back

सेजन र आइआइडिएसको सहकार्यमा आर्थिक अनुसन्धान तथा क्षमता विकासका कार्यक्रम गर्ने सहमति

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) सर्वाङ्गीण विकास अध्ययन केन्द्र(आइआइडिएस) बीच आर्थिक अनुसन्धान तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ ।

आइआइडिएसको ४४ औँ वार्षिकोत्सको अवसरमा राखिएको समारोहमा बिहिबार सेजन अध्यक्ष जनार्दन बराल र आइआइडिएसका कार्यकारी निर्देशक विश्वास गौचनले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

आर्थिक पत्रकारको क्षमता विकास, नीतिगत बहस तथा विभिन्न विषयहरूमा गरिने अध्ययन तथा अनुसन्धानमा सहकार्य गर्न समझदारी गरिएको हो ।

कार्यक्रममा आइआडिएसका कार्यकारी निर्देशक विश्वास गौचनले सेजनसँगको सहकार्यले अनुसन्धानको काम तथा क्षमता विकासमा महत्वपूर्ण रहने बताए । ’क्षमता विकास कार्यक्रम, अनुसन्धान काम गर्नको लागि दुई संस्था बीच सहकार्य गरिने छ’ गौचनले भने ।

सेजन अध्यक्ष जनार्दन बरालले सेजनले आर्थिक पत्रकारिताको उन्नयनमा महत्वपूर्ण भूमिका खेलेको बताए । निष्पक्ष र स्वतन्त्र पत्रकारिताको विकासका लागि क्षमतावान् पत्रकारको उत्पादन गर्ने उद्देश्य राखेर सेजनले काम गरिरहँदा आइआइडिएसँगको सहकार्यले सेजनको यो उद्देश्यमा सहयोग पु¥याउने बताए ।

उनले अहिले संसारभर नै पत्रकार र सञ्चार माध्यमलाई सरकारले आफ्नो प्रोपोगाण्डा फैलाउन र निजी क्षेत्रले व्यावसायिक स्वार्थमा प्रयोग गर्नसक्ने विषयप्रतिको चनाखो रहँदै निस्पक्षता र व्यावसायिकता अभिवृद्धि गर्ने चुनौती रहेको बताए । ’संसारभर नै सरकारले मिडियामार्फत प्रोपोगाण्ड फैलाउने त्यस्तै व्यवसायिक घरनाले आफ्नो स्वार्थ मिडियाको प्रयोगबाट लाद्न खोज्ने गरेको पाइन्छ, यसबाट बच्न पनि क्षेमतावान पत्रकार आवश्यक पर्छ,’ उनले भने ।

समझदारीअनुसार दुई संस्थाबीच वित्त, अर्थशास्त्र र विकासका क्षेत्रमा क्षमता अभिवृद्धि कार्यक्रमहरूको डिजाइन र कार्यान्वयनमा सहकार्य गर्ने, राष्ट्रिय महत्वका विभिन्न मुद्दाहरूमा सम्मेलन तथा कार्यक्रम गर्न सहकार्य गर्ने, आर्थिक विकासका क्षेत्रमा अनुसन्धानका कार्यक्रमहरूको तर्जुमा, कार्यान्वयन र प्रचारप्रसारमा सहकार्य गर्ने एवम् विकासका मुद्दाहरूमा नीतिगत पैरवी गर्ने लगायतका काम गरिनेछ ।

आर्थिक पत्रकारहरूको छाता संस्था नेपाल आर्थिक पत्रकार समाज २०५४ सालमा स्थापना भएको हो । यसमा देशभरका ३ सय बढी पत्रकारहरू सदस्य रहेका छन् । सेजनले मुख्यतया आर्थिक पत्रकारको क्षमता विकासको लागि विभिन्न प्रकारका तालिम दिनुका साथै आर्थिक पत्रकार उत्पादनको लागि समेत तालिम प्रदान गर्दै आएको छ । साथै विभिन्न आर्थिक मुद्दाहरूमा नीतिगत बहस गर्ने तथा अनुसन्धान गर्ने काम गरेको छ ।

सन् १९७९ मा स्थापना भएको आइआइडिएस नाफा आर्जन नगर्ने उद्देश्यले स्थापना भएको थिंक ट्यांक हो। यसले दिगो विकासको विभिन्न विषयमा अनुसन्धान तथा नीतिगत बहस गर्दै आएको छ। डा. भेषबहादुर थापा संस्थापक अध्यक्ष रहेको आइआइडिएसमा हाल डा. स्वर्णिम वाग्ले अध्यक्ष छन्। आइआइडिएस तथा सेजन दुवै संस्थाले नेपाल सरकार, संयुक्त राष्ट्र संघ, विश्वबैंक र एसियाली विकास बैंक जस्ता अन्तर्राष्ट्रिय संस्थाहरू र धेरै द्विपक्षीय विकास साझेदारहरू साथै थिङ ट्याङ्कहरूसँग सहकार्यमा काम गर्दै आएका छन्।

यसका साथै, आइआइडिएसले यसै अवसरमा त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र केन्द्रीय विभाग तथा नेपाल उद्योग परिसंघसँग पनि समझदारीपत्रमा हस्तक्षर गरेको छ। सोही अवसरमा गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा मुलुकको अर्थतन्त्रको अवस्थाका बारेमा छलफल कार्यक्रम पनि आयोजना गरिएको थियो।


श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:२०

काठमाडौँ  । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा...

आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने

आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने

वि.सं.२०८१ वैशाख १९ बुधवार २२:०६

काठमाडौं । आइएमई ग्रुप र इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरा कम्पनीले...

डिजेल र मट्टितेलको मूल्य घट्यो

डिजेल र मट्टितेलको मूल्य घट्यो

वि.सं.२०८१ वैशाख १८ मंगलवार २२:११

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

रेमिट हाइड्रो निर्माणमा वैदेशिक रोजगारीमा गएका नेपालीले लगानी गर्ने, एचआईडीसीएल र एनसीसीबीच सम्झौता

रेमिट हाइड्रो निर्माणमा वैदेशिक रोजगारीमा गएका नेपालीले लगानी गर्ने, एचआईडीसीएल र एनसीसीबीच सम्झौता

वि.सं.२०८१ वैशाख १७ सोमवार २२:०७

काठमाडौं । रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी एक सम्झौतापत्रमा हस्ताक्षर...

नेपालमा भियतनामी लगानी बढाउन सरकारले सहजीकरण गर्ने

नेपालमा भियतनामी लगानी बढाउन सरकारले सहजीकरण गर्ने

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:४६

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भियतनामी लगानीकर्ताका लागि...

नेपालको पहिलो ओईएम ब्राण्ड सि जी ले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

नेपालको पहिलो ओईएम ब्राण्ड सि जी ले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:५७

काठमाडौं। नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सि जी...