प्रभु लाइफका सीईओ नारायण पौडेलले दिए राजीनामा
वि.सं.२०७८ फागुन ३० सोमवार
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण पौडेलले राजीनामा दिएका छन् । सीईओ पौडेलले २०७९ बैशाख १ गतेदेखि लागू हुने गरी राजीनामा दिएका हुन् ।
प्रभु लाइफको फागुन १८ गते बसेको संचालक समितिको बैठकले पौडेलको राजीनामा स्वीकृत गरेको थियो । पौडेल २०७६ जेठदेखि प्रभु लाइफको सीईओ पदमा काम गर्दै आएका छन् । उनी नेपाल राष्ट्र बैंकबाट अवकास प्राप्त कर्मचारी हुन् ।
प्रकाशित समय : १८:१७ बजे






















