back

भोलिदेखि विद्यालय सञ्चालन गर्न ललितपुर महानगरको आग्रह

काठमाडौँ । ललितपुर महानगरपालिकाले भोलिदेखि (वैशाख १६ गते) सबै सामुदायिक विद्यालय सञ्चालनमा ल्याउन आग्रह गरेको छ ।

महानगर प्रवक्ता राजु महर्जनले एक सूचना जारी गर्दै महानगरभित्रका सबै सामुदायिक विद्यालयमा नियमित पठनपाठन, विद्यार्थी भर्ना लगायतका शैक्षिक क्रियाकलाप पूर्ण रूपमा सञ्चालन गर्न गराउन अनुरोध गरेका हुन् ।

महानगरपालिकाले शिक्षकहरूको सहभागितामा शैक्षिक सत्र २०८२ को शैक्षिक कार्य पात्रो प्रकाशन गरी कार्यान्वयनमा ल्याएको छ । उक्त कार्य पात्रो अनुसार विद्यार्थी भर्ना लगायतका शैक्षिक क्रियाकलापहरू हालसम्म पनि सञ्चालन हुन नसकेकोप्रति महानगरको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विद्यालय सञ्चालनका सन्दर्भमा सर्वोच्च अदालतबाट देशभरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगर्नु नगराउनु भनी आदेश जारी भएको थियो । सोही अनुसार भोलिबाट विद्यालय सञ्चालन गर्न महानगरले अनुरोध गरेको हो ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित देशभरका शिक्षक तथा कर्मचारीहरू सडक आन्दोलनमा छन् । विगत २७ दिनदेखि आन्दोलन गर्दै आएका उनीहरूले ऐन जारी नहुँदासम्म कुनै प्रकारका क्रियाकलापमा सहभागी नहुने प्रस्ट पार्दै आएका छन् ।


विश्व युवा नेताका रुपमा उपप्रमुख डंगोल सम्मानित

विश्व युवा नेताका रुपमा उपप्रमुख डंगोल सम्मानित

वि.सं.२०८२ जेठ २ शुक्रवार १०:५९

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललाई समुदायस्तरीय संघसंस्थाहरुले विश्व...

ललितपुरमा घर तथा भवनको अभिलेखीकरण, लक्ष्यमा पुग्नै हम्मे

ललितपुरमा घर तथा भवनको अभिलेखीकरण, लक्ष्यमा पुग्नै हम्मे

वि.सं.२०८२ जेठ १ बिहीवार ०८:०७

काठमाडौं । ललितपुर महानगरपालिकाले मापदण्डविपरित बनेका तथा नक्सापास नभएका घर...

ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धनका लागि सहकार्य

ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धनका लागि सहकार्य

वि.सं.२०८२ वैशाख १५ सोमवार १४:०३

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच...

काठमाडौं महानगरको मेलमिलाप संयन्त्र र अभ्यास युरोपियन देशमा प्रशंसा

काठमाडौं महानगरको मेलमिलाप संयन्त्र र अभ्यास युरोपियन देशमा प्रशंसा

वि.सं.२०८२ वैशाख ८ सोमवार १०:३९

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाले सञ्चालन गरेको...

गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार

गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:३४

रौतहट । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी माथि गोली...

उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन

उपप्रमुख डंगोल, विश्वव्यापी युवा नेताहरुको मञ्चमा चयन

वि.सं.२०८२ वैशाख ३ बुधवार १३:४४

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल स्वीजरल्याण्डको जेनेभाबाट विश्व...