back

भदौ १ गतेदेखि प्लाष्टिक झोला आयात, उत्पादन र बिक्रीमा प्रतिबन्ध: बिक्री तथा प्रयोग गरे अदालती कारवाही देखि जेल सजायसम्म हुने

nactional life

काठमाडौं । प्लाष्टिक झोला आयात, उत्पादन र बिक्रीमा प्रतिबन्ध लगाइने भएको छ । अब भदौ १ गतेदेखि ४० माइक्रोनभन्दा कम पातलो प्लाष्टिक उत्पादन, आयात, बिक्री तथा प्रयोग गरे दण्डित गरिने वातावरण विभागले जनाएको छ।

विभागले आज मंगलबार सूचना जारी गर्दै यसभन्दा अघि नै लगाइएको प्रतिबन्धले केही असर नगरेको पाइएकाले आगामी भदौ १ गतेदेखि भने कडा रूपमा प्लाष्टिक झोलाको प्रयोग गर्न तथा उत्पादन र आयात गर्न नदिइने जनाएको हो ।

अनुगमनका क्रममा निषेधित प्लास्टिकका झोला आयात, भण्डारण, बिक्री वितरण र प्रयोग गरिएको पाइएमा वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ अनुसार अर्थात करिब १ लाख सम्म जरिवाना र उत्पादन तथा आयात गर्ने कम्पनीलाई ५ वर्षसम्म कालोसूचीमा राख्ने व्यवस्था छ ।

यसका साथै, अदालती कारवाही र जेल सजायसम्म हुने पनि भनिएको छ । नेपाल सरकारबाट २०७८ असोज १९ गते राजपत्रमा सूचना प्रकाशित गरी ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री तथा प्रयोगमा प्रतिबन्ध लगाइएको थियो ।

सो नियमलाई निरन्तरता दिन नसक्दा पुनः भदौ १ गतेबाट सोहि प्रक्रिया अघि सारिएको विभाग बताउँछ ।

यो २०७८ माघ १७ गतेको मन्त्रिपरिषद्‍को निर्णयबाट पारित भएको उक्त प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध सम्बन्धि कार्ययोजना स्वीकृत भइ कार्यान्वयनमा रहेको पनि विभागले सूचनामा जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पहिलो वर्षमै ४० प्रतिशत आईपीओ निष्कासनको व्यवस्था स्वागतयोग्य : इप्पान

पहिलो वर्षमै ४० प्रतिशत आईपीओ निष्कासनको व्यवस्था स्वागतयोग्य : इप्पान

वि.सं.२०८३ असार १ सोमवार १८:०९

काठमाडौं । निजी क्षेत्रका ऊर्जा व्यवसायीहरूले जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ असार १ सोमवार १२:४३

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल...

बालाजु औद्योगिक क्षेत्र उद्योग महासंघद्वारा सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति

बालाजु औद्योगिक क्षेत्र उद्योग महासंघद्वारा सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति

वि.सं.२०८३ जेठ २९ शुक्रवार १८:०२

काठमाडौं । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले सरकार र औद्योगिक...

मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति, कारबाहीको माग

मोबाइल नष्ट गरिएको घटनाप्रति व्यवसायीको आपत्ति, कारबाहीको माग

वि.सं.२०८३ जेठ २९ शुक्रवार १७:५९

काठमाडौं । सिरहामा परीक्षाका क्रममा जफत गरिएका करिब ५०० थान...

मन्त्री श्रेष्ठलाई ऊर्जाको क्षेत्रमा इतिहासमा नाम लेखाउने अवसर छ : अध्यक्ष कार्की

मन्त्री श्रेष्ठलाई ऊर्जाको क्षेत्रमा इतिहासमा नाम लेखाउने अवसर छ : अध्यक्ष कार्की

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान)का अध्यक्ष गणेश कार्की...

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

१ हजार ३८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्नुपर्ने राय

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०१

काठमाडौं । विद्युत् खरिद सम्झौता (पीपीए) गरी लामो समयसम्म शून्य...