back
nactional

हिमालय उर्जा विकास कम्पनीको हकप्रद शेयर खुला

काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले आज साउन २४ गते देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

अर्थात कम्पनीले हाल कायम १ः१ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले ९९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २० गते बुकक्लोज गरेको थियो। यसर्थ असार १९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा भदौ १२ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्। त्यस्तै, लक्ष्मी सनराइज बैंकको गोकुल गंगा गाउँपालिका, शिवालय, रामेछापबाट पनि आवेदन दिन सक्नेछन्।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सिद्धार्थ क्यापिटलका दुई योजनाको लाभांश घोषणा, बाँकी दुई योजनाका इकाईधनीको हात खाली

सिद्धार्थ क्यापिटलका दुई योजनाको लाभांश घोषणा, बाँकी दुई योजनाका इकाईधनीको हात खाली

वि.सं.२०८३ भदौ २ मंगलवार १०:४१

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालित विभिन्न म्युचुअल...

सामान्य अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

सामान्य अंक घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

वि.सं.२०८३ भदौ १ सोमवार १५:४७

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक...

मुहान हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

मुहान हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

वि.सं.२०८३ भदौ १ सोमवार १२:४६

काठमाडौं। मुहान हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित भदौ...

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग

वि.सं.२०८३ साउन २९ शुक्रवार १८:१७

काठमाडौं । इलामको रोङ गाउँपालिकाले पुँजी बजारमा पहुँच विस्तार गर्ने...

वित्तीय खर्च घट्दा सानिगाड हाइड्रोको नाफामा उछाल, ईपीएस ९.३३ रुपैयाँ

वित्तीय खर्च घट्दा सानिगाड हाइड्रोको नाफामा उछाल, ईपीएस ९.३३ रुपैयाँ

वि.सं.२०८३ साउन २८ बिहीवार २०:४२

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले वित्तीय खर्चमा उल्लेख्य कमी ल्याउन...

विद्युत् निर्यात बढाउन प्रसारण प्रणाली विस्तार अपरिहार्य : उर्जा मन्त्री

विद्युत् निर्यात बढाउन प्रसारण प्रणाली विस्तार अपरिहार्य : उर्जा मन्त्री

वि.सं.२०८३ साउन २८ बिहीवार ०९:२१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले...