back

यातायात व्यवसायी महासंघको अध्यक्षमा विजय स्वाँर, महासचिवमा गौतम निर्वाचित

काठमाडौं । यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा विजयबहादुर स्वाँर निर्वाचित भएका छन्।

महासंघको हिजो (मंगलबार) भएको अधिवेशनले स्वाँरलाई निर्विरोध रूपमा अध्यक्षमा चयन गरेको हो।

उनी लामो समयदेखि महासंघमा वरिष्ठ उपाध्यक्ष रहेका थिए। तीन कार्यकाल वरिष्ठ उपाध्यक्ष रहेका स्वाँरलाई सर्वसम्मत रूपमा अध्यक्ष बनाइएको महासंघले जनाएको छ।

स्वाँर नेपाली कांग्रेसका नेतासमेत हुन्। कैलाली क्षेत्र नम्बर २ बाट उनी कांग्रेस महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य छन्।
महासंघको वरिष्ठ उपाध्यक्षका लागि भने मतदान भएको थियो। तीन पदका लागि चार जना चुनावी मैदानमा थिए।

आज बिहान सकिएको मतगणनाअनुसार वरिष्ठ उपाध्यक्षमा सरोज सिटौला, हरिशरण केसी र ऐनकुमार शाही निर्वाचित भए भने केदार पौडेल पराजित भएका छन्।

‘अध्यक्षमा स्वाँर सर्वसम्मत हुनुभएको हो,’ सिटौलाले भने, ‘वरिष्ठ उपाध्यक्षमा मलगायत साथीहरू जित्यौं।’

महासंघको महासचिवमा भने डेकनाथ गौतम र उपमहासचिवमा पुरूषोत्तम सिंखडा,शम्भू रिजाल र गगन रोका चयन भएका छन्। यस्तै कोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ र सहकोषाध्यक्ष अर्जुन गौतम निर्वाचित भएको महासंघले जनाएको छ।

 

nactional life
Corporatebazar 11 Anniversary

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १९:०२

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा...

संसदीय समितिका सभापतिको निर्वाचन आज हुने

संसदीय समितिका सभापतिको निर्वाचन आज हुने

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३८

काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचन आज हुने...

आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री

आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:३१

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मातातीर्थ औंसी अर्थात् आमाको मुख...

राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजदेखि लागू

राजस्व तिरेको २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजदेखि लागू

वि.सं.२०८३ वैशाख ४ शुक्रवार ११:२५

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेको...

१२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता

१२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता

वि.सं.२०८३ वैशाख ३ बिहीवार १७:४१

काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज...

रास्वपा संसदीय समितिको बैठकले लगायो सभापतिका उम्मेदवार टुंगो

रास्वपा संसदीय समितिको बैठकले लगायो सभापतिका उम्मेदवार टुंगो

वि.सं.२०८३ वैशाख ३ बिहीवार १५:१०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिका उम्मेदवार...