back

नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको छ

nactional life

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले नेपाल हिमाली देश भएको हुनाले, नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको बताएकी छन् । बुधबार काठमाडौंमा आयोजित राष्ट्रिय कार्यशाला दक्षिण एसियाका लागि जलवायु अनुकूलन र लचिलोपन परियोजना कार्यक्रममा उनले नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको भन्दै सगरमाथा संवादले विश्वका नीति निर्माता, पत्रकार र विभिन्न समाजलाई जलवायु परिवर्तको बारेमा छलफल गर्न एकै ठाँउमा ल्याउने बताएकी हुन् ।

उनले भनिन्, ‘नेपाल हिमाली देश भएको हुनाले, नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको छ । सगरमाथा संवादले विश्वका नीति निर्माता, पत्रकार र विभिन्न समाज सबैलाई जलवायु परिवर्तको बारेमा छलफल गर्न एकै ठाँउमा ल्याउने काम गर्छ । हामीले यो संवादमा विशेष गरेर हिमालहरुलाई प्राथमिकता दिने छौ ।’

यस्तै, उनले नेपाललाई बलियो पूर्वाधारको आवश्यकता भएको भन्दै अन्य देशका साझेदारहरूको साथ प्राकृतिक जलवायु स्थिर गर्न र जीविकोपार्जन सहज गर्ने तर्फ लागेको बताईन् । उनले भनिन्, ‘नेपाललाई बलियो पूर्वाधारको आवश्यकता छ । यसैले हामी अन्य देशका साझेदारहरूको साथ हाम्रो देशको सेवा गर्न चाहन्छौं । प्राकृतिक जलवायु स्थिरीकरणकर्ताको रूपमा, आर्थिक पुलको रूपमा विकास गर्दै, र जीविकोपार्जनमा पनि योगदान पु¥याउन चाहन्छौं ।’

विपद् जोखिम व्यवस्थापनमा धेरै चुनौतीहरुको सामना गर्नुपरेको भन्दै नेपाल विपद् जोखिम न्यूनिकरण, व्यवस्थापन, नीति निर्माण र प्रविधिको विकासको क्षेत्रमा गम्भिर भएर लागि रहेको पनि उनको भनाई छ । साथै, उनले नेपालमा बढ्दो तापक्रम, हिमनदीहरू पग्लने जस्ता कारणले गर्दा गम्भीर जलवायु–प्रेरित प्राकृतिक प्रकोपहरूको सामना गर्नु परेको भन्दै यसले ठूलो मात्रामा विनाश र क्षति र खडेरी निम्त्याएको पनि बताइन् । उनले भनिन्, ‘हालैका वर्षहरूमा, नेपालले बढ्दो तापक्रम, कारखानाहरूको अनियमित तापक्रम र

हिमनदीहरू पग्लने जस्ता कारणले गर्दा गम्भीर जलवायु–प्रेरित प्राकृतिक प्रकोपहरूको सामना गर्नु परेको छ । बाढीका हिमनदी तालहरूले ठूलो मात्रामा विनाश र क्षति र खडेरी निम्त्याएको छ । पानीको अभाव र वन डढेलोले देशभरका मानिसहरूलाई अप्रत्याशित पीडा ल्याएको छ । दुःखको कुरा, विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनको तीव्र प्रभावहरू तिनीहरूलाई व्यवस्थापन गर्न लागत र स्रोतहरू भन्दा धेरै बढी छन् । त्यसैले आजको जस्तो कार्यशाला धेरै महत्त्वपूर्ण छ ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

प्रस्तावित प्रधानन्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन

प्रस्तावित प्रधानन्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन

वि.सं.२०८३ जेठ ५ मंगलवार १६:३५

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई सर्वसम्मत...

मोबाइल व्यवसायी महासंघको अध्यक्षमा घिमिरे, महासचिवमा आचार्य

मोबाइल व्यवसायी महासंघको अध्यक्षमा घिमिरे, महासचिवमा आचार्य

वि.सं.२०८३ जेठ ३ आइतवार १८:०१

काठमाडौँ। नेपाल मोवाइल व्यवसायी महासंघको अध्यक्षमा रमेश घिमिरे निर्वाचित भएका...

मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरद्वारा पदभार ग्रहण

मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरद्वारा पदभार ग्रहण

वि.सं.२०८३ जेठ १ शुक्रवार १८:१२

काठमाडौँ। मुक्तिनाथ विकास बैंक लिमिटेडको सञ्चालक समितिको निर्णय अनुसार बैंकको...

राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन

राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १९:४२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति, हेरफेर र कार्यविभाजन गरी...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको कार्यवाहक सीईओमा ढकाल नियुक्त

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको कार्यवाहक सीईओमा ढकाल नियुक्त

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १९:२८

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको...

यातायात महासङ्घको अध्यक्षमा सिटौला निर्वाचित

यातायात महासङ्घको अध्यक्षमा सिटौला निर्वाचित

वि.सं.२०८३ वैशाख ३० बुधवार १९:४३

पोखरा । मुलुकको सार्वजनिक यातायात क्षेत्रको छाता सङ्गठन नेपाल यातायात...