back

नेप्सेले लागू गर्यो कारोबार मार्जिन सुविधा, के-के छन् नयाँ व्यवस्था ?

काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) मार्फत सेयर धितोमा राखेर गरिने मार्जिन कारोबार सुबिधा लागू भएको छ ।

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि (प्रथम संशोधन), २०७७ लागू गरेको हो ।

नेपाल धितोपत्र बोर्डको निर्देशन पश्चात नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वैशाख १४ गतेको निर्णयानुसार मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि (प्रथम संशोधन), २०७७ लागू गरिएको नेप्सेले एक सूचना मार्फत् जानकारी दिएको छ ।

नयाँ व्यवस्था अनुसार ३० प्रतिशत मार्जिन राखेर शेयर किन्न सकिने भएको छ । मूल कार्यविधिको दफा ११ को उपदफा (१) को सट्टा धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सम्बन्धित सूचिकृत संगठित संस्थाको शेयरको १२० दिनको औषत मूल्य वा बजार मूल्य मध्ये जुन कम हुन्छ सो को ३० प्रतिशतले हुन आउने रकम ग्राहकसँग प्रारम्भिक मार्जिनको रुपमा लिनु पर्ने भएको हो ।

नेपाल धितोपत्र बोर्डले २०७८ जेठ ११ मै संशोधन गरेको थियो । तर संशोधन गरेर पठाएको एक बर्षपछि संशोधित कार्यविधि कार्यन्वयनमा आएको हो ।

नेप्सेले बैशाख १४ गतेदेखि संशोधित कार्यविधि लागू गरेको हो । नेप्सेले बैशाख १५ गते बिहिबार नै सम्पूर्ण ब्रोकरहरुलाई संशोधित कार्यविधि लागू गरिएको बारे पत्राचार गरेको छ ।

 



nactional life
Corporatebazar 11 Anniversary

अझै सम्हालिन सकेन बजार: नेप्से ५.७३ अंकले घट्यो

अझै सम्हालिन सकेन बजार: नेप्से ५.७३ अंकले घट्यो

वि.सं.२०८३ वैशाख १७ बिहीवार १५:३१

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक  बिहीबार...

सिडिएससीको एपिआईले सहज बनायो शेयर फुकुवा: अब रिलिज भएकै दिन बिक्री गर्न मिल्ने

सिडिएससीको एपिआईले सहज बनायो शेयर फुकुवा: अब रिलिज भएकै दिन बिक्री गर्न मिल्ने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १३:३२

काठमाडौं । नेपालको पूँजी बजारमा शेयर धितो कर्जा (मार्जिन लेन्डिङ)...

सोपन फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट: ३ लाख ४७ हजार आवेदकको हात खाली परेन

सोपन फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट: ३ लाख ४७ हजार आवेदकको हात खाली परेन

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२७

काठमाडौं । सोपन फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक...

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:२१

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका...

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १६ बुधवार ११:२६

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज (बैशाख १६ गते) देखि...

एभरेष्ट कलर लिमिटेडको आईपीओ आजदेखि खुला

एभरेष्ट कलर लिमिटेडको आईपीओ आजदेखि खुला

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:२९

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...