back

छुट्नुहोला ! नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन ,साधारण सभा कहिले ?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (जेठ १६ गते)अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि जेठ १७ गते देखि जेठ ३० गतेसम्म बुक क्लोज गर्ने भएकाले जेठ १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र सभामा भाग लिन पाउने भएका छन् ।

कम्पनीले गत आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई ११ प्रतिशत बोनस शेयर र ०.५७८९ प्रतिशत नगद लाभांश गरि कुल ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै उक्त प्रस्ताव पारितका लागि कम्पनीले ७३औं वार्षिक साधारण सभा जेठ ३० गतेको नेपाल पर्यटन बोर्ड प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजे बस्ने बोलाएको छ ।

साथै, सभाले गत आर्थिक वर्ष २०७७।०७८ को संचालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदन सहितको बासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरु उपर समेत छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, कम्पनीले चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्न, कम्पनीको अधिकृत पूँजी २ अर्ब बाट २.६ अर्ब पुराउने र सोही बमोजिम कम्पनीको प्रबन्धपत्रको दफा ५ को (क) मा भएको अधिकृत पूँजी सम्बन्धी ब्यवस्था संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने र संचालक समितिमा संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने २ जना र सर्वसाधारण शेयरधनी समूहबाट २ जना संचालन निर्वाचन गर्ने कार्य सूचि समेत सभाको रहेको छ ।

nactional life
Corporatebazar 11 Anniversary

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:३८

  काठमाडौं । एनआईसी एशिया बैंकले देशभर आफ्ना विभिन्न ४२...

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

वि.सं.२०८२ चैत ३० सोमवार १२:५८

काठमाडौं । लघुवित्त क्षेत्रमा अर्को ठूलो मर्जरको प्रक्रिया सुरु भएको...

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

वि.सं.२०८२ चैत १७ मंगलवार १८:२३

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई...

परिपक्व बचतपत्रको साँवा-ब्याज तुरुन्त बुझ्न नेपाल राष्ट्र बैंककोआग्रह

परिपक्व बचतपत्रको साँवा-ब्याज तुरुन्त बुझ्न नेपाल राष्ट्र बैंककोआग्रह

वि.सं.२०८२ चैत १७ मंगलवार १०:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकले परिपक्व भइसकेका बचतपत्रको साँवा तथा...

ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने

ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने

वि.सं.२०८२ चैत १० मंगलवार १८:१०

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र तिलगंगा आँखा प्रतिष्ठानबिच आर्थिक...

एभरेष्ट बैंकको Global Money Week – 2026 विभिन्न वित्तीय सचेतनामुलक कार्यक्रमहरु गरी सम्पन्न

एभरेष्ट बैंकको Global Money Week – 2026 विभिन्न वित्तीय सचेतनामुलक कार्यक्रमहरु गरी सम्पन्न

वि.सं.२०८२ चैत १० मंगलवार १२:२२

काठमाडौं । नेपाल राष्ट्र बैंकको संयोजनमा विगत वर्षहरूजस्तै यस वर्ष...