back
skip this gaugauma singhadarbar

सचेत रहेर व्यावसाय संञ्चालन गर्न तुलसीपुर उवासंघको आग्रह

तुलसीपुर । तुलसीपुर उद्योग वाणिज्यसंघले बढ्दो कोरोना संक्रमणको अवस्थामा सुरक्षित भएर व्यवसाय सन्चालन गर्न आम व्यवसायीहरुलाइ आग्रह गरेका छ ।
संक्रमणको विकराल अवस्थामा दाङ जिल्ला पनि गम्भीर संकटमा पर्ने अवस्था देखिएको भन्दै कोरोना भाइरसको संक्रमणबाट जोगिन स्वयम सचेत हुनुको कुनै विकल्प नरहेको पनि संघले जनाएको छ । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा बसेको आकस्मीक बैठकले आम जिल्लाबासीको स्वास्थ्य अवस्थाप्रति संघ अत्यन्तै गम्भीर रहेको भन्दै स्वास्थ्य संकटको व्यवस्थापनमा संघले स्थानिय पालिकालाइ जुनसुकै सहयोग गर्न पनि तयार रहेको निर्णय गरेको हो ।
‘तुलसीपुर क्षेत्रका आम व्यवसायीहरुलाइ नेपाल सरकारले तोकेका न्युनतम स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गर्दै व्यवसाय सन्चालन गर्न आग्रह गर्दछौं’—बैठक पछि अध्यक्ष चालिसे र महासचिव विनिल केसीले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । बैठकमा यदि कोरोना भाइरसको संक्रमणबाट दाङलाइ जोगाउन लकडाउनको आवस्यकता पर्दछ भने त्यसमा पनि संघ सधै सकारात्मक रहेको पनि निर्णय भएको प्रेस सल्लाहकार शरद रेग्मीले बताए ।
साथै बैठकले स्थानिय पालिकालाइ संक्रमितहरुको खोजिगरी कन्ट्याक्ट ट्रेसिङ बढाउने तथा वाहिरबाट आउने नागरीकहरुकालागी क्वारेन्टाइन र आवस्यकता अनुसार आइशोलेशन निर्माण गर्न स्थानिय सरकारलाइ आग्रह गरेको छ । ‘हाल विद्यमान कोरोना विशेष अस्पतालले मात्र यहांका संक्रमितहरुको उपचार सेवा दिन सक्ने अवस्था छैन, स्थानिय सरकारलाइ तत्काल अस्पतालको क्षमता बढाउन र स्वास्थ्य उपचारसेवा प्रभावकारी बनाउन स्थानिय पालिका लगायत तीनै तहका सरकारलाइ आग्रह गर्दछौं’—संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
बैठकमा पुर्व अध्यक्ष विमल रिजाल, वरीष्ठ उपाध्यक्ष मीनराज भण्डारी, उपाध्यक्ष ललितजगं शाह,सल्लाहकार मिनराज वलि,लगायतले स्वास्थ्य सचेतनासंगै स्वास्थ्य उपचारको थप व्यवस्थागर्न स्थानिय सरकारलाइ आग्रह गर्नुपर्ने धारणा राखेका थिए ।

nactional life -asoj
gaugauma singhadarbar

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

वि.सं.२०८२ कात्तिक १९ बुधवार ११:३६

काठमाडौं । काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ...

मन्त्रिपरिषद् बैठकले गर्याे १३ निर्णय : महासेनानी दर्जामा बढुवा देखि दरबन्दी स्वीकृत गर्नेसम्म (सूचीसहित)

मन्त्रिपरिषद् बैठकले गर्याे १३ निर्णय : महासेनानी दर्जामा बढुवा देखि दरबन्दी स्वीकृत गर्नेसम्म (सूचीसहित)

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १७:१०

काठमाडौं । सरकारले बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम...

कुलमानले कार्यकारी निर्देशकबाट नियम विपरीत हटाएको भन्दै हितेन्द्रले हाले सर्वोच्चमा मुद्दा

कुलमानले कार्यकारी निर्देशकबाट नियम विपरीत हटाएको भन्दै हितेन्द्रले हाले सर्वोच्चमा मुद्दा

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १२:१७

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण (नेपाल विद्युत् प्राधिकरण)का पूर्व कार्यकारी...

पत्रकार फणिन्द्र लामिछानेको उपन्यास ‘गाउँ आएको मोटरबाटो’ लोकार्पण

पत्रकार फणिन्द्र लामिछानेको उपन्यास ‘गाउँ आएको मोटरबाटो’ लोकार्पण

वि.सं.२०८२ कात्तिक १६ आइतवार १९:४४

काठमाडौं । पत्रकार, लेखक तथा समाजवादी चिन्तक फणिन्द्र लामीछानेद्वारा लिखित...

जेनजी सरकारलाई पहिलो धक्का : राजदूत फिर्ता निर्णयमा सरकारलाई रोक, सर्वोच्चले दियो अन्तरिम आदेश

जेनजी सरकारलाई पहिलो धक्का : राजदूत फिर्ता निर्णयमा सरकारलाई रोक, सर्वोच्चले दियो अन्तरिम आदेश

वि.सं.२०८२ कात्तिक १६ आइतवार १७:३६

काठमाडौं । सर्वोच्च अदालतले सरकारले विभिन्न ११ देशमा कार्यरत नेपाली...

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा आजदेखि सुनुवाइ हुने

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा आजदेखि सुनुवाइ हुने

वि.सं.२०८२ कात्तिक १२ बुधवार ०९:२८

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा...