मतगणना अझै जारिः समानुपातिकमा एमालेले २३ लाख ल्याउदा कांग्रेसले २२ लाख ल्यायो, अरु कुन दलले कति ल्याए ?

वि.सं.२०७९ मंसिर ११ आइतवार

काठमाडौं । समानुपातिक तर्फको मतगणनामा नेकपा (एमाले)ले सबै दललाई उछिन्दै सबैभन्दा बढी मत ल्याएको छ ।
निर्वाचन आयोगले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यां अनुसार एमालेले २३ लाख ८९६ मत ल्याएको छ भने दोश्रोमा रहेको नेपाली कांग्रेसले २२ लाख १ हजार ७९४ मत ल्याएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि पार्दै तेस्रो स्थान उक्लिएको नेकपा (माओवादी केन्द्र) ले ९ लाख ६५ हजार ३४५ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २१ हजार ७ सय ६० मत प्राप्त गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८६ हजार २९७, जनता समाजवादी पार्टीले २ लाख ८७ हजार ४७७, नेकपा (एकीकृत समाजवादी) ले २ लाख २० हजार ५२८ मत प्राप्त गरेको छ ।

प्रकाशित समय : १२:०७ बजे