कर्मचारी तथा सुरक्षा निकायलाई ओलीको आग्रह- निर्वाचनलाई निष्पक्ष मात्र बनाइदिनुहोस्
वि.सं.२०७९ वैशाख २५ आइतवार
चितवन। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कर्मचारी तथा सुरक्षा निकायलाई निर्वाचन निष्पक्ष बनाउनतिर लाग्न आग्रह गरेका छन् ।
चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कर्मचारी, सुरक्षा निकाय, निर्वाचनमा खटिने कर्मचारीहरूलाई यस्तो आग्रह गरेका हुन् ।
‘सेना, प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी, निर्वाचन आयोगका कर्मचारीहरू तपाईंहरूले एमालेलाई जिताउन सहयोग गर्नुपर्दैन् । तपाईंहरूले निर्वाचन निष्पक्ष मात्र गराईदिनुहोस् । गठबन्धन त्यसै जान्छ,’ ओलीले भने ।
निर्वाचनपछि गठबन्धनको पत्तासाफ हुने भन्दै आउने सरकार नेकपा एमालेको हुने बताए । भरतपुर महानगरको मेयरका उम्मेदवार विजय सुवेदी हट लाइन नेता भएको बताए ।
भोट हालेर उम्मेद्वारलाई जिताए विकास गर्ने जिम्मा आफ्नो भएको उनको भनाइ छ ।
प्रकाशित समय : १७:५० बजे





















