back
himalayan life

‘पाँच वर्षपछि डडेल्धुराबाटै लड्छु, हारें भने सक्रिय राजनीति त्याग्छु’ : सागर ढकाल

देउवालाई चुनौती छ मेरो : हेलिकोप्टर नचलाई, आम मान्छेलाई गाडीमा नओसारी टुँडिखेलमा हजार मान्छे उतारेर देखाउनुहोस् । मैले अचम्म मान्न पाउनेछु ।

काठमाडौं । शेरबहादुर देउवाले चुनाव जित्नु समाचार होइन, उनलाई कसले कसरी चुनौती दियो भन्नेचाहिँ समाचार हो । हामीले चुनावअघि एउटा स्थलगत रिपोर्टमा लेखेका थियौं– डडेलधुरामा धेरैजना उम्मेदवार उठ्छन्, अन्तिममा देउवाले जित्छन् । यसपल्ट पनि त्यस्तै भयो । निकटतम प्रतिष्पर्धीभन्दा झन्डै दोब्बर मतान्तरमा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले सातौंपल्ट चुनाव जिते ।

यसपल्ट निकटतम् प्रतिष्पर्धी भने उनकै अपेक्षा विपरीतका उम्मेदवार थिए– गुल्मीका सागर ढकाल ।

यसभन्दा अघिल्लोपल्ट प्रधानमन्त्री छँदा उनै शेरबहादुर देउवासँग टिभी शोमा योग्य जनप्रतिनिधि खोई भन्दै ‘बढ्ता बोलेर’ चर्चामा आएका सागर ढकाल कालान्तरमा उनकै विरुद्ध डडेलधुरामा चुनाव लड्न गए । चुनाव त देउवासँग लामो सहकार्यमा रहेका कर्णबहादुर मल्लले पनि लडेका थिए । उनी यसकारण पनि चर्चामा थिए– एमाले अध्यक्ष केपी ओलीले सुदूरपश्चिम नै गएर आफ्नो दलको समर्थन मल्ललाई रहने घोषणा गरेका थिए ।

तर यो पनि खासै समाचार होइन । समाचार उनै सागर ढकाल हुन्, जसले गुल्मीबाट डडेलधुरा गएर विभिन्न अभियानहरू चलाए । उनले देउवाले ल्याएको २५ हजार ५३४ विरुद्ध सागरले पाएको १३ हजार ४२ मत यो चुनावको उल्लेख्य पक्ष हो । चुनाव अघिसम्म देउवाका खास प्रतिष्पर्धी ठानिएका कर्णबहादुर मल्लले भने ७ हजार ५३५ मात्रै पाए ।

सुई चिह्नबाट लडेका स्वतन्त्र उम्मेदवार सागर ढकालसँग बुधबार बिहान गरिएको लामो टेलिफोन संवादको अंशः

चुनाव परिणामलाई कसरी लिनुभएको छ ?
मैले जुन आँट गर्नुपर्ने हो, गरें । धेरै युवाहरूले यसपल्ट आँट गरेका छन् । काठमाडौंमा तोसिमा, सोविता, चितवनमा रविहरूले पाउँदै गरेको जीत मेरो पनि जीत हो । देउवाबाहेक अरु उम्मेदवार कांग्रेसबाट आएको भए मैले पनि सहजै जित्थें । यत्रो राज्यशक्तिको स्रोत पैसा खर्च गरेर चुनाव लड्ने कांग्रेसमा सायद देउवा मात्रै एक्लो हुनुहोला । गगन थापा, प्रकाशमान सिंहजस्तै आचारसंहिता पालना गरेर लडेको भए, गाउँगाउँमा हेलिकोप्टरबाट आएर खसी नकाटेको भए, अनि सागर गुल्मी गयो भनेर अफबाह नफैलाएको भए मैले जित्थें ।

देउवाले शक्ति प्रयोग गरेर तपाईंलाई हराएका ?
सीडीओ, डिएसपी, सरकारका प्रतिनिधिले घेरेर चुनाव गराए । निर्वाचन अधिकृत उनीहरूका अगाडि निरीह नै हुन् । अति पैसा बाँड्न थालेपछि मलाई पनि साथीहरूले पैसा खोजुँ भनेका थिए । तर मैले नाति पुस्ताले लाज मान्ने काम गर्नु हुन्न भनेर रोकेको । बरु हार्नु ठिक, गलत काम चैं गर्नुभएन । अब सुदूरपश्चिमका धेरैले मेरो सिको गर्नेछन् ।

धाँधली भयो भन्नुभएको ?
दुवै भयो । धाँधली पनि भयो । सत्ताको दुरूपयोग पनि भयो । फेरि यो दुरूपयोग उहाँ शेरबहादुरले मात्रै गर्न सक्ने कुरा रहेछ । कांग्रेसका अरुले यो गर्न पाएजस्तो मलाई लाग्दैन । सुदूरपश्चिममै यस्तो त कहीँ हुँदैन ।

चुनावको परिणाम स्वीकार गर्न तपाईंलाई गाह्रो भएको हो ?
होइन, मैले स्वीकारेको छु । आपत्ति छैन । उहाँलाई बधाइ पनि दिइसकें । मैले एउटामात्रै चुनाव सोचेर बसेको छैन । दश वटा चुनाव सोचेर बसेको छु । म ५० वर्ष सोचेर राजनीतिमा आएको हो । मेरा एजेन्डाहरू हेर्नुभयो भने त्यस्तै छन् ।

तपाईं अर्को पल्ट डडेलधुरामै लड्नुहुन्छ ?
हो, यहीँ लड्छु । यसमा शंका छैन ।

त्यसपल्ट पनि हारियो भने ?
त्यसपल्ट पनि हारियो भने म राजनीति छाडिदिन्छु । किचिरपिचिर गरेर बस्दिनँ । अरुलाई छाडिदिए भैगयो नि ! आफ्नो काम गर्न गए भैहाल्यो नि ! यसैमा लागिरहनुपर्छ भन्ने के छ र ?

राजनीति नै छाड्ने ?
अँ, सक्रिय राजनीति छाड्ने । आफ्नो इन्जिनियरिङ कन्सल्टिङ गर्छु । कामको कमी छैन मलाई । यहाँ आउनुभन्दा अघि पनि चार देशको जिम्मेवारी पाएको थिएँ स्वीजरल्यान्डको संस्थाबाट । मैले ठूलो गफ दिएजस्तो सुनिएला । तर अक्सफोर्डमै हुँदा पनि विभिन्न देशका उपप्रधानमन्त्री, मन्त्रीहरूसँग मैले धेरै काम गरेको छु । नेपालको बजेट १५ खर्ब त हो नि, यहाँ प्रधानमन्त्री नै भए पनि कसैले हामीलाई चिन्दैन । नेपालमा जत्रो चहलपहल भइरहेको छ नि अहिले, यो सबै एउटा कुवाभित्रको हल्ला हो । अरु कुनै देशलाई यहाँको चुनावबारे मतलब पनि छैन । त्यसैले हाम्रो हैसियत बढाऊँ । पैसा र पावरका लागि राजनीति नगरौं ।

डडेलधुराका जनताबारे जुन मनोविज्ञान बनेको छ अन्यत्र । त्यस्तै हो ?
होइन, यहाँ पनि जनता जागिसकेका छन् । तराई र भित्री मधेसबाट राम्रो मत आएको छ । शेरबहादुरले चलखेल गरेको पहाडी बस्तीमा हो । त्यहाँका जनतालाई त यति गलत अफवाह फैलाइयो कि मैले त्यसलाई चिर्न भ्याइनँ । तर परिवर्तनको भोट मैले पाएँ । यहाँ त राणाशासन जस्तो छ । मान्छे नेता आयो भने बोल्न पनि डराउँछन् । नवदुर्गा पालिकाका दलित बस्तीमा त पावरमा भएका नेताले दबाएर राखेका रहेछन् । म जाँदा मसँग खुलस्त भन्नुभयो । नपत्याए तपार्इंहरू सर्वेक्षण गरेर हर्नुहोस् । मौन अवधिमा यहाँ पैसा बाँड्नेहरूको व्यापक भीड भयो । गोजीमा पैसा राखिदिनेदेखि बाइकमा तेल हाल्ने सबै सामान्य यहाँ ।

देउवालाई चुनौती छ मेरो : हेलिकोप्टर नचलाई, आम मान्छेलाई गाडीमा नओसारी टुँडिखेलमा हजार मान्छे उतारेर देखाउनुहोस् । मैले अचम्म मान्न पाउनेछु ।

अब कहिलेसम्म डडेलुधुरा ?
डेढ महिनासम्म यहीँ हुन्छु । यहाँ पानीको लागि तत्काल केही काम गर्नुपर्ने छ । यो सबै गर्न चुनाव जित्नुपर्छ भन्ने केही छैन । जलाधार क्षेत्रको व्यवस्थापन लगायत काम गर्नुपर्ने छ । यहाँ बजेटको एकदमै दुरूपयोग र हेलचेक्र्याइँ छ । खोलाले बगाउने ठाउँमा पुल बनाइदिएको छ । भ्रष्टाचारको ठूलो काण्ड यहीँ भेटिन्छ, खोज्दै गयो भने । यो फाइल खोल्ने कसको आँट ? तर मैले गर्छु । यो अन्यायविरुद्ध बोल्न किन डराउने ? यति धेरै जनताको विश्वास मलाई छ ।
म डडेलधुरामात्रै होइन, देश नै बनाउन हिँडेको मान्छे हुँ । सुदूरपश्चिमलाई पछाडि राखेर यो देश बन्दैन । म बझाङ डोटी र अरु जिल्ला पनि जान्छु ।

मतदातालाई धन्यवाद दिने कार्यक्रम छ ?
म गाउँमा गएर धन्यवाद दिन्छु । म उहाँहरूको समस्या बुझ्ने, सक्दो समाधान गर्ने प्रयास गर्छु ।

यो समाचार अनलाईनखबरबाट साभार गरिएको हो।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुर कार्यसम्पादनका आधारमा देशभरका जिल्ला...

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा लागुऔषधको उत्पादन, बिक्री–वितरण,...

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

वि.सं.२०८३ असार १२ शुक्रवार १०:१२

काठमाडौं । विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीलाई सरकारले दिएको...

ऋषि ओझा : जसले सुरु गरेका थिए ‘लागू पदार्थलाई नाइँ भनौँ’

ऋषि ओझा : जसले सुरु गरेका थिए ‘लागू पदार्थलाई नाइँ भनौँ’

वि.सं.२०८३ असार १२ शुक्रवार १०:१०

काठमाडौं । हरेक वर्ष जुन २६ का दिन विश्वभर ‘अन्तर्राष्ट्रिय...

लागूऔषध नियन्त्रणमा प्रहरीको प्रयास : तस्करीको नयाँ शैलीले पहिचानमा सकस

लागूऔषध नियन्त्रणमा प्रहरीको प्रयास : तस्करीको नयाँ शैलीले पहिचानमा सकस

वि.सं.२०८३ असार १२ शुक्रवार १०:०५

काठमाडौं । नेपालमा लागुऔषधको प्रयोग, ओसारपसार तथा कारोबार नियन्त्रणका लागि...

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

वि.सं.२०८३ असार ११ बिहीवार २२:०४

काठमाडौं । नेपाल सरकार, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न...