back

विजुली होइन, विद्युतीय सामग्री निर्यात गर्नुपर्ने अर्थमन्त्री शर्माको भनाइ

काठमाडौं। नेपालले वार्षिक तीन खर्बको पेट्रोलियम पर्दाथ आयात गर्दा देशको अर्थतन्त्रमा ठूलो असर पारेकाले विद्युतबाट चल्ने सवारी साधानलाई प्रथामिकता दिन जरुरी रहेको अर्थमन्त्री जनार्दन शर्माले बताए ।

आजबाट भृकुटी मण्डपमा शुरु भएको नाडा ईभी एक्स्पोको उद्धघाटनमा शर्माले उक्त कुरा बताएका हुन् । नेपालले विद्युत निर्यात गर्दै आएको कुरा त्यति सकारात्मक नरहेको बरु नेपालमा विद्युतबाट चल्ने सामाग्रीहरु निर्माण गरेर त्यसको निर्यात गर्नुपर्ने बताए ।

उनले भने, “पटकपटक नाडाका साथीहरुले अटोक्षत्रेलाई केही फाइदा हुने निति ल्याउन मलाई अपिल गरेका छन् । तर सरकार पनि अटोक्षेत्रलाई फाइदा हुने निति ल्याउने कुरामा जोड दिएको छ । नीति ढुङ्गगामा लेखेको अक्षर होइन परिर्वतन गर्न मिल्छ । तर केही समय लाग्छ ।’’

शर्माले विद्युतीय गाडीलाई मात्र जोड दिएर देशलाई ईभी तर्फ लैजान नसकिने कुरामा जोड दिएका छन् । देशमा विद्युतीय गाडीको उत्पादनको साथै हरेक पाँच तारे होटल देखि हरेक कम्पनीले विभिन्र ठाउँमा चार्जिङ स्टेशन निर्माण गर्न शर्माले अपिल गरेको छन् ।

शर्माले अब निजि क्षेत्रलाई अप्ठ्यारोमा पार्न सरकार नचाहने पनि बताएका छन् । उनले अब आयातमा गरिएको कडाइको विषयमा पनि नयाँ ढंगले सोच्नु पर्ने बेला आएको बताए । उनले अब निजि क्षेत्रलाई अप्ठ्यारोमा पार्न सरकार नचाहने पनि बताएका छन् ।

त्यस्तै नाडा अटोमोबाइल्स एसोशिएसनका अध्यक्ष धु्रव थापाले गाडीहरुमा लगाएको प्रतिबन्धका कारण अटो व्यवसायहरु टाट पल्टिएको र कर्मचारीहरुले तलब पाउन मुस्किल रहेको बताए । उनले भने, “आर्थिक वर्षमा अर्बौको गाडीहरु आयात भएको र अर्बौ राजस्व सरकारलाई बुझाएको छौँ । देशको अर्थतन्त्रमा अटो क्षेत्रले ठूलो भूमिका खेलेको छ । त्यसकारण प्रतिबन्ध फुकाउन अर्थमन्त्रीलाई अपिल गर्दछु ।’’

एक्स्पोमा ७ वटा ब्राण्डका चार पाङ्ग्रे, एउटा तीन पाङ्ग्रे, १६ वटा दुई पाङ्ग्रे, ३ वटा टायर, २ वटा ब्याट्री, ९ वटा पार्टपुर्जाको सहभागित रहेको छ । उक्त एक्स्पोमा ठूला तथा साना गरि ५१ वटा स्टल र ब्लकहरु रहने छन् ।

एक्स्पोलाई व्यवस्थित बनाउन र प्रदर्शनी स्थलमा भिडभाड कम गर्न नाडाले खल्ती एप मार्फत अनलाईन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाएको छ ।

असोज ५ गतेसम्मको अग्रिम अनलाइन टिकट खरिदमा विशेष सहुलियतका साथै प्रत्येक टिकट खरिदमा खल्ती एपबाट २५ प्रतिशत क्यास ब्याकको अफर समेत रहेको छ ।

त्यसैगरि चार दिनसम्म चल्ने उक्त नाडा इभी एक्स्पोमा लगभग ४० हजार आगन्तुकहरुले अवलोकन गर्ने विश्वास रहेको आयोजकले जनाएको छ ।

nactional life
Corporatebazar 11 Anniversary

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:१७

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात क्षेत्रलाई दिइँदै...

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

वि.सं.२०८३ वैशाख ९ बुधवार १६:१८

काठमाडौँ । विश्व इतिहासमा स्टिम इन्जिन र कम्बस्चन इन्जिनले शक्ति...

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०८

काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ र...

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

वि.सं.२०८३ वैशाख १ मंगलवार २१:४६

काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन बससेवा सञ्चालन गर्ने...

आगामी अप्रिलदेखि टाटा मोटर्सका कार र एसयूभीको मूल्य बढ्ने

आगामी अप्रिलदेखि टाटा मोटर्सका कार र एसयूभीको मूल्य बढ्ने

वि.सं.२०८२ चैत ७ शनिवार १९:४९

काठमाडौं । भारतको अग्रणी सवारी साधन निर्माता कम्पनी टाटा मोटर्स...

१९औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताहरूको घोषणा

१९औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताहरूको घोषणा

वि.सं.२०८२ चैत ६ शुक्रवार १६:०७

काठमाडौं – युनाईटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. (अधिकृत वितरक, टोयोटा) ले...