back

मोदी इनर्जी लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मोदी इनर्जी लिमिटेडको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिने आज बिहीबार (चैत ९ गते) अन्तिम दिन हो ।

आज बिहीबार बैंकिङ समयसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्नेछन् । यता, आयोजना प्रभावित स्थानीयका लागि भने आइपीओमा आवेदन दिने भ्याद थपिएको छ । अब स्थानीयले चैत १६ गतेसम्म यस आइपीओमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले फागुन २५ गतेदेखि जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ७२ करोड ५० लाख रुपैयाँबराबर प्रतिसेयर १०० अंकित मूल्यको ७२ लाख ५० हजार कित्ता सेयर बिक्री गरेको हो ।

जसमा जारी पुँजीको १० प्रतिशतले हुन आउने २९ लाख कित्ता सेयर पर्वत जिल्लाअन्तर्गत कुश्मा नपा-३, मोदी गापा-५, मोदी नपा-२, मोदी गापा-६ र कुश्मा नपा-८ का बासिन्दाहरुका लागि निष्काशन गरिनेछ।

बाँकी १५ प्रतिशतले हुन आउने ४३ लाख ५० हजार कित्ता सेयरमध्ये १० प्रतिशतले हुन आउने ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ८७ हजार कित्ता साधारण सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको र बाँकी ३६ लाख १० हजार ५०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि जारी गरिने कम्पनीले जनाएको छ।

आयोजना प्रभावित स्थानीयले यो आईपीओमा न्यूनतमा १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन्। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ग्रिनप्लाई नेपालले १६ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्ने

ग्रिनप्लाई नेपालले १६ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १८:२४

काठमाडौँ। नेपालमा गुणस्तरीय प्लाइउड उत्पादन तथा वैदेशिक बजारमा निर्यात गर्दै...

माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट

माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट

वि.सं.२०८३ असार १९ शुक्रवार १३:३०

काठमाडौं ।माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...

प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारीमा बाजेको सेकुवा

प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारीमा बाजेको सेकुवा

वि.सं.२०८३ असार १९ शुक्रवार १३:२५

काठमाडौं । नेपालकै चर्चित रेष्टुरेन्ट ब्रान्ड बाजेको सेकुवा लिमिटेडले प्रिमियम...

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

वि.सं.२०८३ असार ९ मंगलवार १०:४०

काठमाडौं । पछिल्लो समय नेपाली प्राथमिक शेयर (आईपीओ) बजारमा लामो...

माउन्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

माउन्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ असार ८ सोमवार १०:४५

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि...

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

एभरेष्ट कलरको आईपीओ बाँडफाँट

वि.सं.२०८३ असार ४ बिहीवार १०:५८

काठमाडौँ । बिहीबार एभरेष्ट कलर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।...