back
skip this gaugauma singhadarbar

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको नाफामा उत्साहजनक प्रगति, लाभांश क्षमता कति छ ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले उत्साहजनक प्रगति गरेको छ । उक्त अवधिसम्म कम्पनीको नाफा ४५०.५९ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ८ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

सञ्चालन आम्दानी बढ्दा नाफामा सुधार आएको हो । कम्पनीको सञ्चालन आम्दानी ६७.१८ प्रतिशत बढेर २५ करोड ८२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको सञ्चालन आम्दानी १५ करोड ४४ लाख रहेको थियो ।

कम्पनीको कुल खर्च समीक्षा अवधिमा १७.२३ प्रतिशत घटेर ११ करोड ७९ लाख रुपैयाँमा खुम्चिएको छ ।

चुक्ता पुँजी १ अर्ब २८ करोड ७० लाख रुपैयाँ रहेको हाथवेको रिटेन्ड अर्निङमा ३७ करोड २१ लाख रुपैयाँ रहेको छ । उक्त रकमबाट यसले सेयरधनीलाई २८ प्रतिशतसम्म लाभांश दिन सक्छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ५२ पैसा बढेर ३ रुपैयाँ २६ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ७७ रुपैयाँ ८६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३१०.४४ गुणा रहेको छ।

 

nactional life -asoj
gaugauma singhadarbar

माउन्टेन इनर्जीको लाभांश घोषणा

माउन्टेन इनर्जीको लाभांश घोषणा

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार १२:४६

काठमाडौं। माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई...

सुन र चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुन र चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार १२:३९

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य...

सागर डिष्टिलरीको शेयर नेप्सेमा सूचीकृत

सागर डिष्टिलरीको शेयर नेप्सेमा सूचीकृत

वि.सं.२०८२ कात्तिक २० बिहीवार १४:४१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सागर डिष्टिलरी लिमिटेड...

७ वटा प्रसारण लाइनमा नेपाल र भारतबीच सहमति : १ हजार ५०० मेगावाटसम्म विद्युत निर्यात गर्न सक्ने

७ वटा प्रसारण लाइनमा नेपाल र भारतबीच सहमति : १ हजार ५०० मेगावाटसम्म विद्युत निर्यात गर्न सक्ने

वि.सं.२०८२ कात्तिक १९ बुधवार १२:०४

काठमाडौं । नेपाल-भारतको उर्जा क्षेत्रका सह-सचिव स्तरीय संयुक्त वार्ता टोलीले...

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८२ कात्तिक १९ बुधवार ११:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ घटेको छ...

नेप्से परिसूचक घट्दा कारोबार रकममा पनि घट्यो

नेप्से परिसूचक घट्दा कारोबार रकममा पनि घट्यो

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १५:३७

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक मङ्गलबार पनि घटेको...