काठमाडौं अपडेटः प्रतिस्पर्धी स्थापित भन्दा बालेनले बनाए ४ हजार ८ सयको मतान्तर
वि.सं.२०७९ जेठ ३ मंगलवार
काठमाडौं। काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ले ४ हजार ८०७ मतान्तर बनाएका छन् ।
पछिल्लो मतपरिणामअनुसार शाहले १० हजार २४१ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले ५ हजार ४३५ मत पाएका छन् ।
कांग्रेसकी सिर्जना सिंहले ४ हजार ७४२ मत पाएकी छन् ।
उपमेयरमा भने एमाले उम्मेदवार सुनिता डंगोल भारी मतका साथ अगाडि छन् । उनले ९ हजार ४१९ मत पाउँदा निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २ हजार ५७५ मत पाएका छन् ।
यो अपडेट विहान ९ बजेको हो।
प्रकाशित समय : ०९:१९ बजे






















