back
himalayan life

२०२२ संस्करणको नेक्स्ट–जेन फोर्ड रेन्जर अब नेपाली बजारमा, कति पर्छ मूल्य ? यस्ता छन् फिचर

काठमाडौं । जिओ अटोमोबाईल्स् प्रालिले २०२२ संस्करणको २.० लि. सिंगल टर्वो र बीआई टर्वोयुक्त नेक्स्ट जेन फोर्ड रेन्जर नेपाली बजारमा भित्राएको छ ।

फोर्ड रेन्जर विश्वव्यापी बजारका साथ एशियाली मुलुकहरुमा सबैभन्दा रुचाईएको पिकअप ट्रक मध्ये एक हो । यसले दरिलो, सक्षम भार वहन कार्यक्षमता भएको पिकअपको रुपमा स्ँसारभर ख्याति कमाएको छ ।

नेक्स्ट जेन फोर्ड रेन्जरले जुन सुकै बाटोमा–अनरोड र अफ रोड एक आनन्ददायी सवार प्रदान गर्नेमा कम्पनी विश्वस्त छ ।यसको अविश्वसनीय अफ–रोड क्षमता, टोईङ्ग तथा तौलयुक्त ढुवानी क्षमता, दरिलो बनावट ईन्धन किफायती ईन्जिनका कारण यो पिकअप हरेकको रोजाईमा पर्ने विश्वास लिईएको छ ।

ट्रान्समिसन : ६ र १० एटी स्पीड ट्रान्समिसन

नेक्स्ट–जेन रेन्जर ६–स्पीड र १०–स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छन् । हालको रेन्जरमा रहेको जस्तै ६–स्पीड ट्रान्समिसन प्रमाणित स्वचालित ट्रान्समिसन हो ।

यसले गाडीको गति, सडकको अवस्था हेरी सही समयमा सही गेयर लगाई सवारीलाई सहज बनाउँछ । नेक्स्ट–जेन रेन्जरको १०–स्पीड अटोमेटिक ट्रान्समिसनलाई पनि अपग्रेड गरिएको छ ।


यसमा टर्क कन्भर्टरको साथमा अपडेटर सिफ्ट ढाँचा जस्ता परिष्कृत नियन्त्रणहरु समावेश गरेका छन् जसले गर्दा टोईङ्ग वा भारी सामान लादेर चलाउँदा पनि नेक्स्ट जेन रेन्जरले उत्कृष्ट ड्राईभिङ्गको अनुमति दिन्छ ।

यसमा रहेको ईलेक्ट्रिक पार्किङ्ग ब्रेकले साहसिक तथा अफ–रोड ड्राईभमा गाडी हाक्न थप सजिलोपन तथा आत्मविश्वास प्रदान गर्दछ । रेन्जरमा रहेको यो फिचर मध्यम पिकअपहरु मध्ये यसमा मात्र रहेको छ ।

अटो ट्रान्समिसन गियर शिफ्ट र इलेक्ट्रिक पार्किंग ब्रेक

रेन्जर अटो ट्रान्समिसन गियर सिफ्टको साथ उपलब्ध छ जसमा पि, आर, एन, डी गियरहरू स्पोर्ट मोडको लागि बटनहरू छन्, जहाँ चालकहरूले व्यक्तिगत गियरहरू रोज्न सक्छन् ।

ईलेक्ट्रिक पार्किङ ब्रेकले साहसिक तथा अफ रोड ड्राईभमा थप सजिलोपन तथा आत्मविश्वास प्रदान गर्दछ । यो सुविधा मध्यम पिकअप गाडीहरूमा सबैभन्दा उत्कृष्ट फिचर हो ।


सेलेक्टेबल ड्राइभ मोडहरू

नेक्सट जेन फोर्ड रेन्जरमा नर्मल ईको, टो/हौल र स्लिपरी, मड/रुट्स र स्यान्ड गरी चार अन रोड र दुई अफ–रोड मोडहरू छन् । यी मोडहरूले गियरशिफ्ट, थ्रोटल रेस्पोन्स, स्थिरता नियन्त्रणहरू, एबीएस र थप सबै कुरामा समायोजन गर्दछ ।

न्यु सिंक डिस्प्ले र बटन लेआउट

नेक्स्ट जेन रेन्जरको डिस्प्ले स्क्रीन र वटनहरु चलाउनलाई सहज हुने हिसाबले राखिएको छ । तपाईले सजिलैसँग म्यानुअल सिस्टम तथा डुयल जोन अटोमेटिक ए.सि. छनौट गर्न सक्नुहुनेछ ।

एउटा डायल थिची तपमान र ब्लोअर गति नियन्त्रण गर्न सकिन्छ ताकी गाडी चलाउँदै गर्दा आफ्नो ध्यान बाटोमा नै राख्न सकोस् । यसको सरल लेआउटले अन्य फिचरहरु पनि सजिलै चलाउन सकिन्छ ।

वाटर वेडिंग

नेक्स्ट–जेन रेन्जरले ७ किलोमिटर प्रति घन्टाको गतिमा ८०० एमएम सम्मको वाटर वेडिंङको क्षमता प्रदान गर्दछ ।

नेक्स्ट–जेन रेन्जरले सडकमा जस्तै पानीमा पनि सजिलैसँग ड्राईभ सुनिश्चित गर्न व्यापक कम्प्युटर–सहायतामा शीर्ष इन्जिनियरिङहरुको परीक्षण तथा निगरानीमा पानीमा अगाडि र पछाडी दुबै तर्फ कठोर रुपमा परीक्षण गरेको हुन्छ ।

अन्डरबडी प्रोटेक्सन

अन्डरबडी प्रोटेक्सनले गाडीलाई अफ रोडमा चलाउँदा खेरि यसको अत्यावश्यक कम्पोनेन्टहरू सुरक्षित गर्न मद्दत गर्छ ।

नेक्स्ट–जेन रेन्जरका सेलेक्ट मोडलहरूमा स्टेयरिङ, सम्प, ट्रान्समिसन र ट्रान्सफर केसका लागि सुरक्षात्मक अन्डरबडी शिल्डहरू रहेका छन् जुन प्रेस र फोल्डेड लेजर–कट स्टिलबाट बनाईन्छ ।

प्रेस र फोल्डेडे लेजर कट स्टिलले मात्र फोल्ड गरिएको स्टिलभन्दा दरिलोपन र तौलको अनुपातमा बढी मजबुत हुन्छ । ग्राहकहरुको छनौट तथा मूल्यको आधारमा प्लास्टिक अन्डरबडी प्रोटेक्सन शील्ड पनि उपलब्ध छ ।

यी शील्डहरु सुरक्षित रूपमा सवारी साधनको चेसिसमा बोल्ट गरिएको छ जसले गाडीको पूर्ण बडी संरचनासँग पूरकको रुपमा रहन्छ ।

नेपालमा २०२२ नेक्स्ट–जेन फोर्ड रेन्जरको लागि आकर्षक परिचयात्मक मूल्य एक्सएल मोडेलको लागि १ करोड ५ लाख ९० हजार रुपैयाँ, एक्सएलटी १ करोड १९ लाख ९० हजार रुपैयाँ र वील्डट्रयाकका १ करोड ४५ लाख ९० हजार रुपैयाँ रहेको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै 

वि.सं.२०८३ असार १६ मंगलवार १६:२९

एजेन्सी । उच्चतम प्रविधिको विकासमा अग्रणी चीनले उड्ने कार (फ्लाइङ...

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०६

काठमाडौं । आईसीएयूआरको विद्युतीय एसयूभी सुपर भी २३ ले विश्वप्रसिद्ध...

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

ईभी आयात प्रकरण : वैशाख–जेठमा उच्च आयात हुने पुरानै ट्रेन्ड, किन गरिँदैछ राजनीतिकरण ?

वि.सं.२०८३ असार ५ शुक्रवार १०:४६

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामि आर्थिक वर्ष (आव) २०८३/८४...

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा, यस्ता छन् विशेष उद्घाटन अफर

नेपालको नम्बर १ प्रिमियम इलेक्ट्रिक स्कुटर एथर अब वीरगञ्जमा, यस्ता छन् विशेष उद्घाटन अफर

वि.सं.२०८३ असार ४ बिहीवार १७:०२

वीरगञ्ज । नेपालको अग्रणी प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Nepal...