back

युट्युव बन्यो १० अर्ब डाउनलोड पुरा गर्ने विश्वकै पहिलो एप

काठमाडौँ । भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युव १० अर्ब डाउनलोड पुरा गर्ने विश्वकै पहिलो एप बनेको छ । सन् २००६ को नोभेम्बरमा अमेरिकी बहुराष्टिय सर्च इञ्जिन कम्पनी गूगलले यसलाई १ दशमलव ६५ अर्ब अमेरिकी डलरमा खरीद गरेको हो। युट्युब हाल गूगलको सहायक कम्पनीको रूपमा सञ्चालित छ।

नाइनटुफाइभ गूगल रिपोर्ट अनुसार सवैका माझ लोकप्रिय बनेको यो एप बितेको एक दशकमा विश्वमै सबैभन्दा बढी डाउनलोड र प्रयोग भएको एप हो ।कोरोना महामारीका कारण युट्युवमा कन्टेन्ट बनाउने र हेर्ने प्रयोगकर्ताको संख्या निकै बढेको छ ।

युट्युबले प्रयोगकर्ताहरूलाई अवस्थित सामग्रीहरू, अवलोकन, मुल्यांकन, साझेदारी, प्रवाहसूचीहरूमा थप्न, उजुरी गर्न, भिडिओमा टिप्पणी गर्न र अन्य प्रयोगकर्ताहरूको सदस्यता लिन अनुमति दिन्छ। युट्युव करीब सबैजसो एन्ड्रोइड फोनमा प्रि – इन्स्टल रुपमा आउने गर्दछ ।

युट्युव गूगल प्ले स्टोरमात्र होइन एप्पलको एप स्टोरमा समेत डाउनलोडका लागि उपलब्ध छ । एप्पलले एपको डाउनलोड संख्या सार्वजनिक गर्दैन । तर गूगल प्ले स्टोरमा भने युट्युव एप १० अर्बभन्दा बढी प्रयोगकर्ताले डाउनलोड गरेको देखिएको छ ।

त्यसो त १० अर्ब डाउनलोडको उक्त तथ्यांक गूगल प्ले स्टोरको मात्रै हो । उक्त तथ्यांकमा एप्पल एप स्टोरबाट डाउनलोड गरिएको तथ्यांक समेट्ने हो भने त यो संख्या अझ बढ्ने निश्चित छ ।

युट्युव पछि धेरै डाउनलोड हुने एपमा फेसबुक रहेको छ जसको डाउनलोड ६ अर्बभन्दा बढी रहेको छ । त्यसैगरी फेसबुक मेसेञ्जर ५ अर्बभन्दा बढी र इन्स्टाग्राम ३ अर्बभन्दा बढी डाउनलोड भएको छ ।

गूगलले एन्ड्रोइड मोवाइलमा प्रयोगकर्ताले कुन- कुन एप प्रयोग गरेको र कति – कति समय बिताएको हेर्न मिल्ने सुविधा पनि ल्याएको छ ।एजेन्सीको सहयोगमा

२०७८ साउन १२ गते प्रकाशित


नेपालमा आधिकारिक रूपमा दर्ता भयो टिकटक, सरकारले टिकटकबाट पनि राजस्व उठाउने

नेपालमा आधिकारिक रूपमा दर्ता भयो टिकटक, सरकारले टिकटकबाट पनि राजस्व उठाउने

वि.सं.२०८१ कात्तिक २१ बुधवार १२:४६

काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता...

टेक्नोले गर्‍यो नेपाली बजारमा स्पार्क थटी स्मार्टफोन सार्वजनिक, के के छ फिचर ?

टेक्नोले गर्‍यो नेपाली बजारमा स्पार्क थटी स्मार्टफोन सार्वजनिक, के के छ फिचर ?

वि.सं.२०८१ कात्तिक ७ बुधवार ०८:१६

काठमाडौँ । विश्वव्यापी स्मार्टफोन ब्रान्ड टेक्नोले नेपाली बजारमा आफ्नो पछिल्लो...

सामसङकाे ग्यालेक्सी एस २४ एफई सार्वजनिक, मूल्य कति छ ?

सामसङकाे ग्यालेक्सी एस २४ एफई सार्वजनिक, मूल्य कति छ ?

वि.सं.२०८१ कात्तिक ६ मंगलवार १२:२८

काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस २४ एफईको लन्च गरेको...

उत्कृष्ट डिजाइन र अत्याधुनिक इनोभेसनको मिश्रण : भिभो भी ४० लाईट, के के छ फिचर ?

उत्कृष्ट डिजाइन र अत्याधुनिक इनोभेसनको मिश्रण : भिभो भी ४० लाईट, के के छ फिचर ?

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ११:२६

काठमाडौं । विश्वप्रख्यात प्रविधि ब्राण्ड भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो...

सचेतना : घरै बसीबसी पैसा कमाउन सकिने भन्दै अनलाइन र सामाजिक सञ्जालबाट ठगिदै

सचेतना : घरै बसीबसी पैसा कमाउन सकिने भन्दै अनलाइन र सामाजिक सञ्जालबाट ठगिदै

वि.सं.२०८१ कात्तिक १ बिहीवार ११:५६

काठमाडौं । पछिल्लो समय नेपालमा अनलाइन जागिर वा अनलाइन व्यापारमा लगानी...

सामसङ ग्यालेक्सी ए १६ ५ जी सार्वजनिक, के छन् विशेषताहरू ?

सामसङ ग्यालेक्सी ए १६ ५ जी सार्वजनिक, के छन् विशेषताहरू ?

वि.सं.२०८१ असोज २३ बुधवार १२:५७

काठमाडौं । सामसङले नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले...