back

मंकिपक्स भाइरल इन्फेक्सनबाट सचेत रहन एनआरएनएको आग्रह ,हेर्नुहोस् कस्ता हुन्छन् लक्षण

nactional life

लन्डन। गैरआवासीय नेपाली संघको विश्व स्वास्थ्य समितिले पश्चिमी युरोपमा रहेका नेपालीलाई मंकिपक्स भाइरल संक्रमणबाट बच्न सुझाव दिएको छ ।

विश्व स्वास्थ्य समितिका अध्यक्ष डा.सञ्जीव सापकोटाका अनुसार पश्चिम युरोपका मात्र नभएर अष्ट्रेलिया, अमेरिकाकालगायत १४ भन्दा बढी देशका नागरिकमा मंकिपक्सका संक्रमित भेटिएको छ । पश्चिम युरोप र बेलायतमा सबैभन्दा धेरै केस भेटिएका छन् । पोर्चुगल, स्वीडेन, नेदरल्यान्ड्स, अस्ट्रिया, बेल्जियममा पनि संक्रमित फेला परेका छन् ।

सापकोटाले मंकिपक्सको लक्षण ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने र थकान देखिने बताए । ज्वरो देखा परेको एकदेखि तीन दिनभित्र रोगीको छालामा रेसा देखा पर्दछ । रेसा प्रायः अनुहारबाट सुरु हुन्छ र त्यसपछि शरीरका अन्य भागमा फैलिँदै जान्छ । त्यसपछि रेसाहरू पानी भरिएको फोकामा परिणत हुन्छन् ।

मंकिपक्सको इन्क्युबेशन अवधि सामान्यतया ७-१४ दिन हुन्छ। मंकिपक्सकाे अहिलेसम्म कुनै विशेष उपचार छैन । तर मंकिपक्सका धेरै केस हल्का र आत्मसीमित हुन्छन् । यो समस्या दुईदेखि चार हप्ताभित्र समाधान हुन सक्छ । तर बुढेसकाल भएका व्यक्तिहरू र इम्युनोलोजिकल रूपमा कमजोर भएकालाई मंकिपक्सले गम्भीर जटिलता निम्त्याउन सक्ने र मृत्युसमेत हुने चिकित्सकहरूले बताएका छन् ।

अन्य भाइरल रोगका लागि काम गर्ने एन्टिभाइरल औषधि पनि मंकिपक्सविरुद्ध प्रभावकारी देखाइएको छ। यसअघिको तथ्यांकले संक्रमितमध्ये १० प्रतिशतको मृत्यु भएको देखाएको छ। मंकिपक्स सन् १९७० मा पहिलोपटक देखापरेको थियो र त्यसपछि यो रोग लाग्ने १० मध्ये एकजनामा मृत्यु भएको पाइएको छ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै

वि.सं.२०८३ असार २ मंगलवार ०८:३५

काठमाडौं । आज अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस मनाइँदै छ ।...

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

वि.सं.२०८३ असार १ सोमवार १७:४९

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ को गाईमारेमा वन अतिक्रमण हटाउने...

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

वि.सं.२०८३ असार १ सोमवार १६:५९

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय तथा...

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

परराष्ट्रमन्त्रीले भारत भ्रमणमा राष्ट्रवाद बिर्सिनुभयो : पद्मा अर्याल

वि.सं.२०८३ असार १ सोमवार १२:५२

काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति...

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध

वि.सं.२०८३ असार १ सोमवार १२:४५

काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस्...

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

नेपालमा बालश्रम : हिमाली तथा पहाडी दुर्गम क्षेत्रमा अझै जोखिम

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०५

काठमाडौं । प्रत्येक वर्ष जुन १२ मा विश्वभर विश्व बालश्रम...