back

हुम्लाको सर्केगाड गाउँपालिका अध्यक्षमा कांग्रेसका रोकाया विजयी: वडामा कुन दलले जित्यो (विवरणसहित)

हुम्ला। दुई दलीय गठबन्धन रहेको हुम्लाको मध्या क्षेत्रमा रहेको र्केगाड गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका ठानबहादुर रोकाया विजयी भएका छन् ।

नेपाली कांग्रेसबाट गठबन्धनको सहयोग पाएका रोकाया ३ हजार ५४३ मत ल्याएर अध्यक्षमा विजयी भएकोमा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ज्ञामी बुमीले ९९७ मत ल्याए ।

उपाध्यक्षमा पनि गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका चन्द्र सिंह कार्की ३ हजार २८२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी जुनकुरा कार्कीले १ हजार ६५ मत ल्याएका सर्केगाड गाउँपालिका निर्वाचन अधिकृत छत्र बहादुर शाहीले बताए ।

जिल्लाको मध्या भेगमा रहेको सर्केगाडमा आठ वडा रहेका छन् । जसमा वडा नम्बर २ मा माओवादी केन्द्रका मावल कार्की र वडा नम्बर ६ मा नेकपा एमाले पदमबहादुर शाही एमालेबाट विजयी भएका छन् ।

वडा नम्बर ८ मा माओवादी केन्द्रका रत्नमल रोकाया, २ मा सिद्ध कार्की र ४ मा माधनमल छत्याल नेकपा माओवादीबाट वडाध्यक्षमा निर्वाचित भएका छन् ।

त्यस्तै कांग्रेसबाट वडा नम्बर ७ मा बल खत्री र वडा ५ मा मादलबहादुर सिंह वडाध्यक्षमा निर्वाचित भएका छन् ।

वडा नम्बर ३ मा भने स्वतन्त्र उम्मेदवार अलिक कार्की निर्वाचित भएका छन् । उनी कांग्रेसका बागी हुन् ।

nactional life
Corporatebazar 11 Anniversary

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:५९

काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरिरहेको मनोहरा जग्गा एकीकरण आयोजनाको...

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

वि.सं.२०८३ वैशाख १७ बिहीवार ११:१३

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै...

दुई दिन बिदा अव्यवहारिक भन्दै गोकुलगंगा गाउँपालिकाले गर्यो आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

दुई दिन बिदा अव्यवहारिक भन्दै गोकुलगंगा गाउँपालिकाले गर्यो आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

वि.सं.२०८३ वैशाख १६ बुधवार ११:००

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले केन्द्र सरकारले शनिबार र आइतबार...

रास्कोट नगरपालिका : आशालाग्दो स्थानीय तह, विकासमा फड्को

रास्कोट नगरपालिका : आशालाग्दो स्थानीय तह, विकासमा फड्को

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:३७

सुर्खेत । कालिकोटको रास्कोट नगरपालिकाले सीमित स्रोतसाधनकाबीच स्थानीय सरकार नागरिकको...

४० जनालाई फोटोग्राफी तालिम दिन काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डबिच सम्झौता

४० जनालाई फोटोग्राफी तालिम दिन काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डबिच सम्झौता

वि.सं.२०८३ वैशाख १५ मंगलवार १९:४४

काठमाडौं । काठमाडौं महानगरपालिकाले युवाहरूलाई सिपमूलक र रोजगारमूलक फोटोग्राफी तालिम...

उपत्यकामा वैशाख १५ देखि नियमित पठनपाठन सुरु गर्न मेयर्स फोरमको आग्रह

उपत्यकामा वैशाख १५ देखि नियमित पठनपाठन सुरु गर्न मेयर्स फोरमको आग्रह

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:३३

काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमले विद्यालय सञ्चालन र शैक्षिक...