back
himalayan life

काठमाडौंमा एक साता निषेधाज्ञा थप्ने तयारी, भोलीको बैठकले निर्णय गर्ने

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एक साता लम्ब्याउने तयारी भएको प्रशासनले जनाएको छ । आज उपत्यकाका सिईओहरुको बैठक निषेधाज्ञा अझै कसरी कडाई गर्ने भन्नेमा केन्द्रीत रहने भएको हो । आइतबार मन्त्रिपरिषद् बैठकले १५ दिन थप निषेधाज्ञा जारी गर्न प्रशासनलाई निर्देशन दिइसकेको छ ।

उद्यपी लकडाउन बढाउनका लागि भोली नै अर्काे बैठक बस्ने छ । काठमाडौं उपत्यकामा पहिलो चरणको निषेधाज्ञा २२ गते राति १२ बजे सकिँदै छ । ‘२२ गतेसम्म सोही निषेधाज्ञा कायम रहन्छ । २२ गते नै अर्को बैठक बसी निषेधाज्ञा लम्ब्याउने योजना तय गरेका छौँ। अब निषेधाज्ञा एक सात लम्ब्याउनेबारे कुनै दुविधा छैन,” काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने, ‘‘निषेधाज्ञामा कसरी कडाइ गर्न सकिन्छ भन्नेबारे छलफल गरी निर्णय लिने हो । निषेधाज्ञाको संरचना उस्तै भए पनि त्यसलाई आवश्यक थप कडाइ गर्ने गृहकार्यमा जुटेका छौँ ।”

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा निषेधाज्ञा थप कडाई गर्ने तयारी गरेको छ । निषेधाज्ञामा कसैले आदेश उल्लङ्घन गरे त्यसलाई होल्ड नगरी कारबाही गरिने जनाएको छ । संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कारबाही गरिने जनाइएको छ । अहिलसम्म लकडाउनको उल्लंघन गर्नेलाई होल्ड गराएपनि अब भने जरीवाना तिराउने तयारीमा प्रशासन रहेको छ । प्रशासनले राजधानीका सबै प्रहरी वृत्तमा कारबाही रसिद समेत पठाईसकेका छन् ।
उनले आजसम्म सचेत गराउँदा पनि निषेधाज्ञा उल्लङ्घन गरी घर बाहिर निस्कनेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी पराजुली काठमाडौंमा मास्क नलगाउनेलाई जरिबाना गर्न प्रहरीलाई रसिद पठाइसकेको बताएका हुन्।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

वि.सं.२०८३ असार १ सोमवार १७:४४

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि...

दार्चुलामा भारतीय हेलिकोप्टर किन आयो, सरकारको जवाफ चाहियो : सांसद दुलाल 

दार्चुलामा भारतीय हेलिकोप्टर किन आयो, सरकारको जवाफ चाहियो : सांसद दुलाल 

वि.सं.२०८३ असार १ सोमवार १२:५५

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले...

नापीका सेवा र राजस्व अब ‘मेरो कित्ता’ मार्फत

नापीका सेवा र राजस्व अब ‘मेरो कित्ता’ मार्फत

वि.सं.२०८३ जेठ २८ बिहीवार १०:५८

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले जग्गाको नक्सा, फिल्डबुकलगायत नापी...

जेनेभामा नेपाली निजामती ट्रेड युनियनको पक्षमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता, सरकारी कदमप्रति चिन्ता व्यक्त

जेनेभामा नेपाली निजामती ट्रेड युनियनको पक्षमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता, सरकारी कदमप्रति चिन्ता व्यक्त

वि.सं.२०८३ जेठ २७ बुधवार १३:३२

काठमाडौं । स्विट्जरल्यान्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को...

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार मन्त्रालयबाट सञ्चालित अधिकांश कार्यक्रम सम्पन्न

शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार मन्त्रालयबाट सञ्चालित अधिकांश कार्यक्रम सम्पन्न

वि.सं.२०८३ जेठ २७ बुधवार १३:२९

काठमाडौं । शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची अन्तर्गत सूचना तथा...

ट्रम्पले सेयर गरे आफ्नै प्रशंसामा बनेको एआईमा आधारित भिडियो

ट्रम्पले सेयर गरे आफ्नै प्रशंसामा बनेको एआईमा आधारित भिडियो

वि.सं.२०८३ जेठ २४ आइतवार ११:२७

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) प्रविधिबाट...