back

आयोगले चुनावका लागि सवारी साधनका नाममा एउटा साइकलपनि नकिन्ने ,अरु सामान के किन्ला ?

काठमाडौं । निर्वाचन आयोगले यो वर्ष सवारी साधन खरिद नगर्ने भएको छ । आयोगले अघिल्ला निर्वाचनका बेला सवारी साधन खरिद गर्ने गरेपनि आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको चुनावका लागि बजेट थोरै भएका कारण सवारी साधन खरिद नगर्ने भएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यो वर्ष अर्थ मन्त्रालयले मितव्ययिता अपनाउन भन्दै कम बजेट सीमा तोकेकोले आयोगले सवारी साधन नकिन्ने बताए । पौडेलले भने, ‘आयोगले यो वर्ष सवारी साधनका नाममा एउटा साइकलपनि किन्दैन । यो वर्ष हामीले मितव्ययी निर्वाचन गर्न खोजेका छौँ । केही विद्युतीय सवारी साधन खरिद गर्ने कुरा भएपनि अर्थमन्त्रालयले यो बर्ष बजेट सीमा कम गरेको छ । यो बर्ष कम्प्युटर समेत धेरै किन्दैनौँ । आयोगले स्थापना गर्न लागेको कल सेन्टरका लागि चार पाँचवटा कम्प्युटर किन्छौँ ।’

आयोगले ३ सय हाराहारी शीर्षकमा खर्च गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पठाएपनि मन्त्रालयले धेरै शीर्षक कतौटी गरेर बजेट सीमा तय गरेको आयोगको भनाई छ ।

यस अघिको चुनावमा भन्दा कर्मचारी कम परिचालन, कम दिन परिचालनदेखि मितव्ययी रुपमा सामान खरिदका लागि सीमा निर्धारण गरेको आयोगले अघिल्ला बर्षको तुलनामा कम खर्च गर्ने भएको छ।


नेपालमा भियतनामी लगानी बढाउन सरकारले सहजीकरण गर्ने

नेपालमा भियतनामी लगानी बढाउन सरकारले सहजीकरण गर्ने

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:४६

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भियतनामी लगानीकर्ताका लागि...

राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानीसम्बन्धी अध्यादेश जारी गरेका छन्...

हस्तकला व्यवसायको आयात प्रतिस्थापनमा महत्वपूर्ण भूमिका : मन्त्री भण्डारी

हस्तकला व्यवसायको आयात प्रतिस्थापनमा महत्वपूर्ण भूमिका : मन्त्री भण्डारी

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २१:२३

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले हस्तकला व्यवसायले...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति पौडेल

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति पौडेल

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:२२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ८ वटा विषयमा समझदारीमा हस्तारक्षर, कस्ता छन् सम्झौता ?

नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ८ वटा विषयमा समझदारीमा हस्तारक्षर, कस्ता छन् सम्झौता ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १३:०३

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका ८...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी, के हो इडुरोम ?, के हो नेअशिस ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी, के हो इडुरोम ?, के हो नेअशिस ?

वि.सं.२०८१ वैशाख ११ मंगलवार २२:२४

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे...