back
himalayan life

भारतले हटायो फलाम निर्यातको अतिरिक्त कर: नेपालमा पनि फलाम र छड सस्तिने

काठमाडौं । भारतले ६ महिनाअघि न्यून गुणस्तरको कच्चा फलाम निर्यातमा लगाएको अतिरिक्त कर हटाएको छ ।

यस्तो कर इण्टरमिडियट स्टील अर्थात् कुनै निश्चित वस्तु नबनाइएको स्टील निर्यातमा पनि लगाइएको थियो ।

फलामको मात्रा ५८ प्रतिशतभन्दा कम भएको धातु ‘आइरन ओर लम्प्स’ र मध्येवर्ती स्टील ‘फाइन्स’को निकासीमा लगाइएको ५० प्रतिशत अतिरिक्त कर शनिबारदेखि नै हटाइएको छ ।

भारत सरकारले ६ महिनाअघि नै अन्य किसिमका फलाम निर्यातमा समेत ५० प्रतिशत कर लगाएको थियो, जुन अब ३० प्रतिशतमा झारिएको छ ।

स्वदेशी बजारमा कच्चा फलामको उपलब्धता बढाएर मूल्य नियन्त्रण गर्न भन्दै भारतले निर्यातमा कर बढाएको थियो ।

यसले भारतबाटै कच्चा फलाम आयात गरेर बेच्ने नेपालजस्ता बजारमा बढी प्रभाव परेको थियो ।

उता, भारतमै पनि निर्यात ब्यापारमा ठूलो गिरावट आएको थियो । यो वर्ष भारतको फलाम निकासी पोहोरको तुलनामा आधा भन्दा पनि कम भएको तथ्यांक सार्वजनिक गरेको थियो ।

यही कारण भारतका प्रमुख स्टील उत्पादक कम्पनीहरुले सरकारलाई यस्तो अतिरिक्त कर घटाउन दवाव दिइरहेका थिए ।

महँगि र मन्दीउन्मुख भएकाले अहिले अन्तरराष्ट्रिय बजारमा फलामाको माग ब्यापक घटेको आँकडा आइरहेका छन् ।

यस्तो बेला सरकारले कर कटौति गरे पनि यसले निर्यात बढाउनेमा भारतका खानि उद्योगिहरुको संस्थाले शंका जनाएको छ ।

तर कर कटौति गर्ने भारतको निर्णयले नेपाली बजारलाई भने सहुलियत मिल्ने छ । नेपाली फलाम उद्योगीले सस्तोमा कच्चा पदार्थ किन्न पाउने छन् ।

नेपालमा पनि रड तथा फलामको माग बढ्न नसकेकाले यस्ता वस्तुको मूल्य सस्तिने संभावना बलियो बनेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले संघ,...

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

वि.सं.२०८३ असार १२ शुक्रवार १५:२८

काठमाडौं । ललितपुर महानगरपालिकाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने...

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

वि.सं.२०८३ असार १२ शुक्रवार १२:१४

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल...

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

वि.सं.२०८३ असार १२ शुक्रवार १०:००

काठमाडौं । नेपाली चिया विश्वका विभिन्न देशमा निर्यात हुँदै आए...

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर...

विद्यार्थीका ५५ बढी टेक परियोजना प्रदर्शनीमा, लगानीकर्ता र स्टार्टअप अवसरसँग जोड्ने लक्ष्य

विद्यार्थीका ५५ बढी टेक परियोजना प्रदर्शनीमा, लगानीकर्ता र स्टार्टअप अवसरसँग जोड्ने लक्ष्य

वि.सं.२०८३ असार ११ बिहीवार २२:०९

काठमाडौँ । विद्यार्थीले निर्माण गरेका कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, साइबर सुरक्षा,...