back

यस्तो छ बिपी राजमार्गमा वर्षामा पनि यातायात साधन सञ्चालन गर्ने योजना

nactional life

रामेछाप । गएको असोज ११ र १२ गतेको बाढीले क्षतविक्षत बनाएको बिपी राजमार्गको रोशी खोला क्षेत्रमा वर्षाको समयमा पनि यातायात साधन नरोकिने गरी सड निर्माणको काममा सडक डिभिजन कार्यालय भक्तपुर जुटिरहेको छ । रोशी खोलाले बगाएको बिपी राजमार्गलाई अस्थायी रूपमा खोलाबाट सडक उठाएर पहिलेकै सडकमा जोडी वर्षाको समयमा पनि यातायात सञ्चालन गर्ने गरी काम भइरहेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जनाकारी दिए ।

असोजमा आएको बाढीले बिगारेको सडक अस्थायी रूपमा मर्मत गरी सञ्चालन गरिएकोमा आइतबार रातिको वर्षा पछि आएको बाढीले सोमबार आधा दिनसम्म सडक अवरुद्ध भएको थियो । काभ्रेको रोशी गाउँपालिकाको माम्तिमा डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको थियो ।आइतबार बगाएको डाइभर्सन पुरानै भएको र सो क्षेत्रमा सडक मर्मतको काम बाँकी नै रहेको उनको भनाई छ । एक हप्ता भित्र सो क्षेत्रमा पनि सडक निर्माणको काम सकिने र त्यस पछि वर्षामा पनि नियमित यातायात सञ्चालन हुने योगेशले बताए ।

‘दशैँमा यातायात सञ्चालन गराउनको लागि खोलाको बगरमा नै डाइभर्सन बनाएका थियौँ, अब यसलाई पहिलाको रोडको उचाइमा उठाएर वर्षामा पनि यातायात साधन चल्ने बनाउँछौँ’, उनले भने । स्थायी रूपमा सडक निर्माणको लागि पनि टेण्डर भइसकेको बताउँदै उनले अब सो क्षेत्रमा डबल लेनको सडक बन्ने जानकारी दिए । निर्माण व्यवसायीले वर्षा सकिने बित्तिकै सो काम थाल्ने उनले बताए ।

बिपी मार्ग काठमाडौंबाट पूर्व जाने सबैभन्दा छोटो सडक हो । अत्यधिक सवारी चाप हुने सो सडक वर्षाको कारण अवरुद्ध हुँदा धेरै यात्रीहरू समस्यामा पर्ने गरेका छन् । यसमा सरकार र सरोकारवालाको गम्भीर ध्यान जानु पर्ने यात्रीहरूको भनाइ छ ।

असोज महिनामा आएको बाढीले रोशी गाउँपालिका क्षेत्रमा १० किलो मिटर बढी सडकमा क्षति पु¥याएको रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा बताउँछन् । वर्षाको समयमा पनि गाडी चल्ने बनाउन सडक डिभिजनले काम गरिहरेको उनले बताए ।

‘यातायात सुचारु राख्न सडक डिभिजनले पहल कदमी गरिरहेको छ, अस्थायी रूपमा बाटो सञ्चालन गर्ने कार्य अन्तिम चरण पुगेको छ, तै पनि बेला बेलामा समस्या आउन सक्छ, गाउँपालिकाको तर्फबाट हामी सबै खालका सहयोग र सहजीकरण गर्न तयार छौँ’, उनले भने ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कन्सुलर सेवालाई प्रविधिमैत्री बनाउँदै सरकार, ‘मोफा मित्र’ एपको शुभारम्भ

कन्सुलर सेवालाई प्रविधिमैत्री बनाउँदै सरकार, ‘मोफा मित्र’ एपको शुभारम्भ

वि.सं.२०८३ जेठ १२ मंगलवार १८:२५

काठमाडौं । कन्सुलर सेवा विभागद्वारा कन्सुलर सेवा प्रवाहलाई थप सहज,...

कर्णालीका झण्डै १७ लाख नागरिकले गरे विपद् बीमा

कर्णालीका झण्डै १७ लाख नागरिकले गरे विपद् बीमा

वि.सं.२०८३ जेठ १२ मंगलवार १६:४१

सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णालीका १६ लाख नागरिकको विपद्...

उखु किसानको भुक्तानी तत्काल समाधान गर्न सांसद अमरेश सिंहको माग

उखु किसानको भुक्तानी तत्काल समाधान गर्न सांसद अमरेश सिंहको माग

वि.सं.२०८३ जेठ १२ मंगलवार १४:२४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार...

काठमाडौंमा बर्ड फ्लु देखियो : नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौंमा बर्ड फ्लु देखियो : नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन आग्रह

वि.सं.२०८३ जेठ १२ मंगलवार १०:२६

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन...

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

वि.सं.२०८३ जेठ ११ सोमवार २१:४३

काठमाडौं । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को...

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

वि.सं.२०८३ जेठ ११ सोमवार १५:१४

इलाम । पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित...