back

जिउँदो खसीको मूल्य तोकियो, च्याङ्ग्राको कति ?

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका लागि ल्याइएका खसी च्याङ्ग्रा १० रुपैयाँ छुटसहित बिक्री गर्ने भएको छ । जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० निर्धारण गरि १० रुपैयाँ छुट गरेर ६६० रुपैयाँमा बिक्री गर्ने कम्पनीले जनाएको छ ।

यस्तैगरि च्याङ्ग्रा जिउँदो प्रतिकिलो १२२० रुपैयाँमा बिक्री गरिने भएको छ । गत वर्ष च्याङ्ग्राको मूल्य प्रतिकिलो १२६० रुपैयाँ तोकेको थियो । उक्त मूल्यमा बिक्री नभएपछि मूल्य घटाएको थियो । कम्पनीले दसैँमा १ हजार ५०० खसी बोका र ३०० च्याङ्ग्रा गरी जम्मा १८ सय बेच्ने लक्ष्य राखेको छ ।

यी खसीबोका र च्याङ्ग्रा प्रादेशिक कार्यालय थापाथली, काठमाडौँ परिसरबाट २० गते आइतबारदेखि बिक्री गरिने कम्पनीले जनाएको छ । मकवानपुरबाट ल्याइएका खसीबोका आज बिहानसम्म २०८ वटा थापाथली आइपुगेका छन् । ५०० वटा खसी बोका र मुस्ताङ्बाट ल्याइएका २०० वटा च्याङ्ग्रा आज साँझसम्म आइपुग्ने कम्पनीका प्रवक्ता अम्बिका पौडेलले जानकारी दिइन् । ‘घटस्थापनाको दिनदेखि बिक्री गरिने लक्ष्य हो तर बाटो बिग्रिएका कारण ल्याउन ढिला भयो । भोलिबाट बिक्री गर्ने छौँ,’ पौडेलले भनिन् ।

 


हेटौंडामा ट्रकसंग ठोक्किदा ग्याँस लोड भएको बुलेट पल्टियो

हेटौंडामा ट्रकसंग ठोक्किदा ग्याँस लोड भएको बुलेट पल्टियो

वि.सं.२०८१ चैत ७ बिहीवार १०:१५

हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा ९ पशुपतिनगरमा ट्रकसंग...

भक्तपुर अस्पतालको सामाजिक परीक्षण अन्तर्गत आमभेला कार्यक्रम सम्पन्न

भक्तपुर अस्पतालको सामाजिक परीक्षण अन्तर्गत आमभेला कार्यक्रम सम्पन्न

वि.सं.२०८१ चैत ६ बुधवार २२:१३

भक्तपुर । भक्तपुर अस्पतालले आज सामाजिक परीक्षण अन्तर्गत  आमभेला कार्यक्रम...

चीनलाई अहिलेसम्मकै ठूलो सफलता : ड्रोनबाट कार्गो उडान

चीनलाई अहिलेसम्मकै ठूलो सफलता : ड्रोनबाट कार्गो उडान

वि.सं.२०८१ चैत ६ बुधवार १७:३४

चीनले देशकै अहिलेसम्मको ठूलो कार्गो ड्रोनको पहिलो उडान सफलतापूर्वक पूरा...

सडकमै सुतेर ‘नो केबलकार समूह’को विरोध प्रदर्शन

सडकमै सुतेर ‘नो केबलकार समूह’को विरोध प्रदर्शन

वि.सं.२०८१ चैत ६ बुधवार १७:२७

काठमाडौं। ‘नो केबलकार समूह’ ले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणको...

प्राथमिकताको आधारमा योजनाका बजेट छनोट गर्नुपर्छ : मन्त्री सिंह

प्राथमिकताको आधारमा योजनाका बजेट छनोट गर्नुपर्छ : मन्त्री सिंह

वि.सं.२०८१ चैत ६ बुधवार १४:५९

काठमाडौं । उप–प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले योजना...

‘२५ करोड रकम तस्करी पछाडीको नाइकेहरुलाई कारबाहीको दायरामा ल्याउनु पर्छ’ : सांसद खतिवडा

‘२५ करोड रकम तस्करी पछाडीको नाइकेहरुलाई कारबाहीको दायरामा ल्याउनु पर्छ’ : सांसद खतिवडा

वि.सं.२०८१ चैत ६ बुधवार १४:२१

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले २५ करोड अवैध...