back

मोटरहेडको एक्सचेञ्ज अफर : २५ हजार मुल्याङकनदेखि निःशुल्क बीमा

काठमाडौं । एसजी ग्रुप अन्तर्गत नेपालका लागि आधिकारिक वितरक मोटरहेड तथा टारो ब्राण्डमा लागू हुने गरी एक्सचेञ्ज क्याम्प संचालन गरेको छ ।

कम्पनीले आजैदेखि लागू हुनेगरि उक्त क्याम्प संचालन गरेको हो । कम्पनीका अनुसार क्याम्पमा जुनसुकै अवस्थाको वाइकहरुमा कम्तिमा २५ हजार रुपैयाँको मुल्याङकन हुनेछ ।

जुनसुकै व्राण्डको वाइक संग एक्सचेञ्जमा बजार मुल्याङकन भन्दा २० हजार रुपैयाँ हुने कम्पनीले जनाएको छ । साथै वम्पर अफरमा २ जना भाग्यशाली विजेतालाई कम्पनीबाट पूर्णरुपमा इन्स्योरेन्स छुट हुनेछ ।

यो अफर काठमाण्डौं उपत्यका भित्र धोविघाट, बालाजु, सल्लाघारी, चावहिल र टेकु गरी ६ वटा शोरुममा लागु हुनेछ ।

कम्पनीले आज अर्थात भदै १९ गतेदेखि कात्तिक १५ गतेसम्म लागू हुने गरि दशै तिहार लक्षित “४ को चमत्कार, वाइक पनि बचत पनि” अफर सार्वजनिक गरेको छ ।

कम्पनीले मोटरहेड व्राण्डका वाइक खरीद गर्ने ग्राहकहरुलाई स्क्रयाच कार्ड मार्फत ७ हजार ९ सय रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जित्न सकिने बताइएको छ । यसका साथै वम्परमा १ जना भाग्यशाली विजेताले १, लाख रुपैयाँ जित्न सक्ने अफर सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार टेक्कन २५० पुरानो मोडल जुनै पनि माध्यमबाट खरिदका गर्दा सिधै २५ हजार रुपैयाँ छुटको व्यवस्था गरेको जनाएको छ ।

कम्पनीले हात खाली नहुने उद्देश्यले हरेक शोरुममा आउने ग्राहकहरुलाई टेष्ट राइड गराई उपहार दिने र आफ्नो पोज एण्ड पोष्ट क्याम्पेन अन्तर्गत शोरुममा फोटो खिची लाइक तथा सेयरगरी हरेक हप्ता एक जनाले आर्कषक उपहार समेत पाउने व्यवस्था रहेको छ ।

मोटरहेडको हाल टेक्कन २५०, टेक्कन आर२५० अपग्रेडेड, स्पोर्ट्स २५० रोड, स्पोर्ट्स २५० अफरोड, एमएच १५०, एमएच २००एक्स, एक्स–टर्क र स्क्र्याम्बलर गरी ८ मोडलका बाइकहरु उपलब्ध छन् । यी बाइकको मूल्य ३ लाख १० हजार देखि ४ लाख ९५ हजार रुपैयाँ सम्म छ ।

कम्पनीको, उपत्यकामा मित्रपार्क, टेकु, वालाजु, धोविघाट र सल्लाघारी भक्तपुर गरी ५ ठाउँमा शोरुम रहेको छ । यस्तै उपत्यका बाहिर विर्तामोड, इटहरी, हेटौंडा, मन्थली, कावासोती ,बुटवल, धादिङ, पोखरा, बाग्लुङ र जुम्ला गरी १० स्थानमा डिलर रहेको छ ।

 

nactional life
Corporatebazar 11 Anniversary

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

यातायात व्यवसायीद्वारा ६० प्रतिशत कर छुट निरन्तरताको माग

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:१७

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात क्षेत्रलाई दिइँदै...

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

वि.सं.२०८३ वैशाख ९ बुधवार १६:१८

काठमाडौँ । विश्व इतिहासमा स्टिम इन्जिन र कम्बस्चन इन्जिनले शक्ति...

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०८

काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ र...

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

वि.सं.२०८३ वैशाख १ मंगलवार २१:४६

काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन बससेवा सञ्चालन गर्ने...

आगामी अप्रिलदेखि टाटा मोटर्सका कार र एसयूभीको मूल्य बढ्ने

आगामी अप्रिलदेखि टाटा मोटर्सका कार र एसयूभीको मूल्य बढ्ने

वि.सं.२०८२ चैत ७ शनिवार १९:४९

काठमाडौं । भारतको अग्रणी सवारी साधन निर्माता कम्पनी टाटा मोटर्स...

१९औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताहरूको घोषणा

१९औँ टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका विजेताहरूको घोषणा

वि.सं.२०८२ चैत ६ शुक्रवार १६:०७

काठमाडौं – युनाईटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. (अधिकृत वितरक, टोयोटा) ले...