back

दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट

दसैँमा २० लाखभन्दा बढी यात्रु प्रत्येक वर्ष उपत्यकाबाट बाहिरिने गरेको तथ्याङ्क छ ।

काठमाडौँ। नेपालीहरुको महान् पर्व दसैँ, तिहार तथा छठ मनाउन घर जानका लागि दुई दिनमा २९ हजार नौ सय ५५ यात्रुले बसको अग्रिम टिकट लिएका छन् । नयाँ बसपार्कबाट मात्र दुई दिनमा सो सङ्ख्यामा अग्रिम टिकट बिक्री भएको हो ।

सरकारले यही असोज १२ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो । यातायात व्यवस्था विभाग, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको गतहप्ता बसेको बैठकले गत शनिबारदेखि लामो दूरीका सवारीसाधनका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो ।

नयाँबसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार असोज १२ गते १८ हजार तीन सय ६५ र असोज १३ गते ११ हजार पाँच सय ९० यात्रुले अग्रिम टिकट लिएका थिए ।

सरकारले सुदूरपश्चिमको दार्चुला, धनगढी, टीकापुर, बझाङ, बाजुरा, प्यूठान, रुकुम, रोल्पालगायतका स्थान तथा पूर्वको काँकडभिट्टा, भद्रपुर, तेह्रथुम, खाँदबारी, ताप्लेजुङ, भोजपुर, इलाम, पशुपतिनगर, धरान, विराटनगरलगायतका स्थानमा जाने यात्रुलाई अग्रिम टिकट दिन सुरु गरेको हो ।

पृथ्वी राजमार्गअन्तर्गत गोरखा, पोखरा, लमजुङ, बागलुङ, म्याग्दी, स्याङ्जा, नुवाकोट, रसुवालगायतका छोटो दूरीमा जाने सवारीसाधनको टिकट भने चाँडै खुला गर्ने सरकारको तयारी छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले दसैँ मनाउन घर जाने यात्रुलाई सुरक्षित तवरले गन्तव्यस्थलमा लैजान महासङ्घ लागिपरेको बताउनुभयो । वर्षाका कारण तीन दिनदेखि काठमाडौँमा रोकिएका सार्वजनिक सवारीसाधान क्रमशः नयाँ बसपार्कबाट गन्तव्यस्थलतर्फ जान थालेका छन् । दसैँमा २० लाखभन्दा बढी यात्रु प्रत्येक वर्ष उपत्यकाबाट बाहिरिने गरेको तथ्याङ्क छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नागढुंगा सुरुङमार्गले नेपालको पूर्वाधार विकासमा नयाँ युग सुरु गर्यो : सचिव सिग्देल

नागढुंगा सुरुङमार्गले नेपालको पूर्वाधार विकासमा नयाँ युग सुरु गर्यो : सचिव सिग्देल

वि.सं.२०८३ साउन ११ सोमवार १३:१७

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले नागढुंगा–सिस्नेखोला...

सुरुङमार्गको उद्देश्य दूरी घटाउनु र इन्धन बचत गर्नु हो : मन्त्री लम्साल

सुरुङमार्गको उद्देश्य दूरी घटाउनु र इन्धन बचत गर्नु हो : मन्त्री लम्साल

वि.सं.२०८३ साउन ११ सोमवार १३:१४

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले सुरुङमार्ग निर्माणको...

नागढुंगा सुरुङमार्ग सञ्चालनको औपचारिक शुभारम्भ

नागढुंगा सुरुङमार्ग सञ्चालनको औपचारिक शुभारम्भ

वि.सं.२०८३ साउन ११ सोमवार १०:५८

काठमाडौं । नागढुंगा सुरुङमार्गको उद्घाटन समारोहमा पूर्वभौतिक पूर्वाधार तथा यातायात...

श्रमदानबाट मर्मत गरियो ३९ वर्ष पुरानो झोलुङ्गे पुल

श्रमदानबाट मर्मत गरियो ३९ वर्ष पुरानो झोलुङ्गे पुल

वि.सं.२०८३ साउन ११ सोमवार ०९:४१

मुगु । मुगुको सोरु गाउँपालिका–९ स्थित कालै–कुलाहा झोलुङ्गे पुल आठ...

विश्व आदिवासी दिवसको भब्य तयारी, खुलामञ्चमा ३५ हजार आदिवासी जनजातिको जमघट हुने

विश्व आदिवासी दिवसको भब्य तयारी, खुलामञ्चमा ३५ हजार आदिवासी जनजातिको जमघट हुने

वि.सं.२०८३ साउन १० आइतवार १६:४५

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले ३२औँ विश्व...

के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?

के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?

वि.सं.२०८३ साउन १० आइतवार १५:५९

एजेन्सी । अमेरिकन हार्ट एसोसिएसनले सार्वजनिक गरेको नयाँ वैज्ञानिक अध्ययन...