back

सचेत रहेर व्यावसाय संञ्चालन गर्न तुलसीपुर उवासंघको आग्रह

nactional life

तुलसीपुर । तुलसीपुर उद्योग वाणिज्यसंघले बढ्दो कोरोना संक्रमणको अवस्थामा सुरक्षित भएर व्यवसाय सन्चालन गर्न आम व्यवसायीहरुलाइ आग्रह गरेका छ ।
संक्रमणको विकराल अवस्थामा दाङ जिल्ला पनि गम्भीर संकटमा पर्ने अवस्था देखिएको भन्दै कोरोना भाइरसको संक्रमणबाट जोगिन स्वयम सचेत हुनुको कुनै विकल्प नरहेको पनि संघले जनाएको छ । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा बसेको आकस्मीक बैठकले आम जिल्लाबासीको स्वास्थ्य अवस्थाप्रति संघ अत्यन्तै गम्भीर रहेको भन्दै स्वास्थ्य संकटको व्यवस्थापनमा संघले स्थानिय पालिकालाइ जुनसुकै सहयोग गर्न पनि तयार रहेको निर्णय गरेको हो ।
‘तुलसीपुर क्षेत्रका आम व्यवसायीहरुलाइ नेपाल सरकारले तोकेका न्युनतम स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गर्दै व्यवसाय सन्चालन गर्न आग्रह गर्दछौं’—बैठक पछि अध्यक्ष चालिसे र महासचिव विनिल केसीले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । बैठकमा यदि कोरोना भाइरसको संक्रमणबाट दाङलाइ जोगाउन लकडाउनको आवस्यकता पर्दछ भने त्यसमा पनि संघ सधै सकारात्मक रहेको पनि निर्णय भएको प्रेस सल्लाहकार शरद रेग्मीले बताए ।
साथै बैठकले स्थानिय पालिकालाइ संक्रमितहरुको खोजिगरी कन्ट्याक्ट ट्रेसिङ बढाउने तथा वाहिरबाट आउने नागरीकहरुकालागी क्वारेन्टाइन र आवस्यकता अनुसार आइशोलेशन निर्माण गर्न स्थानिय सरकारलाइ आग्रह गरेको छ । ‘हाल विद्यमान कोरोना विशेष अस्पतालले मात्र यहांका संक्रमितहरुको उपचार सेवा दिन सक्ने अवस्था छैन, स्थानिय सरकारलाइ तत्काल अस्पतालको क्षमता बढाउन र स्वास्थ्य उपचारसेवा प्रभावकारी बनाउन स्थानिय पालिका लगायत तीनै तहका सरकारलाइ आग्रह गर्दछौं’—संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
बैठकमा पुर्व अध्यक्ष विमल रिजाल, वरीष्ठ उपाध्यक्ष मीनराज भण्डारी, उपाध्यक्ष ललितजगं शाह,सल्लाहकार मिनराज वलि,लगायतले स्वास्थ्य सचेतनासंगै स्वास्थ्य उपचारको थप व्यवस्थागर्न स्थानिय सरकारलाइ आग्रह गर्नुपर्ने धारणा राखेका थिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित 

वि.सं.२०८३ जेठ २९ शुक्रवार १०:५८

मुगु । छिमेकी मुगुसँग जोडिएका हुम्ला र बाजुरा जिल्लाको सीमा...

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

सर्वोच्च अदालतद्वारा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको फैसला सदर, मतियार ठहरिएका मोटरसाइकल धनीहरूको पुनरावेदन खारेज (पूर्णपाठ)

वि.सं.२०८३ जेठ २८ बिहीवार १६:४७

काठमाडौँ । सर्वोच्च अदालतको संयुक्त इजलास (माननीय न्यायाधीश श्री हरिप्रसाद...

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छ : आङदेम्बे

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४५

काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता...

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

भारत भ्रमणले नेपाल–भारत सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो : परराष्ट्रमन्त्री खनाल

वि.सं.२०८३ जेठ २७ बुधवार १६:०९

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत...