back

न्यायालयलाई बेथिती र भ्रष्टाचर मुक्त बनाउन हाम्रो टिमः रमन कुमार श्रेष्ठ

nactional life

काठमाडौं । वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठले न्यायालयलाई बेथिति र भ्रष्टाचार मुक्त बनाउन नेपाल बारमा आफ्नो समुहलाई जिताउन अनुरोध गरेका छन् । मंगलबार काठमाडौंमा व्यवसायिक कानुन व्यवसायी समूहले गरेको उम्मेदवार परिचयात्मक कार्यक्रममा श्रेष्ठले आफूहरुले जितेमा गिर्दो बारको प्रतिष्ठा र गरिमालाई माथि उठाउनेसमेत ठोकुवा गरेका छन् ।

आगमी चैत २३ गते हुने नेपाल बार एशोसियशनको केन्द्रीय कार्यसमितिको निर्वाचनमा सत्तासिन नेकपा ९एमाले० निकट कानुन व्यवसायी संगठन र नेपाली काँग्रेस निकट कानुन व्यवसायी संगठनको गठबन्धनलाई चुनौति दिन आफ्नो समुह सक्षम रहेको श्रेष्ठले बताए ।

विभिन्न कानुन व्यवसायी संगठन तथा स्वतन्त्र उर्जाशील कानुन व्यवसायीहरु मिलेर ‘व्यवसायिक कानुन व्यवसायी समूह’ निर्माण गरिएको र आफू नेतृत्वको समुहमा सबै किसिमका स्वच्छ अब्बल अधिवक्तहरुको प्रतिनिधित्व भएकोले पनि जिताउन अपिल गरेका छन् ।

पूर्वमहान्यायधीवक्त समेत रहेका श्रेष्ठले आफ्नो सम्पूर्ण जीवन यही क्षेत्रमा विताएको र बाँकी जीवन पनि यही क्षेत्रमा रहेर यसको सुदृढिकणमा बिताउने बताउँदै भने,“मलाई राजनीतिक या अन्य कुनै पदमा जानु छैन, बरु मैले कानुनी क्षेत्रमा जति अनुभव गरेँ अब न्यायालयभित्रको बेथिति सुधार्ने चाहना छ ।” “अदालतमा हुने विकृति, विसंगति अनियमितता र भ्रष्टाचार विरुद्ध विशेष कार्यक्रम सञ्चालन गरिने छ, हामीले जित्नेवित्तिकै बारका हरेक इकाइहरुमा ‘फैसला अध्ययन समिति’ निर्माण गरेर कार्यान्वयन गर्ने हो ।” श्रेष्ठले थपे ।

सो कार्यक्रममा पूर्वमहान्याधिवक्ता तथा वरिष्ठ अधिवक्ता डा।दिनमणी पोखरेलले रमन श्रेष्ठको टिमसँग सत्तासिन दुबै ठूला दलहरु निकट संगठनले पनि आत्तिएर गठबन्धन गर्नुले पनि जित निश्चित भएको बताए ।

महासचिवका उम्मेदवार यज्ञमणि न्यौपानेले न्यायपालिकामा हुने राजनीतिक हस्तक्षेप रोक्न तथा स्वतन्त्र न्यायपालिकाको संस्थागत विकास गर्न पहल गर्न ‘व्यवसायिक कानुन व्यवसायी समूह’ले जित्नुपर्ने धारणा राखे ।

सो समुहकी महिला उपाध्यक्षकी उम्मेदवार अधिवक्ता दिना श्रेष्ठ र बगमति प्रदेश उपाध्यक्षका उम्मेदवार अधिवक्त डेकेन्द्र प्रसाद सुवेदीले आफ्नो समूह हरेक हिसाबले अब्बल भएकाले पनि अफूहरुलाई भरोषा गर्न अनुरोध गरे ।

युवा अधिवक्ताहरु कपिल ढकाल, वीरभद्र जोशी, दिपक अधिकारी, राजु अधिकारी, करुणा पराजुली, मनिषा पाण्डेले रमन कुमार श्रेष्ठ नेतृत्वको समुहलाई विजयी गराउन अनुरोध गरे ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

वि.सं.२०८३ असार १ सोमवार १२:४५

काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस्...

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

विराटनगरमा कोशी प्रदेश युवा सम्मेलन, मन्त्री महतोले गरे उद्घाटन

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:००

विराटनगर । विराटनगरमा बिहीबारदेखि कोशी प्रदेश युवा सम्मेलन–२०२६ औपचारिक रूपमा...