back

पनौति १ मा२०४६ सालयताका सबै चुनावमा एमालेकाे एकलौटी लालकिल्ला तोडियो,कांग्रेसका जयको सानदार जित

काठमाडौं । सधैं एमालेको एकलौटी वर्चस्व रहँदै आएको काभ्रे पनौती १ मा कांग्रेसले सानदार जितेको छ ।

स्थानीय तहको निर्वाचन अन्तर्गत एमालेको लालकिल्लाको रुपमा रहँदै आएको पनौती १ को वडा अध्यक्षमा कांग्रेसका जयकुमार लामाले सानदार जितेका छन् ।

वडामा प्यानलसहित सबै पदमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।

१५९३ मत ल्याएर कांग्रेसका लामा विजयी भएका छन् । पराजित एमालेका वीरमान लामाले १३६८ मत ल्याए । एमालेकाे लालकिल्लाकाे रूपमा परिचित वडामा कांग्रेसका लामाले २२५ मतको सहज जित हात पारेका हुन् ।

२०४६ सालयताका सबै चुनावमा एमालेकाे एकलौटी र एकछत्र प्रभाव रहेको पनौती १ रयालेमा तीन हजार एक सय मतगणनाका क्रममा लामा एकपटक पनि पछाडि नपरी जित्न सफल भएका हुन् ।

पनाैती नगरपालिकामा सत्ता गठबन्धन दलबीच मेयर र उपमेयरमा चुनावी तालमेल भएकाे थियाे । केही सदस्यमा पनि तालमेल भए पनि वडाध्यक्षमा भने प्रभावकारी तालमेल भएकाे भने थिएन ।

तर, कांग्रेस उम्मेदवारलाई गठबन्धनका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका दलले समर्थन गरेका थिए । एमाले विभाजनपछि रयालेमा नेकपा एसकाे प्रभाव थाेरैमात्र छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

२४ वर्षमा पनि नसकिएको कमेरोटार आयोजना: कानुनी उल्झन र ढिलाइले स्थानीय आजित

२४ वर्षमा पनि नसकिएको कमेरोटार आयोजना: कानुनी उल्झन र ढिलाइले स्थानीय आजित

वि.सं.२०८३ साउन ११ सोमवार २२:३४

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका क्षेत्रस्थित कमेरोटार जग्गा एकीकरण...

सुनसरी घटबनापछि गृहको कडा कदमः सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

सुनसरी घटबनापछि गृहको कडा कदमः सीडीओसहित सुरक्षा निकायका प्रमुख फिर्ता

वि.सं.२०८३ साउन ११ सोमवार १९:५५

काठमाडौं । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख...

महान्यायाधिवक्ताको कार्यालयले सार्वजनिक गर्यो चौथो रणनीतिक योजना

महान्यायाधिवक्ताको कार्यालयले सार्वजनिक गर्यो चौथो रणनीतिक योजना

वि.सं.२०८३ साउन ११ सोमवार १९:५२

काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले आफ्नो चौथो रणनीतिक योजना सार्वजनिक गरेको...

सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन, दोषीमाथि कारबाहीको माग

सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन, दोषीमाथि कारबाहीको माग

वि.सं.२०८३ साउन ११ सोमवार १९:४६

जनकपुर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक...

अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य सेवा कार्यान्वयन माग गर्दै सर्वोच्चमा परेको रिटमा सरकारलाई कारण देखाउ आदेश

अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य सेवा कार्यान्वयन माग गर्दै सर्वोच्चमा परेको रिटमा सरकारलाई कारण देखाउ आदेश

वि.सं.२०८३ साउन ११ सोमवार १९:४३

काठमाडौं । अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवा सम्बन्धी...

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

वि.सं.२०८३ साउन ११ सोमवार १५:४४

चितवन। नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यासको आयात र आपूर्ति...