back

काठमाडौंमा एक साता निषेधाज्ञा थप्ने तयारी, भोलीको बैठकले निर्णय गर्ने

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एक साता लम्ब्याउने तयारी भएको प्रशासनले जनाएको छ । आज उपत्यकाका सिईओहरुको बैठक निषेधाज्ञा अझै कसरी कडाई गर्ने भन्नेमा केन्द्रीत रहने भएको हो । आइतबार मन्त्रिपरिषद् बैठकले १५ दिन थप निषेधाज्ञा जारी गर्न प्रशासनलाई निर्देशन दिइसकेको छ ।

उद्यपी लकडाउन बढाउनका लागि भोली नै अर्काे बैठक बस्ने छ । काठमाडौं उपत्यकामा पहिलो चरणको निषेधाज्ञा २२ गते राति १२ बजे सकिँदै छ । ‘२२ गतेसम्म सोही निषेधाज्ञा कायम रहन्छ । २२ गते नै अर्को बैठक बसी निषेधाज्ञा लम्ब्याउने योजना तय गरेका छौँ। अब निषेधाज्ञा एक सात लम्ब्याउनेबारे कुनै दुविधा छैन,” काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने, ‘‘निषेधाज्ञामा कसरी कडाइ गर्न सकिन्छ भन्नेबारे छलफल गरी निर्णय लिने हो । निषेधाज्ञाको संरचना उस्तै भए पनि त्यसलाई आवश्यक थप कडाइ गर्ने गृहकार्यमा जुटेका छौँ ।”

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा निषेधाज्ञा थप कडाई गर्ने तयारी गरेको छ । निषेधाज्ञामा कसैले आदेश उल्लङ्घन गरे त्यसलाई होल्ड नगरी कारबाही गरिने जनाएको छ । संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कारबाही गरिने जनाइएको छ । अहिलसम्म लकडाउनको उल्लंघन गर्नेलाई होल्ड गराएपनि अब भने जरीवाना तिराउने तयारीमा प्रशासन रहेको छ । प्रशासनले राजधानीका सबै प्रहरी वृत्तमा कारबाही रसिद समेत पठाईसकेका छन् ।
उनले आजसम्म सचेत गराउँदा पनि निषेधाज्ञा उल्लङ्घन गरी घर बाहिर निस्कनेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी पराजुली काठमाडौंमा मास्क नलगाउनेलाई जरिबाना गर्न प्रहरीलाई रसिद पठाइसकेको बताएका हुन्।


शैक्षिक परामर्श व्यवसायीलाई आधारहीन आरोप नलगाउन इक्यानको आग्रह

शैक्षिक परामर्श व्यवसायीलाई आधारहीन आरोप नलगाउन इक्यानको आग्रह

वि.सं.२०८२ वैशाख ३० मंगलवार ०९:३६

काठमाडौं । शैक्षिक परामर्श व्यवासीहरुको छाता संस्था नेपाल शैक्षिक परामर्श...

पाकिस्तानमा भारतको हवाई आक्रमण : ८ जनाको मृत्यु ३५ जना घाइते

पाकिस्तानमा भारतको हवाई आक्रमण : ८ जनाको मृत्यु ३५ जना घाइते

वि.सं.२०८२ वैशाख २४ बुधवार ११:०३

नयाँ दिल्ली । भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ काश्मीरका ९...

नेपाल गरिब हुनको कारण असन्तुलित पराराष्ट्र नीति

नेपाल गरिब हुनको कारण असन्तुलित पराराष्ट्र नीति

वि.सं.२०८२ वैशाख २३ मंगलवार १२:१८

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले आज नेपाल गरिबी...

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८२ वैशाख २१ आइतवार १०:२७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

कक्षा १२ को परीक्षा आजदेखि सुरु, पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुँदै

कक्षा १२ को परीक्षा आजदेखि सुरु, पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुँदै

वि.सं.२०८२ वैशाख २१ आइतवार १०:१६

काठमाडौं । आज (आइतबार) बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट कक्षा १२...

अब भूकम्पबाट नभत्किने संरचना वा घरहरु बनाउन थालौं : प्रधानमन्त्री

अब भूकम्पबाट नभत्किने संरचना वा घरहरु बनाउन थालौं : प्रधानमन्त्री

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १४:५८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालको भूकम्पले नभत्किने...