back
himalayan life

हेर्नुहो्स्, कहाँ कहाँ एमालेले लालकिल्ला जोगायो (पुरै विवरणसहित)

सिक्किम सीमा क्षेत्र जोडिएको पाँचथरको स्थानीय तह हो– याङ्वरक गाउँपालिका । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे र नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो ‘मौसम’र नेकपा (एकीकृत समाजवादी) का प्रदेश सा‌ंसद गणेशकुमार काम्बाङले यो स्थानीय तहमा यस पटक गठबन्धन दलको झण्डा फहराउन चाहेका थिए ।

जुन सांसद काम्बाङको गृहपालिका पनि हो ।

तर, गठबन्धन दलका यी नेताहरूले गठबन्धनका उम्मेदवारहरूलाई निर्वाचित गराउन सकेनन् । महागठबन्धनविरुद्ध एक्लै लडेर एमालेले लालकिल्ला जोगायो ।

वडा नम्बर, १, २, ३ र ४ सम्मको मतगणना हुँदासम्म भने गठबन्धन दलका अध्यक्ष पदका उम्मेदवार मबिन्द्र योङ्‍या र उपाध्यक्ष पदका उम्मेदवार अर्जुन बेघाको अग्रता थियो ।

यद्यपि, सांसद काम्बाङको वडासमेत रहेको वडा नम्बर ५ मा आइपुग्दा भने एमालेबाट अध्यक्ष पदका उम्मेवदार भीमबहादुर योङ्‍या र उपाध्यक्ष पदका उम्मेदवार बाबा मेन्याङ्बोले अग्रता मात्र तोडेनन्, अन्ततः निर्वाचन नै जिते ।

निर्वाचन अधिकृतको कार्यालय याङ्वरकले जनाएअनुसार भीमले अध्यक्ष पदमा चार हजार ११८ र मेन्याङ्बोले उपाध्यक्ष पदमा तीन जहरा ९९८ मत प्राप्त गरे ।

गठबन्धनबाट अध्यक्षमा पराजित मबिन्द्रले चार हजार ३८ र उपाध्यक्षमा पराजित बेघाले तीन हजार ६७९ मत प्राप्त गरेका थिए ।

२०७४ मा यही गाउँपालिकामा एक्लाएक्लै निर्वाचनमा जाँदा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा भएको थियो । त्यतिबेला तेस्रो स्थानमा धेरै मतान्तरले माओवादी थियो ।

तर, निर्वाचनअघि सोझो रूपमा हेर्दा भने पहिले कांग्रेसले पाएको र माओवादीले पाएको मतले गठबन्धन उम्मेदवारहरूले निर्वाचन जित्‍ने आँकलन थियो । निर्वाचनको परिणाम भने त्यस्तो आएन।

गठबन्धन दलका एक नेताका अनुसार मबिन्द्रलाई आफ्नै वडाबाट कम मत आयो । जबकि, भीमले त्यहाँ ‘लिड’ गरिदिए । यहाँ मबिन्द्रलाई कांग्रेसकै धेरै मतदाताले मत नदिएको गठबन्धन दलहरूबीच चर्चा छ ।

र, पराजित हुनुको अर्को कारण भने तुलनात्मक रूपमा एमालेका भीमभन्दा मबिन्द्र कमजोर उम्मेदवार हुन् । हुन त उनी यसअघि सोही वडाको अध्यक्ष थिए । यससँगै पार्टी सङ्‍गठन सुधार गर्न भन्दै प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका मौसमले वार्षिक करोडौँ बजेट यही पालिकामा पठाउँदै आएका छन् ।

निर्वाचनको परिणामले भने बजेट पठाए पनि पार्टीका स्थानीय नेता कार्यकर्ताले सङ्‍गठन बनाउन नसकेको तथ्य छर्लङ्‍ग पारेको माओवादीकै एक नेताले बताउँछन् ।

‘मन्त्रीले बजेट ओहिर्‍याएकै हुन् । तर, साथीहरूले योजना लगेर खै सङ्‍गठन बनाउन सकेनछन् । जुन कुरा यो निर्वाचनले छर्लङ्‍ग पार्‍यो’, ती माओवादी नेताले भने ।

याङ्वरकमा एमालेसँगको हारले कांग्रेस समहामन्त्री आङ्देम्बे, मन्त्री मौसमसँँगै सांसद काम्बाङको गठबन्धनको झण्डा फहराउने चाहना अधुरै भएको छ ।

जबकि, जिल्लाको फिदिम नगरपालिकासहित ७ स्थानीय तहमध्ये हिलिहाङ गाउँपालिकाको उपाध्यक्षबोहकमा गठबन्धनले पालिका नेतृत्वमा एमालेलाई ‘क्लिन स्विप’ गरिदिएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर देशकै पाँचौं उत्कृष्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२८

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुर कार्यसम्पादनका आधारमा देशभरका जिल्ला...

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

वि.सं.२०८३ असार १२ शुक्रवार १२:२२

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा लागुऔषधको उत्पादन, बिक्री–वितरण,...

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

वि.सं.२०८३ असार १२ शुक्रवार १०:१२

काठमाडौं । विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीलाई सरकारले दिएको...

रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा अवरुद्ध 

रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा अवरुद्ध 

वि.सं.२०८३ असार १२ शुक्रवार १०:०२

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत इन्जिनियर तथा असिस्टेन्ट सब–इन्जिनियरहरूले कार्यस्थलमा...

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन : न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

वि.सं.२०८३ असार ११ बिहीवार २२:०४

काठमाडौं । नेपाल सरकार, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न...

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वैकल्पिक विकास वित्त परिचालन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

वि.सं.२०८३ असार ११ बिहीवार १७:१३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक,...