back

आन्तरिक पर्यटकको प्रमुख रोजाईमा धुलिखेल , उप प्रमुख चौलागाई

स्थानीयले गाउँमै सिंहदरबार पुगेको महशुस गरेका छन् ।

 काठमाडौँ । डेढ वर्षदेखि ठप्प पर्यटन गतिविधिमा पछिल्लो समय आन्तरिक पर्यटकहरुको आर्कषण बढ्दो देखिएको छ । योसँगै आन्तरिक पर्यटकको प्रमुख रोजाईको क्षेत्र बनेको छ धुलिखेल ! यसो त धुलिखेल पहिलै देखि चर्चित पर्यटकिय क्षेत्र हो ।
कोभिडको कारण खुम्चिएको पर्यटन व्यावसाय पुनः पहिलेकै लयमा ल्याउन स्थानीय तहहरु लागि परेका छन् । यसो सबै स्थानीय तह यति बेला कतै बन्जी त कतै जीपलाइन जस्ता एडभेन्चरहरुमा पर्यटक लोभ्याउन सक्रिय भएका छन् ।
त्यसैगरी पर्यटकीय नगरका रुपमा रुपमा परिचित स्वच्छ हावापानी, वनजंगल, ऐतिहासिक संरचना, धार्मिक एवम् साँस्कृति संरचनाले भरिएको काभ्रेको धुलिखेल नगरपालिकालाई पनि पर्यटन प्रवद्धनमा लागि परेको छ ।
“गत असोजमा धुलिखेल सहर शून्य कार्बन उत्सर्जन गर्दैै वातावरणमैत्री विकास गर्ने संसारका १५ सहरको सूचीमा समावेश भयो । उक्त सूची पर्ने शहरहरुमध्य काभ्रेको धुलिखेल पाँचौं स्थानमा छ ।”
धुलिखेलमा घुम्न र पिकनिकमा रमाउनका लागि वर्षेनी हजारौं आन्तरिक र बाह्य पर्यटक पुग्ने गर्छन् । सडक सञ्जालको राम्रो पहुँच छ ।
गत असोजमा धुलिखेल सहर शून्य कार्बन उत्सर्जन गर्दैै वातावरणमैत्री विकास गर्ने संसारका १५ सहरको सूचीमा समावेश भयो । उक्त सूची पर्ने शहरहरुमध्य काभ्रेको धुलिखेल पाँचौं स्थानमा छ ।
धुलिखेलले आफ्नो नगरक्षेत्रलाई पर्यटकीय सहरको रुपमा विकास गर्ने उद्देश्यले दिगो विकास र स्वस्थ तथा सफा वातावरणीय कार्यलाई अघि बढाएको छ । स्थानीय तह बनेपछि धुलिखेलमा थप पर्यटकीय स्थलको निर्माण गरेको नगरकी उप प्रमुख बिमला कुमारी चौलागाई बताउँछिन् ।
नगरमा १२ वटा वडा रहेका छन् । जहाँ स्थानीय तह बन्नुअघि साढे १२ किलोमिटरमात्र सडक कालोपत्रे भएको थियो । अहिले ४२ किलोमिटर सडक कालोपत्रे भएको छ । हजार सिढी, नमोबुद्ध, जीपलाइन जस्ता स्थलहरुले धुलिखेलमा आन्तरिक र बाह्य पर्यटकको घुँइचो लाग्ने गरेको छ ।
पर्यटन प्रर्वद्धनकै लागि साना ठूला गरी ६० भन्दा बढी शालिक सहितका पार्क निर्माण गरेको नगरले जनाएको छ । त्यस्तै पर्यटक लक्षित होम–स्टे, साना ठूला होटलहरुको विकास भइरहेको छ । स्थानीय सरकार बनेपछि विभिन्न शिर्षकमा ल्याएका योजना नीति तथा कार्यक्रमहरुमध्य हालसम्म ६० प्रतिशत काम सम्पन्न गरेको उप प्रमुख बिमला बताउँछिन् ।
स्वाथ्यतर्फका कार्यक्रम गत वर्ष नगरले लिएको ‘स्वास्थ्य शहर अभियान’ अघि सारेको थियो । ‘रोग विरुद्धको चेतना व्यक्तिमा, रोगको उपचार बस्ती बस्तीमा’ अन्तर्गत वडा तथा बस्ती स्तरीय हरेक महिला स्वयंसेसवकाको नेतृत्वमा समुह गठन गरी कार्यक्रमहरु सञ्चालन भइरहेको छ ।
कोरोना योध्दा पुरस्कार, पोषण स्वास्थ्यमा नगरको अग्रता, बालबालिका र महिलाको सहभागिता, बिपदमा नगरपालिकाको साथ, निशुल्क एम्बुलेन्स सेवा, समुदायमा कोरोना नियन्त्रण कार्यक्रम, कोभिड १९ नियन्त्रण सहकार्य, विशेषज्ञ घुम्ती शिविर लगायतका थुप्रै स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरु गर्दै आइरहेको छ ।
एक घर एक धारा खानेपानी वितरणका लागि स्थानीय मुहानहरुबाट पानी संकलन गरी वितरण गर्ने निती नगरको छ । जसअन्तर्गत धुलिखेल नगरका अधिकांश घरहरुमा खानेपानीको उपलब्धता सुनिश्चित गरिएको उपप्रमुख बिमला बताउँछिन् । नगरको सबै वडामा अहिले खानेपानीको उपलब्धता छ ।
जम्मा घरधूरीको ८१ प्रतिशतमा धाराद्धारा खानेपानी वितरण भइरहेको छ भने १९ प्रतिशत घरधुरी अहिलेपनि नदी र कुँवाको खानेपानीमा निर्भर छन् । खानेपानी तथा सरसफाइका लागि नगरले चालु आर्थिक वर्षका लागि ३ करोड ६० लाख बजेट छुट्याएको छ ।
महिला उपमेयरसँग महिला कार्यक्रम प्रभावकारी बनेको उपमेयर बिमलाको भनाइ छ । ‘पहिलो वर्ष हामीले नगर परिषद्बाट महिला, दलित, जनजाती, अपाङ्ग र बालबालिका गरी ५ वटा काउन्सिल बनायौं’ उनले भनिन्, ‘त्यसपछि बजेट बिनियोजित गर्दै काम अघि बढायौं ।’
उपमेयरसँग महिला कार्यक्रमअन्तर्गत गरिबीको रेखामुनि रहेका, दलित, एकल महिलालाई नगरले बजेट दिने गरेको छ । नगरमार्फत पाएको लगानीबाट धेरै महिलाले स–साना व्यवसाय सुरु गरेका छन् ।
‘१२ वटै वडामा त्यसका लागि बजेट छुट्याएर के व्यवसाय गर्ने हो त्यहीअनुसार रकम दिने गरेका छौं’ समग्र समाचारसँगको कुराकानीमा उनले भनिन्, ‘बाख्रापालन, कुखुरापालन, बंगुरपालन लगायतका व्यवसाय थाल्नुभएको छ ।’ उनकाअनुसार नगरले १ सय ६० जनालाई बाख्रा र ४० जनालाई २/२ वटाका दरले बंगुरको पाठा वितरण गरेको छ ।
सानो लगानीमा थोरैबाट सुरु गरेको व्यवसायले अहिले धेरै युवा महिलालाई स्वरोजगार बनाएको उनी बताउँछिन् । त्यस्तै नगरले विभिन्न समयमा दिएको तालिमबाट स्थानीय महिलाहरु आत्मनिर्भर बनेको उनले बताइन् ।
रोजगारी गुमाएकालाई तालिम कोरोना माहामारीका कारण रोजगारी गुमाएकालाई नगरले ८ सय जनाभन्दा बढीलाई तालिम दिइसकेको छ । जसमा सिलाई बुनाइ, साबुन बनाउने, मैनबत्ती बनाउने, कृष्टलका माला–पोते बनाउने, होटल सम्बन्धि तालिम, सवारी साधनको ड्राइभिङ तालिम दिएको उनले जानकारी दिइन्् ।
‘नगरपालिकाले दिएको तालिमपछि महिला तथा पुरुषहरुले उत्पादन गर्नुभएको सामग्रीलाई धुलिखेलको कोसेली घरमा राखेका छौँ’ उनले भनिन्, ‘त्यहाँबाट ती उत्पादनहरु अन्तराष्ट्रिय बजारमा समेत विक्री हुन्छन् ।’ एक गाउँ एक उत्पादन कृषिका विविध कार्यक्रमहरु नगरपालिकाभित्र २१ वटा दूग्ध संकलन केन्द्र रहेका छन् जसमा १९ वटा दूग्ध सहकारी, ६ वटा दूग्ध चिस्यान केन्द्र र १६ वटा डेरी पसल रहेका छन् ।
नगरमा विशेषगरी नगरपालिकाले फलफूल, मौसमी, बेमौसमी ताजा तरकारी खेती, रेशम खेती, मौरी पालनm अलैची र सूर्यमुखी बीउ, तरकारी नर्सरी, घाँसका बीउ, उत्पादन कार्यक्रम सञ्चालन गरी वीउ उत्पादनमा टेवा पु¥याउने उद्धेश्य रहेको छ ।
साथमा युवा महिला, दलित तथा विपन्न वर्गका लागि कृषि प्रवद्र्धनका कार्यक्रमहरु सञ्चालन सञ्चालन भइरहेको छन् । स्थानीय सरकार बनेपछि विशेषगरी धुलिखेल नगरका स्थानीयले गाउँमै सिंहदरबार बनेको महशुस गरेको उनले बताइन् ।
‘गाउँमा शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी लगायत धेरै क्षेत्रमा नगरपालिकाले काम गरिरहेको छ’ उनी सुनाउँछिन्, ‘यसरी समग्र गाउँलाइ विकास गराएसँगै स्थानीयले गाउँमै सिंहदरबार पुगेको महशुस गरेका छन् ।’

 

nactional life
Corporatebazar 11 Anniversary

तराईमा अत्यधिक गर्मी, जोमसोममा सबैभन्दा चिसो

तराईमा अत्यधिक गर्मी, जोमसोममा सबैभन्दा चिसो

वि.सं.२०८३ वैशाख ७ सोमवार १३:१९

रौतहट । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले...

असनको मौलिकता फर्काउने अभियान: आजदेखि हरेक शनिबार ‘सवारी निषेध’, कहाँ गर्ने पार्किङ?

असनको मौलिकता फर्काउने अभियान: आजदेखि हरेक शनिबार ‘सवारी निषेध’, कहाँ गर्ने पार्किङ?

वि.सं.२०८३ वैशाख ५ शनिवार ११:४०

काठमाडौँ । काठमाडौँको ऐतिहासिक एवं सांस्कृतिक मुटु मानिने असन क्षेत्रको...

दिक्तेलमा ‘अन्तर्राष्ट्रिय जैविक विविधता सम्मेलन’ सुरु: रेडपाण्डा र थार संरक्षणमा विश्वको ध्यान

दिक्तेलमा ‘अन्तर्राष्ट्रिय जैविक विविधता सम्मेलन’ सुरु: रेडपाण्डा र थार संरक्षणमा विश्वको ध्यान

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २१:१६

खोटाङ । लोपोन्मुख रेडपाण्डा (हाब्रे) र थार संरक्षणसँगै दिगो पर्यटनको...

सडक र सहरी सुरक्षा तथा व्यवस्थापनमा महानगर र प्रहरी बिचको सहकार्य बलियो बनाइने

सडक र सहरी सुरक्षा तथा व्यवस्थापनमा महानगर र प्रहरी बिचको सहकार्य बलियो बनाइने

वि.सं.२०८३ वैशाख ३ बिहीवार ११:४४

काठमाडौं । सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा काठमाडौँ...

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

साझा यातायातले काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बससेवा सञ्चालन गर्दै

वि.सं.२०८३ वैशाख १ मंगलवार २१:४६

काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन बससेवा सञ्चालन गर्ने...

विद्यालयहरुप्रति मन्त्रालयको एक्सन : छात्रवृत्ति विवरण सार्वजनिक गर्नुहोला

विद्यालयहरुप्रति मन्त्रालयको एक्सन : छात्रवृत्ति विवरण सार्वजनिक गर्नुहोला

वि.सं.२०८२ चैत ३० सोमवार १८:०१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नियम बमोजिम छात्रवृत्ति...