back

डलरमा खरिद गरेर ल्याइएको ग्याँसको सट्टा विद्युतीय चुलो प्रयोग गरौंः अर्थमन्त्री

काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३, धैरेनिचौरमा निर्माण भएको ३३–११ केभीको मुसिकोट सबस्टेसन सञ्चालनमा आएको छ ।

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले सोमबार मुसिकोटमा आयोजित कार्यक्रममा सबस्टेसनको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सबस्टेसनबाट रुकुम पश्चिम, रुकुम पूर्व र जाजरकोटका केही ठाउँहरुमा विद्युत आपूर्ति गरिनेछ ।

कार्यक्रममा अर्थ मन्त्री शर्माले अमेरिकी डलरमा खरिद गरेर ल्याइएको खाना पकाउने ग्याँसलाई विस्थापित गरी विद्युतीय चुलो प्रयोग गर्न आग्रह गरे ।

आफूले सुरु गरेको ‘उज्यालो रुकुम’ अभियान अहिले ‘उज्यालो नेपाल’मा परिणत भएको चर्चा गर्दै पूर्व ऊर्जा मन्त्रीसमेत रहनु भएका शर्माले विद्युतीकरणका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए ।

‘विद्युत आर्थिक क्रान्तिको आधारभूत साधन हो, यसको प्रयोग घरघरमा, उद्योग उद्योगमा बढाएर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनतर्फ लाग्नु पर्छ, साथै गुणस्तरीय पूर्वाधारको निर्माण गरी गुणात्मक विकास गर्नु पर्छ ।’

उद्घाटन कार्यक्रममा ऊर्जा मन्त्री भुसालले विगतमा वत्ति बाल्न पाउनु नै ठूलो कुरा भएको उल्लेख गर्दै अब पर्याप्त विद्युत रहेकोले भान्सामा प्रयोग भइरहेको ग्याँसलाई विस्थापित गरी इन्डक्सन चुलो प्रयोग गर्न आग्रह गरिन् ।

उनले दुई वर्षभित्रमा सबै नेपालीको घरमा विद्युत पुर्याउने र विद्युत सेवालाई भरपर्दो तथा गुणस्तरीय बनाउने प्रयासका साथ काम भइरहेको बताईन् ।

उनले भनिन्, ‘आफ्नै उत्पादनबाट माग धान्ने अवस्थामा पुगी विद्युतमा आत्मनिर्भर बन्नेतर्फ अगाडि बढेका छौं, वर्खाका केही महिना देशभित्र खपत गरेर जगेडा भएको विद्युत भारत निर्यात गर्न थालेका छौं, थप विद्युत निर्यातका लागि भइरहेका पहल सकारात्मक रुपमा अगाडि बढिरहेको छ ।’
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशको पूर्ण विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको बताए ।

सल्यान सित्तलपाटी सबस्टेसनबाट करिब ८० किलोमिटर लामो ३३ केभी लाइनमार्फत विद्युत लगेर सबस्टेसन सञ्चालनमा ल्याएको हो । सबस्टेसनमा ३ एमभीए क्षमताको पावर ट्रान्सफर्मर रहेको छ ।
सबस्टेसन सञ्चालनमा आएपछि रुकुममा विद्युतको भोल्टेजमा उल्लेखनीय सुधार, लाइनमा नियमितता र प्राविधिक चुहावटमा कमी आएको छ ।

जाजरकोटको कुदु सबस्टेसनबाट पनि जिल्लाभरी विद्युत आपूर्ति गर्न सकिने व्यवस्था मिलाइएको छ । यसले गर्दा सल्यान या दाङको तुलसीपुरमा विद्युत अवरोध हुँदा पनि रुकुम पश्चिम तथा पूर्वमा वत्ति बाल्न सकिन्छ ।

सबस्टेसनबाट विद्युत आपूर्तिका लागि फिडरहरु निर्माण भइरहेको छ । अहिले एउटा फिडरबाट मात्र जिल्लाभरी विद्युत आपूर्ति भइरहेको छ । बाँकी फिडरहरु सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत आपूर्तिमा झनै सुधार आउने छ । रुकुम पूर्वमा निजी क्षेत्रले निर्माण गरिरहेको ५ मेगावाटको रुकुमगाड जलविद्युत आयोजनाको विद्युत यही मुसिकोट सबस्टेसनमा जोडिने छ ।

सबस्टेसन निर्माण २०७२ को असारबाट सुरु भएको थियो । तर, सुरुमा निर्माण प्रस्ताव गरिएको स्थान पहिरोको जोखिम रहेकाले नयाँ ठाउँ खोज्न समय लाग्दा काम प्रभावित भएको थियो । सबस्टेसन निर्माणका लागि वाइबा इन्फ्राटेक प्रा.लि.सँग ८ करोड ८८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

रुकुम पश्चिममा ३ वटा नगरपालिका र ३ वटा गाउँपालिका सबैमा विद्युत पुगेको छ । सबै वडाहरुमा भने विद्युत पुगेको छैन । पालिकाहरुको वडा संख्या ७३ रहेकोमा ५२ वटा वडामा विद्युत पुगेको छ । राष्ट्रिय प्रसारण लाइनबाट ७० प्रतिशत विद्युतीकरण भएको छ । स्थानीय लघुजलविद्युतसहित रुकुम पश्चिमको समग्र विद्युतीकरण ८५ प्रतिशत छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कैलाली भन्सार कार्यालयको राजस्व असुलीमा सुधार

कैलाली भन्सार कार्यालयको राजस्व असुलीमा सुधार

वि.सं.२०८३ साउन १३ बुधवार १३:३०

धनगढी । कैलाली भन्सार कार्यालय धनगढीले आर्थिक वर्ष २०८१/०८२ को...

नेपालको निर्यातमा भटमास तेलको दबदबा : १ खर्ब २८ अर्बको निर्यातसँगै कुल निर्यातमा ४० प्रतिशत हिस्सा

नेपालको निर्यातमा भटमास तेलको दबदबा : १ खर्ब २८ अर्बको निर्यातसँगै कुल निर्यातमा ४० प्रतिशत हिस्सा

वि.सं.२०८३ साउन १३ बुधवार १३:१८

काठमाडौं । नेपालको वैदेशिक व्यापारमा भटमासको तेलको हिस्सा निकै मजबुत...

ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीलाई अर्थमन्त्रीको आग्रह 

ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीलाई अर्थमन्त्रीको आग्रह 

वि.सं.२०८३ साउन १३ बुधवार १३:१६

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ढुक्क भएर लगानी विस्तार...

‘अर्थमन्त्री र प्रधानमन्त्रीबीच विभेद भएको हल्ला अफवाह मात्रै, आर्थिक मुद्दामा गहिरो समन्वय छ’: अर्थमन्त्री वाग्ले

‘अर्थमन्त्री र प्रधानमन्त्रीबीच विभेद भएको हल्ला अफवाह मात्रै, आर्थिक मुद्दामा गहिरो समन्वय छ’: अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ साउन १२ मंगलवार १८:१५

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र साहसँग आर्थिक एजेण्डामा...

विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

वि.सं.२०८३ साउन १० आइतवार १६:३१

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका...

साढे १६ हजार मेगावाटको पीपीए ठप्प: अर्बौँको लगानी जोखिममा, ऊर्जा संकट र वित्तीय दायित्वको दोहोरो सङ्कट

साढे १६ हजार मेगावाटको पीपीए ठप्प: अर्बौँको लगानी जोखिममा, ऊर्जा संकट र वित्तीय दायित्वको दोहोरो सङ्कट

वि.सं.२०८३ साउन १० आइतवार १२:१४

काठमाडौँ। नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्र तथा प्रवर्द्धकहरूको खर्बौँ रुपैयाँ...