back

प्रतिस्पर्धी हेरेको हेरै! काठमाडौंमा बालेन साहले कटाए ५० हजार मत, उपमेयरमा सुनिताले ल्याईन् ५४ हजार

काठमाडौं। काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ५० हजार मत कटाएका छन् । आज मंगलबार ३ बजेको आधिकारिक मतपरिणामअनुसार साहले ५० हजार ३३९ मत प्राप्त गरेका हुन् ।

हालसम्म १ लाख ४९ हजार ९४२ मत गणना हुँदा साहले सो मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत प्रेम प्रसाद पौडेलले जानकारी दिएका छन्।

उनका अनुसार काँग्रेसबाट मेयर उम्मेदवार रहेकी सिर्जना श्रेष्ठले ३० हजार ९५४ मत पाएकी छन् भने एमालेका केशव स्थापितले ३० हजार ३३६ मत पाएका छन् । यस्तै राप्रपाका मदनदास श्रेष्ठले ४ हजार ५९९ मत पाएका छन् ।

यस्तैगरि उपमेयरमा एमालेकी सुनिता डंगोलले बालेन शाहले भन्दा पनि बढी लोकप्रिय मत पाएका छन् । डंगोलले ५४ हजार ९१ मत पाउँदा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले १८ हजार ६५५ मत पाएका छन् । यस्तै राप्रपाका उम्मेदवार ९ हजार ७६२ मत पाएको पौडेलले जानकारी दिए ।

nactional life
Corporatebazar 11 Anniversary

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १९:०२

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा...

संसदीय समितिका सभापतिको निर्वाचन आज हुने

संसदीय समितिका सभापतिको निर्वाचन आज हुने

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३८

काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचन आज हुने...

आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री

आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मातातीर्थ औंसी अर्थात् आमाको मुख...

राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजदेखि लागू

राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजदेखि लागू

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:२५

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेको...

१२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता

१२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता

वि.सं.२०८३ वैशाख ३ बिहीवार १७:४१

काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज...

रास्वपा संसदीय समितिको बैठकले लगायो सभापतिका उम्मेदवार टुंगो

रास्वपा संसदीय समितिको बैठकले लगायो सभापतिका उम्मेदवार टुंगो

वि.सं.२०८३ वैशाख ३ बिहीवार १५:१०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिका उम्मेदवार...