back
skip this Samagra

भारतले हटायो फलाम निर्यातको अतिरिक्त कर: नेपालमा पनि फलाम र छड सस्तिने

काठमाडौं । भारतले ६ महिनाअघि न्यून गुणस्तरको कच्चा फलाम निर्यातमा लगाएको अतिरिक्त कर हटाएको छ ।

यस्तो कर इण्टरमिडियट स्टील अर्थात् कुनै निश्चित वस्तु नबनाइएको स्टील निर्यातमा पनि लगाइएको थियो ।

फलामको मात्रा ५८ प्रतिशतभन्दा कम भएको धातु ‘आइरन ओर लम्प्स’ र मध्येवर्ती स्टील ‘फाइन्स’को निकासीमा लगाइएको ५० प्रतिशत अतिरिक्त कर शनिबारदेखि नै हटाइएको छ ।

भारत सरकारले ६ महिनाअघि नै अन्य किसिमका फलाम निर्यातमा समेत ५० प्रतिशत कर लगाएको थियो, जुन अब ३० प्रतिशतमा झारिएको छ ।

स्वदेशी बजारमा कच्चा फलामको उपलब्धता बढाएर मूल्य नियन्त्रण गर्न भन्दै भारतले निर्यातमा कर बढाएको थियो ।

यसले भारतबाटै कच्चा फलाम आयात गरेर बेच्ने नेपालजस्ता बजारमा बढी प्रभाव परेको थियो ।

उता, भारतमै पनि निर्यात ब्यापारमा ठूलो गिरावट आएको थियो । यो वर्ष भारतको फलाम निकासी पोहोरको तुलनामा आधा भन्दा पनि कम भएको तथ्यांक सार्वजनिक गरेको थियो ।

यही कारण भारतका प्रमुख स्टील उत्पादक कम्पनीहरुले सरकारलाई यस्तो अतिरिक्त कर घटाउन दवाव दिइरहेका थिए ।

महँगि र मन्दीउन्मुख भएकाले अहिले अन्तरराष्ट्रिय बजारमा फलामाको माग ब्यापक घटेको आँकडा आइरहेका छन् ।

यस्तो बेला सरकारले कर कटौति गरे पनि यसले निर्यात बढाउनेमा भारतका खानि उद्योगिहरुको संस्थाले शंका जनाएको छ ।

तर कर कटौति गर्ने भारतको निर्णयले नेपाली बजारलाई भने सहुलियत मिल्ने छ । नेपाली फलाम उद्योगीले सस्तोमा कच्चा पदार्थ किन्न पाउने छन् ।

नेपालमा पनि रड तथा फलामको माग बढ्न नसकेकाले यस्ता वस्तुको मूल्य सस्तिने संभावना बलियो बनेको छ ।


१० करोड लगानीमा ‘त्रिशुली भिल्ला’ सन्चालनमा

१० करोड लगानीमा ‘त्रिशुली भिल्ला’ सन्चालनमा

वि.सं.२०८१ वैशाख ५ बुधवार ०९:४८

काठमाडौं ।  पृथ्वी राजमार्गको मलेखु नजिक बेनिघाटमा त्रिशुली रिभरसाइड रिसोर्ट...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति ?

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:०८

काठमाडौँ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर तीन रुपैयाँले...

वाइवाई चाउचाउले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

वाइवाई चाउचाउले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:०१

काठमाडौं । नेपालको चर्चित वाइवाई  चाउचाउले सर्वसाधारणका लागि आईपीओ जारी...

सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रु

सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रु

वि.सं.२०८१ वैशाख ३ सोमवार १४:२५

काठमाडौँ । सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रु भएको...

बेको ब्राण्डका घरायसी उपकरण खरिदमा ४१ हजार रुपैयाँ क्यास ब्याक र विभिन्न उपहारहरु पाइने

बेको ब्राण्डका घरायसी उपकरण खरिदमा ४१ हजार रुपैयाँ क्यास ब्याक र विभिन्न उपहारहरु पाइने

वि.सं.२०८० चैत २८ बुधवार ०९:३०

काठमाडौं । युरोपकै शीर्ष ३ नम्बरमा रहेको घरायसी उपकरण ब्राण्ड...

एलजीको नयाँ वर्षे योजनामा ४० प्रतिशतसम्म क्यास ब्याकसँगै उपहारको अवसर

एलजीको नयाँ वर्षे योजनामा ४० प्रतिशतसम्म क्यास ब्याकसँगै उपहारको अवसर

वि.सं.२०८० चैत २२ बिहीवार १२:३७

काठमाडौं । एलजीले नयाँ वर्ष २०८१ साललाई लक्षित गरी विभिन्न...