back

नातिनातिना नपाइदिएको भन्दै आमा–बुवाले छोराविरुद्ध हाले मुद्दा(प्रमाणसहित)

nactional life

नातिनातिनाको मायाको व्याख्या गर्नुपर्दा ‘सावाँको भन्दा ब्याजको माया’ भन्ने वाक्यांश सबैभन्दा धेरै प्रयोग हुने गर्छ । अर्थात् हजुरबुवा–हजुरआमालाई आफ्नो छोराको भन्दा नाति नातिनाको बढी माया लाग्छ ।

सायद यही माया प्रस्फुटित भएर होला, एक दम्पत्तिले आफ्नै छोरा–बुहारीविरुद्ध मुद्दा हालेका छन् । त्यो पनि नाति नातिना नपाइदिएको भनेर ।

६१ र ५७ वर्षीय सञ्जिव र साधना प्रसादले आफ्नो छोरालाई हुर्काउन, पाइलटको तालिम गराउन र भव्य विवाहका लागि आफ्नो बचत खर्च गरेको बताए ।

उनीहरुले एक वर्षभित्र नातिनातिना नजन्मिएमा करिब ६,५०,००० डलर (८ करोड रुपैयाँ बढी) क्षतिपूर्तिको माग गरिरहेका छन् ।

उनीहरुका छोरा–बुहारीको यसबारे कुनै टिप्पणी सार्वजनिक भएको छैन ।

यो असाध्यै अचम्मको मुद्दा ‘मानसिक उत्पीडन’ अन्तर्गत दायर गरिएको हो ।

प्रसाद दम्पत्तिका अनुसार उनले आफ्नो सबै बचत आफ्नो एक्लो छोरामाथि खर्च गरे । सन् २००६ मा पाइलट प्रशिक्षणका लागि ६५,००० को लागतमा अमेरिका पठाए ।

टाइम्स अफ इन्डियामा प्रकाशित समाचार अनुसार उनी सन् २००७ मा भारत फर्किए । तर उनको जागिर गुम्यो । तसर्थ उनका आमा–बुवाले छोराको परिवारलाई दुई वर्षभन्दा बढी आर्थिक रुपमा सहयोग गर्नुपर्यो ।

३५ वर्षका श्रेय सागरले अन्ततः पाइलटको जागिर पाए । उनका आमाबुवाले सन् २०१६ मा ३१ वर्षीया शुभाङ्गी सिन्हासँग विवाह गराइदिए । छोराको विवाह गर्दा आफूहरुले सेवानिवृत्तिमा नाति नातिना खेलाउन पाउने आशा गरेको बताए ।

उनका आमाबुवाले छोराको विवाहमा पाँचतारे होटलमा रिसेप्सन पार्टीको खर्च, ८० हजार डलरको विलासी कार र विदेशमा हनिमुन मनाएको खर्च आफैंले व्यवहोरेको बताए ।

‘मेरो छोराको ६ वर्ष अघि विवाह भएको हो तर अहिलेसम्म पनि बच्चा जन्माउने योजनामा छैन,’ प्रसादले भने, ‘हामीसँग कम्तीमा एउटा नाति वा नातिनी भएको भए आफ्नो दुःख भुलाउने एउटा बाटो त पाउने थियौँ ।’

प्रसाद दम्पत्तिका वकिल एके श्रीवास्तवले भने, ‘उहाँहरुले आफूहरुमाथि मानसिक उत्पीडन गरिएको भन्दै नगदको माग पनि गर्नुभएको छ ।’

‘प्रत्येक हजुरबुवा–हजुरआमाको आफ्नो नाति नातिना हेर्ने तीब्र इच्छा हुन्छ । उहाँहरुले आफू हजुरबुवा–हजुरआमा बन्न निकै वर्षदेखि प्रतीक्षा गरिरहनुभएको थियो ।’

हरिद्वारमा दर्ता गरिएको दम्पत्तिको याचिकाको सुनुवाई अदालतमा १७ मे मा हुने अपेक्षा गरिएको छ ।

विस्वास नलागे यो हेर्नुहोस्।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कन्सुलर सेवालाई प्रविधिमैत्री बनाउँदै सरकार, ‘मोफा मित्र’ एपको शुभारम्भ

कन्सुलर सेवालाई प्रविधिमैत्री बनाउँदै सरकार, ‘मोफा मित्र’ एपको शुभारम्भ

वि.सं.२०८३ जेठ १२ मंगलवार १८:२५

काठमाडौं । कन्सुलर सेवा विभागद्वारा कन्सुलर सेवा प्रवाहलाई थप सहज,...

कर्णालीका झण्डै १७ लाख नागरिकले गरे विपद् बीमा

कर्णालीका झण्डै १७ लाख नागरिकले गरे विपद् बीमा

वि.सं.२०८३ जेठ १२ मंगलवार १६:४१

सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णालीका १६ लाख नागरिकको विपद्...

उखु किसानको भुक्तानी तत्काल समाधान गर्न सांसद अमरेश सिंहको माग

उखु किसानको भुक्तानी तत्काल समाधान गर्न सांसद अमरेश सिंहको माग

वि.सं.२०८३ जेठ १२ मंगलवार १४:२४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार...

काठमाडौंमा बर्ड फ्लु देखियो : नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौंमा बर्ड फ्लु देखियो : नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन आग्रह

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:२६

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन...

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

वि.सं.२०८३ जेठ ११ सोमवार २१:४३

काठमाडौं । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को...

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

वि.सं.२०८३ जेठ ११ सोमवार १५:१४

इलाम । पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित...