसम्म छलफल भएको छैन। कुराकानीहरू भएको छैन। अब हेर्दै जाऊँ। किनभने अहिले मैले कसैको बारेमा नकारात्मक बोल्न मिल्दैन।”

अहिले नबोल्ने आवश्यकता पर्‍यो भने बोलाइहाल्ने नत्र भने गाली गर्ने त भनेर सोधिँदा उनले भने, “गर्नुपर्छ नि! आवश्यकताको सिद्धान्तले के-के गर्छ के-के?”

“… आदर्शले मात्र पनि चल्दैन, आदर्शलाई त्यागेर मात्र पनि चल्दैन।”

चुनावमा केपी ओलीसँग तालमेल गरेकाले ‘पश्चगामी’ भनेर आरोपित गरेको राप्रपासँग पनि गठबन्धन हुनसक्छ? भन्ने प्रश्नमा उनको जवाफ थियो, “अहिलेसम्म त्यहाँ प्रवेश गरिहाल्नु परेको छैन। भर्खर भर्खर नयाँ समीकरणको ढोका खुल्दै छ। अब हेरौँ नयाँ समीकरणले कहाँ पुर्‍याउँछ।”

चुनावमा नेकपा समाजवादीको अवस्था
निर्वाचन आयोगका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत नेपालको दल चौथो स्थानमा रहेको छ।

उसले प्रत्यक्षतर्फ १० स्थानमा जित हासिल गरेको छ।

समानुपातिकतर्फ भने उक्त दल अहिलेसम्म आठौँ स्थानमा रहेको छ र राष्ट्रिय दल बन्न कटाउनुपर्ने तीन प्रतिशत मत प्राप्त गरिसकेको देखिँदैन।

यद्यपि समानुपातिकको मतगणनाको अन्तिम परिणाम आउन अझै केही दिन लाग्ने आयोगले जनाएको छ।

समानुपातिकतर्फ भने उक्त दल अहिलेसम्म आठौँ स्थानमा रहेको छ र राष्ट्रिय दल बन्न कटाउनुपर्ने तीन प्रतिशत मत प्राप्त गरिसकेको देखिँदैन।

यद्यपि समानुपातिकको मतगणनाको अन्तिम परिणाम आउन अझै केही दिन लाग्ने आयोगले जनाएको छ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुर कार्यसम्पादनका आधारमा देशभरका जिल्ला...

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा लागुऔषधको उत्पादन, बिक्री–वितरण,...

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

वि.सं.२०८३ असार १२ शुक्रवार १०:१२

काठमाडौं । विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीलाई सरकारले दिएको...

ऋषि ओझा : जसले सुरु गरेका थिए ‘लागू पदार्थलाई नाइँ भनौँ’

ऋषि ओझा : जसले सुरु गरेका थिए ‘लागू पदार्थलाई नाइँ भनौँ’

वि.सं.२०८३ असार १२ शुक्रवार १०:१०

काठमाडौं । हरेक वर्ष जुन २६ का दिन विश्वभर ‘अन्तर्राष्ट्रिय...

लागूऔषध नियन्त्रणमा प्रहरीको प्रयास : तस्करीको नयाँ शैलीले पहिचानमा सकस

लागूऔषध नियन्त्रणमा प्रहरीको प्रयास : तस्करीको नयाँ शैलीले पहिचानमा सकस

वि.सं.२०८३ असार १२ शुक्रवार १०:०५

काठमाडौं । नेपालमा लागुऔषधको प्रयोग, ओसारपसार तथा कारोबार नियन्त्रणका लागि...

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

वि.सं.२०८३ असार ११ बिहीवार २२:०४

काठमाडौं । नेपाल सरकार, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न...