मतदाता भेटघाटमा व्यस्त मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेदवार राना
वि.सं.२०८२ माघ २८ बुधवार
हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा मकवानपुर जिल्लास्थित राजनीतिक दल र उम्मेदवारहरू घरदैलो तथा मतदाता भेटघाट अभियानमा व्यस्त बनेका छन् ।
उक्त भेटघाटमा मकवानपुर क्षेत्र नम्बर–१ का नेकपा एमालेबाट उम्मेदवार रामेश्वर राना,संविधान सभा सदस्य एवं वागमति प्रदेशका सदस्य दिल बहादुर घिसिङ , युवा नेता वागमति प्रदेशका निवर्तमान प्रदेश कमिटी सदस्य तथा प्रदेश कमिटीका सल्लाहकार नारायणप्रसाद सापकोटाको टोली बकैया गाउँपालिका वडा नम्बर–१ मा पुगेको हो ।
मकवानपुर जिल्ला क्षेत्र नम्बर–१ बाट नेकपा एमालेबाट रामेश्वर रानालाई विजयी गराउने उद्देश्यका साथ मकवानपुर जिल्ला बकैया गाउँपालिका वडा नम्बर–१ मा अगुवा कार्यकर्ता भेला गरिएको सापकोटाले जानकारी दिए । आयोजित उक्त कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता तथा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो।
ईमान्दार, कर्मठ र सादगी नेताका रूपमा परिचित रानाले निर्वाचन क्षेत्रमा आफ्नो बलियो पकड रहेको दाबी गर्दै यसपटक अन्य उम्मेदवारलाई पछि पार्दै जित हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।
मकवानपुर क्षेत्र नम्बर–१ मा यसपटक कडा प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रमा कांग्रेसकी पूर्व सांसद महालक्ष्मी उपाध्याय ‘डिनासँग’ रानाको मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
प्रकाशित समय : १३:२६ बजे






















