back

अघिल्लो बजेटबाट निरन्तरता पाएका आयोजनाको विषयमा आज मन्त्रालयमा यस्तो भयो छलफल

काठमाडौँ । प्रतिस्थापन बजेट कार्यान्वयनका विषयमा मन्त्रालयका सचिवहरुबिच उच्चस्तरीय छलफल भएको छ ।
सोमवार अर्थमन्त्रालयमा आयोजित बैठकमा प्रतिस्थापन बजेटमा राखिएका नयाँ कार्यक्रम तथा अघिल्लो बजेटका निरन्तरताका आयोजनाहरुको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा छलफल भएको हो । बजेटमा विकासका आयोजना कार्यान्वयन गरी पुँजीगत खर्च बढाउन मासिक कार्य प्रतिशत निर्धारण गर्ने, कार्यविधि तयार गर्नुपर्ने विषयहरुमा तत्काल कार्य सम्पन्न गर्ने, अन्तरमन्त्रालय समन्वय गरी निर्णय गर्नुपर्ने विषयलाई यथाशिघ्र अघि बढाउनेलगायतका निर्णय भएको छ ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले आ–आफ्नो जिम्मामा परेका कामहरुको सूची तयार गरी मासिक कार्य प्रतिशतका आधारमा तत्काल कार्यान्वयन कार्ययोजना बनाउन सचिवहरुलाई निर्देशन दिए । बजेट कार्यान्वयन र पुँजीगत खर्चका सम्बन्धमा अर्थमन्त्रायबाट सम्पादन हुने कार्यहरुमा कुनै ढिलाई नहुने प्रतिवद्धता समेत उहाँले व्यक्त गरे । मन्त्री शर्माले अर्थमन्त्रालयमा आएका कार्यविधि निर्माण सम्बन्धी पुराना फाइलहरु ७ दिनभित्र र अब प्राप्त हुने नयाँ फाईलहरु ३ दिनभित्र टुंगो लगाउने गरी तीब्र गतिमा काम गर्न निर्देशन दिए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले प्रतिस्थापन बजेटले निर्धारण गरेको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष हासिल गर्न सबै मन्त्रालयहरुले धेरै नै मेहेनत गर्नुपर्ने बताउनुभयो । अर्थसचिव मधु कुमार मरासिनीले गठबन्धन सरकारको न्यूनतम साझा नीति कार्यक्रमअनुसार आएको प्रतिस्थापन बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन मासिक कार्ययोजना बनाएर तत्काल काम थाल्नुपर्नेमा जोड दिए ।

२०७८ असोज ११ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बस्ने

प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बस्ने

वि.सं.२०८३ वैशाख २८ सोमवार १८:२८

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बस्ने गरी स्थगित भएको...

“नयाँ जनादेश, नयाँ संकल्प: १० वर्षमा आर्थिक कायापलट गर्ने सरकारको योजना” (पूर्णपाठ)

“नयाँ जनादेश, नयाँ संकल्प: १० वर्षमा आर्थिक कायापलट गर्ने सरकारको योजना” (पूर्णपाठ)

वि.सं.२०८३ वैशाख २८ सोमवार १८:१७

काठमाडौँ । सरकारले आगामी एक दशकलाई ‘आर्थिक रूपान्तरणको दशक’ घोषणा...

यस्तो छ ,सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

यस्तो छ ,सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:५२

काठमाडौँ । सरकारले नेपाली जलको ब्राण्डिङ गर्ने नीति लिएको छ...

आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जाको सट्टा शेयर दिइने

आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जाको सट्टा शेयर दिइने

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:३०

काठमाडौं । सरकारले जलविद्युत् आयोजना निर्माण क्षेत्रका प्रभावितलाई जग्गाको मुआब्जाका...

सरकारले सार्वजनिक संस्थानको वर्गीकरण गर्ने

सरकारले सार्वजनिक संस्थानको वर्गीकरण गर्ने

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:२८

काठमाडौं । सरकारले सार्वजनिक संस्थानहरूको वर्गीकरण गर्ने भएको छ। आगामी...

अटिजम तथा न्यूरोडाइभरसिटी भएका बालबालिकाहरूका लागि थेरापी सेवा दिने

अटिजम तथा न्यूरोडाइभरसिटी भएका बालबालिकाहरूका लागि थेरापी सेवा दिने

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:२२

काठमाडौं । सरकारले अटिजम तथा न्यूरोडाइभरसिटी भएका बालबालिकाहरूका लागि थेरापी...