back

भारतमा एकै दिनमा झण्डै साढे दुई लाख सङ्क्रमित, ३७ सयको मृत्यु

काठमाडौँ । भारतमा कोरोनाभाइरसबाट एकै दिन झण्डै साढे दुई लाख नयाँ सङ्क्रमित थपिएका छन् ।

सरकारी अधिकारीहरुले आइतबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ४० हजार ८४२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । त्यसैगरी सोही अवधिमा अरु तीन हजार ७४१ जनाको कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

पछिल्लो एक दिनमा भारतमा तीन लाख ५५ हजार १०२ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयको तथ्याङ्क छ । मन्त्रालयको विवरण अनुसार नयाँ सङ्क्रमितको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या एक लाखभन्दा बढी रहेको छ ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुइ करोड ६५ लाख ३० हजार १३२ रहेको छ जसमध्ये २८ लाख पाँच हजार ३९९ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म कुल मृतकको सङ्ख्या दुई लाख ९९ हजार २६ पुगेको छ ।

कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या भने अहिलेसम्म दुई करोड ३४ लाख २५ हजार ४६७ पुगेको छ ।

कोरोनाभाइरसबाट अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्यामा महाराष्ट्र राज्यलाई कर्नाटकले उछिनेको छ । यसअघि लामो समयसम्म सबैभन्दा धेरै सङ्क्रमितहरु रहेको राज्यमा महाराष्ट्र राज्य रहँदै आएको थियो ।

अहिले कर्नाटक राज्यमा चार लाख ८३ हजार २०४ जना सक्रिय सङ्क्रमितहरु रहेका छन् भने महाराष्ट्र राज्यमा तीन लाख ५२ हजार २४७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

भारतमा अहिलेसम्म ३२ करोड ८६ लाख सात हजार ९३७ पटक कोरोना परीक्षण गरिएको छ । ती मध्ये २१ लाख २३ हजार ७८२ जनाको शनिबार परीक्षण गरिएको हो ।

कोरोनाभाइरसविरुद्धको खोप लगाउने अभियान पनि भारतमा तिव्ररुपमा भइरहेको छ । संघीय स्वास्थ्य मन्त्रालयले अहिलेसम्म १९ करोठ ५० लाख चार हजार १८४ खोप उपयोग भएको जनाएको छ ।
भारतमा एकातिर खोप अभियान चलिरहेको छ भने अर्को तर्फ दैनिक हजारौको मृत्यु र लाखौँ सङ्क्रमित हुने क्रम पनि चलिरहेको छ ।

यसैबीच, विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कोरोनाभाइरसको संक्रमणबाट हालसम्म ३४ लाख ६८ हजार पुगेको छ । कोभिड–१९ बाट सर्वाधिक असर परेका मुलुकहरुमा संयुक्तराज्य अमेरिका, ब्राजिल र भारत रहेका छन् ।

प्राप्त विवरण अनुसार संयुक्तराज्य अमेरिकामा हालसम्म ६ लाख ३ हजार, ब्राजिलमा ४ लाख ४८ र भारतमा २ लाख ९९ हजारको ज्यान गएको छ ।


melung
सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना

सरकारले बनायो डेंगु रोकथाम र नियन्त्रणको कार्ययोजना

वि.सं.२०८० साउन ३ बुधवार ११:४१

काठमाडौं । नेपालमा डेंगु देखापरेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक...

एक तहको निर्वाचनमा पराजित भएको व्यक्ति अब ५ वर्षसम्म उम्मेदवार बन्न नपाउने, निर्वाचन सम्बन्धि कानुन संशोधन

एक तहको निर्वाचनमा पराजित भएको व्यक्ति अब ५ वर्षसम्म उम्मेदवार बन्न नपाउने, निर्वाचन सम्बन्धि कानुन संशोधन

वि.सं.२०८० असार १९ मंगलवार ११:१५

काठमाडौं । निर्वाचन आयोगले एउटा तहमा चुनाव पराजित भएको व्यक्ति...

नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन

नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन

वि.सं.२०८० असार १८ सोमवार १३:४१

मुग्लिन। पहिरोका कारण अवरुद्ध नारायगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ...

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

वि.सं.२०८० असार १७ आइतवार १३:०२

मुग्लिन । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना...

कमलादीको स्काइवाक आजदेखि खुला,टावरमाथि सिसामा हिँड्दा आकाशमा हिँडेजस्तो महसुस हुने

कमलादीको स्काइवाक आजदेखि खुला,टावरमाथि सिसामा हिँड्दा आकाशमा हिँडेजस्तो महसुस हुने

वि.सं.२०८० असार १५ शुक्रवार १०:०७

काठमाडौँ । एक सय ३४ वर्षअघि फ्रान्सको पेरिसमा निर्मित आइफल...

संसदमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन : यस्तो छ सरकारको ६ महिनाको समीक्षा

संसदमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन : यस्तो छ सरकारको ६ महिनाको समीक्षा

वि.सं.२०८० असार १३ बुधवार १४:०१

बुधबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफको क्रममा उनले...