back

आइएमई पे मार्फत रकम भुक्तानी गर्दा गोल्डस्टार जुत्तामा ३० प्रतिशत छुट

nactional life

काठमाडौँ । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे’ र गोल्डस्टारवीच सम्झौता भएको छ ।

हालै राजधानी काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी उक्त सम्झौता सम्पन्न गरिएको हो ।

सम्झौता अनुसार सबैभन्दा किफायती, टिकाउ र सुपर स्टाइलिश गोल्डस्टार जुत्ताहरूको खरिदमा अब आइएमई पे मार्फत भुत्तानी गर्दा ३० प्रतिशत देखि ३०० रुपैयाँसम्मको छुटको व्यवस्था मिलाइएको छ ।

सम्झौता पत्रमा आइएमई पे को तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिँह बस्नेत र गोल्डस्टारको तर्फ बाट ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले हस्ताक्षर गरेका हुन ।

बैशाख २३ शुक्रबारका दिन देखि सुरु हुने यो सिमित समयको अफर हो जसमा गोल्डस्टार जुत्ता गोल्डस्टारको वेबसाइटबाट खरिद गर्दा ध्भद ऋजभअपयगत मा ३० प्रतिशतदेखि ३०० रुपैयाँ सम्मको छुट रहेको छ भने गोल्डस्टार जुत्ताका भौतिक आधिकारिक शोरुमहरूमा स्मार्ट क्यूआर मार्फत पनि भुक्तानी गर्न सकिनेछ ।

 

उक्त योजनाको बारेमा बोल्दै आइएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिँह बस्नेतले “आइएमई पे र गोल्डस्टारवीचको सम्झौताले हामी निकै उत्साहित भएका छौं र सोही सम्झौताबाट पुरानो प्रयोगकर्ताहरुको साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाएर गोल्डस्टार जुत्ता खरिद गर्दा छुटको फाइदा उठाउन प्रोत्साहन दिनेछन् भन्ने कुरामा विश्वस्त रहेको बताउनु भयो ।

साथै गोल्डस्टारका ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले “आइएमई पेसँगको सहकार्य आउँदा दिनहरुमा अझै बढाउँदै लाने कुरामा विश्वस्त छु” ।

झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

आइएमई डिजिटलले ‘ आईएमई पे ’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् ।

यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुयाउने लक्ष्य लिएको छ । मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ ।

विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्त्वपूर्ण विशेषता हो ।

गोल्डस्टार वास्तविक सामग्री र आधुनिक प्रविधिबाट बनेको बलियो ब्रान्ड हो । गोल्डस्टार अहिले नेपाल र भारतभर बिक्री भैरहेको छ र बिस्तारै पश्चिम देशहरुमा पनि यसको लोकप्रियता बढ्दै गएको छ ।

स्थापनाकालदेखि नै गोल्डस्टारेले आफूलाई नेपालको सबैभन्दा ठूलो जुत्ता उत्पादन गर्ने समूहको रूपमा स्थापित गरेको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८३ असार २ मंगलवार ०८:४१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज...

पेट्रोलियम पदार्थको मूल्य स्थिर

पेट्रोलियम पदार्थको मूल्य स्थिर

वि.सं.२०८३ असार २ मंगलवार ०८:३९

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 

वि.सं.२०८३ असार २ मंगलवार ०८:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको...

पहिलो वर्षमै ४० प्रतिशत आईपीओ निष्कासनको व्यवस्था स्वागतयोग्य : इप्पान

पहिलो वर्षमै ४० प्रतिशत आईपीओ निष्कासनको व्यवस्था स्वागतयोग्य : इप्पान

वि.सं.२०८३ असार १ सोमवार १८:०९

काठमाडौं । निजी क्षेत्रका ऊर्जा व्यवसायीहरूले जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ असार १ सोमवार १२:४३

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल...

बालाजु औद्योगिक क्षेत्र उद्योग महासंघद्वारा सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति

बालाजु औद्योगिक क्षेत्र उद्योग महासंघद्वारा सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति

वि.सं.२०८३ जेठ २९ शुक्रवार १८:०२

काठमाडौं । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले सरकार र औद्योगिक...