back

वैकल्पिक उर्जालाई सेवा मात्र नभइ व्यवसायिक हिसाबले अगाडि बढाउनु पर्ने : मन्त्री खड्का

काठमाडौं । जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले वैकल्पिक उर्जालाई अब सेवाको रुपमा मात्र नभई व्यवसायिक हिसाबले पनि अगाडि बढाउन आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा वैकल्पिक उर्जा प्रवन्द्र्धन केन्द्रद्धारा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले समयसापेक्षित रुपमा आफ्ना गतिविधिहरु र सेवाहरु प्रदान गर्दै अगाडि बढ्नुपर्ने पनि बताए ।

उनले भने,‘ हिजो हामीले सेवाको रुपमा लिएको यस वैकल्पिक उर्जालाई अब बिस्तारै व्यवसायिक हिसाबले पनि अगाडि बढाउनु पर्ने आवश्यकता सरकारले,मन्त्रालयले महशुस गरेको छ । अब समय परिवर्तन भएको छ । समयसापेक्षित आफ्ना गतिविधिहरु, सेवाहरु प्रदान गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’

त्यस्तै उनले सरकारले आफ्नो नीति रणनीति योजना तथा लक्ष्यहरुमार्फत नविकरणीय उर्जाको विस्तार तथा उर्जा दक्षताको अवलम्बनलाई विशेष प्राथमिकता दिँदै आएको पनि जानकारी गराए उनले भने,‘नेपाल सरकारले आफ्नो नीति रणनीति योजना तथा लक्ष्यहरुमार्फत नविकरणीय उर्जाको विस्तार तथा उर्जा दक्षताको अवलम्बनलाई विशेष प्राथमिकता दिँदै आएको छ ।

हालै स्वीकृत भएको उर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८१ मा नेपाललले अघि सारेका स्वच्छ उर्जा र जलवायु परिवर्तनसम्बन्धि अन्तराष्ट्रिय प्रतिबद्धता र राष्ट्रिय लक्ष्यमा नविकरणीय उर्जा दक्ष र स्वच्छ उर्जा रुपान्तरणलाई उच्च प्राथमिकता दिइएको छ ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ

वि.सं.२०८३ साउन १८ सोमवार १४:५८

काठमाडौं ।  तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल...

युवालाई सीपयुक्त बनाएर रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

युवालाई सीपयुक्त बनाएर रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

वि.सं.२०८३ साउन १८ सोमवार १४:५५

काठमाडौं । युवाहरूलाई प्राविधिक सीपमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले...

बिपी राजमार्ग : अत्यधिक सवारीचाप, खराब सडक र उर्लँदो खोलाको जोखिमपूर्ण यात्रा

बिपी राजमार्ग : अत्यधिक सवारीचाप, खराब सडक र उर्लँदो खोलाको जोखिमपूर्ण यात्रा

वि.सं.२०८३ साउन १८ सोमवार १४:५२

रामेछाप । काठमाडौंबाट पूर्वी नेपालका विभिन्न जिल्लामा आवतजावत गर्ने प्रमुख...

सिन्धुलीको नवलपुरघाटमा दुर्घटना : सुनकोशीमा खसेको कारका सवारको पहिचान खुल्यो

सिन्धुलीको नवलपुरघाटमा दुर्घटना : सुनकोशीमा खसेको कारका सवारको पहिचान खुल्यो

वि.सं.२०८३ साउन १८ सोमवार १४:५०

रामेछाप । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गमा आज...

मुगुको बाम गाउँमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

मुगुको बाम गाउँमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

वि.सं.२०८३ साउन १७ आइतवार २०:२९

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–१४ स्थित बाम गाउँमा नेपाल...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा 

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा 

वि.सं.२०८३ साउन १७ आइतवार ११:५४

काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक भएपछि...